site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
महिला विदेश जाँदा सिफारिसका विषयमा निर्णय भएको छैन : अध्यागमन विभाग
Sarbottam CementSarbottam Cement

काठमाडौं । भिजिट भिसामा विदेश जाने महिलाले परिवार र स्थानीय तहको सिफारिस अनिवार्य चाहिने भन्ने विषयमा कुनै पनि निर्णय नभएको अध्यागमन विभागले जनाएको छ ।

पछिल्ला केही दिनयता भिजिट भिसामा जाँदा अनिवार्य रूपमा परिवार र स्थानीय तहको सिफारिस आवश्यक पर्ने गरी निर्णय हुन लागेको भन्ने विषयमा भएको चर्चाको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । विभागले आज एक विज्ञप्ति जारी गर्दै उक्त विषयमा कुनै पनि निर्णय नभएको भन्दै भ्रममा नपर्न अनुरोध गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विभागले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘हाल विभिन्न सञ्चारमाध्यममा आएजस्तो नभई खाडी र अफ्रिकी मुलुकजस्ता जोखिम सम्भाव्य मुलुकमा पहिलोपटक एक्लै यात्रा गर्ने र आफ्नो यात्राबारे सामान्य जानकारीसमेत नभएका महिलाका लागि आवश्यक पर्न सक्ने गरी आन्तरिक छानबिन कार्यदलका सुझावका रूपमा आएको विषय हो । सो विषयमा हालसम्म कुनै निर्णय भएको छैन । सार्वजनिक सरोकारका विषयमा निर्णय गर्दा संविधानप्रदत्त अधिकार, विश्वव्यापी मान्यता, आमजनताको धारणा र कार्यान्वयन सहजतासमेत हेरी नागरिकका मौलिक अधिकार कुण्ठित नहुने गरी निर्णय हुनेछ ।’’

१५ लाखको बिमा अनिवार्य
विभागले भिजिट भिसामा विदेश जाने नेपालीलाई १५ लाख रुपैयाँ बराबरको जीवन बिमा अनिवार्य गर्ने तयारी गरेको छ । पछिल्लो समय पासपोर्ट बनाउन नसक्ने नेपालीसमेत दलालको चंगुलमा परेर भिजिट भिसामा विदेश गएर अलपत्र पर्ने गरेको गुनासोपछि विभागले बिमा अनिवार्य रहने गरी अध्यागमन कार्यविधि संशोधनका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाइसकेको छ ।

Global Ime bank

जुनसुकै देशमा जाने जो कोही नेपालीले १५ लाख रुपैयाँ बराबरको बिमा गरेको प्रमाणपत्र पेस गरेपछि मात्र अनुमति दिने गरी विभागले कार्यविधि संशोधन गर्न केही दिनअघि मात्र मन्त्रालयमा सिफारिस गरिएको विभागका महानिर्देशक रमेशकुमार केसीले जानकारी दिए ।

विभागले पठाएको प्रस्तावका आधारमा गृहमन्त्री रामबहादुर थापाले (मन्त्रीस्तरीय निर्णयबाट) उक्त प्रस्ताव स्वीकृति गरेपछि कार्यान्वयनमा आउनेछ । रासस
फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७  १३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC