site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप साट्ने तयारीमा दक्षिण अफ्रिका
Ghorahi CementGhorahi Cement

बीबीसी । एक अध्ययनमा अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपले दक्षिण अफ्रिकामा फैलिरहेको कोरोनाको नयाँ प्रकारविरुद्ध निराशाजनक नतिजा देखाएपछि सरकारले खोप लगाउने कार्यक्रम स्थगित गरेको छ । दक्षिण अफ्रिकामा हाल फेला परिरहेका ९० प्रतिशत बिरामी यही फरक स्वरुपको भाइरसबाट संक्रमित रहेका बताइएको छ ।

दुई हजार मानिसहरुलाई संलग्न गराइएको अक्सफोर्ड खोपको उक्त ट्रायलमा नयाँ प्रकारको भाइरसविरुद्ध एकदम कम मात्र सुरक्षा दिलाउन सक्ने पत्ता लागेको हो । तर, यसअघि जोन्सन एन्ड जोन्सनको खोप नयाँ भाइरसका कारण उत्पन्न जटिल स्वास्थ्य समस्याविरुद्ध अत्यन्तै प्रभावकारी रहेको पत्ता लागेको थियो । यस्तोमा एस्ट्राजेनेकाको खोप र जोन्सनको खोपमा धेरै समानता भएको हुँदा त्यसले पनि गम्भीर बिरामी हुनबाट बचाउन सक्ने आशा गरिएको छ ।

Agni Group

दक्षिण अफ्रिकामा १५ लाख कोरोना संक्रमित छन् भने महामारी सुरु भएदेखि त्यहाँ ४६ हजार बढीको मृत्यु भइसकेको छ । दक्षिण अफ्रिकाले अहिलेसम्म अक्सफोर्ड–एस्ट्राजेनेका खोपको १० लाख डोज प्राप्त गरेको छ र केही दिनमै खोप लगाउने तयारी गरिरहेको थियो । तर, उक्त अध्ययनपश्चात् स्वास्थ्यमन्त्री ज्वेली मकेजीले सरकारले एस्ट्राजेनेका खोपलाई प्रयोग गर्न थाल्नुअगाडि थप सुझाव र अध्ययन पर्खने बताएका थिए । जुन अहिले अर्को खोपसँग साट्ने या अरु नै देशलाई बेच्नेबारे कुरा चलिरहेको मन्त्री मकेजीले बुधबार जानकारी दिएका हुन् ।

सञ्चारकर्मीहरुसँग उनले भने, “हाम्रा वैज्ञानिकहरु यो खोपसम्बन्धी अध्ययन–अनुसन्धान जारी राख्नेछन् र तिनको सुझावअनुसार हामी खोप एक्सपायर हुनुअगाडि त्यसलाई साट्ने या बेच्ने तयारी गर्दैछौँ ।” यसबारे आफूले डब्लूएचओसँग छलफल गर्ने पनि उनले बताए । साथै, उनले आगामी हप्ताहरुमा सरकारले जोन्सन एन्ड जोन्सन र फाइजरले उत्पादन गरेको खोप प्रयोग गरिने पनि बताए ।

Global Ime bank

सोमबार विश्व स्वास्थ्य संगठनले खोपको प्रभावकारितासम्बन्धी बलियो आधारबिना हतारमा निष्कर्षमा नआउन चेतावनी दिएको थियो । डब्लूएचओमा खोप अभियानकी निर्देशक डा. क्याथरिन ओब्राइनले अध्ययनको नतिजा जस्तो भए पनि अक्सफोर्ड खोपले अस्पताल भर्ना हुने र मृत्यु हुनबाट जोगाउन अर्थपूर्ण भूमिका खेल्न सक्ने बताएकी हुन् । उनले थप जोड दिँदै डब्लूएचओको प्यानलले नयाँ किसिमको भाइरस फैलिरहेका क्षेत्रसहित समग्र रुपमा खोपको प्रयोगबारे एकदम सकारात्मक धारणा प्रस्तुत गर्दै आएको र महामारी अझै जारी नै रहेको हुँदा थप डाटा आवश्यक पर्ने बताएकी छन् ।

युनिभर्सिटी अफ विटवाटरस्रान्डका खोजकर्ताहरुले गरेको उक्त अध्ययनमा दक्षिण अफ्रिकाको नयाँ भाइरसका कारण उत्पन्न सामान्य लक्षणविरुद्ध एस्ट्राजेनेका खोपले काम नगर्ने देखाएको हो । जसमा गम्भीर बिरामीमा चाहिँ यो कत्तिको प्रभावकारी हुन्छ भन्ने जाँच गर्न बाँकी नै रहेको पनि बताइएको छ ।

उता, बेलायतमा फेला परेको अर्को प्रकारको रुपान्तरित भाइरसमा भने खोपहरुले राम्ररी काम गर्ने प्रारम्भिक अध्ययनको डाटाले देखाइसकेको छ । दक्षिण अफ्रिकामा उत्पन्न नयाँ प्रकारको भाइरस अस्ट्रिया, नर्वे, जापानसहित अरु २० मुलुकमा देखा परिसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७  ११:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC