site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
म्यानमार सेनाविरुद्ध अमेरिकाले जारी गर्‍यो प्रतिबन्ध 
Sarbottam CementSarbottam Cement

बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानमारमा लोकतन्त्रविरुद्ध सत्त कब्जा गरेको सेनाविरुद्ध प्रतिबन्ध जारी गर्ने आधिकारिक निर्देशन स्वीकृत गरेका छन् । जसमा सेना, तिनका परिवार र उनीहरुसँग सम्बन्धित सबै व्यवसायहरुमाथि प्रतिबन्ध लगाइनेछ ।

त्यस्तै, अमेरिकी सरकारले दिँदै आएको वार्षिक एक अर्ब डलरको सहयोगमा पनि सेनाको पहुँच रोक्न विभिन्न तयारी भइरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अघिल्लो हप्ताको सोमबार म्यानमारमा सेनाले अचानक पूरै मुलुकलाई आफ्नो नियन्त्रणमा लिइ देशभरका सबै संसाद् एवम् प्रमुख नेताहरुलाई पक्राउ गरेको थियो । त्यसको विरोधमा दशौँ हजार नागरिकहरु राजधानीसहित सबै प्रमुख सहरमा प्रदर्शन गरिरहेका छन् ।

सेनासँग भएको झडपमा यसअघि एक महिलालाई गोली लागेको थियो । मंगलबार त्यहाँको प्रहरीले भिड हटाउन पानीको फोहोरा र रबरको गोली प्रहार गरेको थियो । सो क्रममा कतिपय गम्भीर घाइते भएको रिपोर्ट गरिएको छ । तर, हालसम्म कसैको मृत्यु भएको खबर छैन ।

Global Ime bank

बाइडेनले सेनालाई आफ्नो कदम फिर्ता लिन र नेतृ आन साङ सुकीलाई रिहा गर्न भनेका छन् । म्यानमारमा भइरहेको घटना पूरै विश्वले हेरिरहेको र अन्तर्राष्ट्रिय समुदाय त्यहाँको नागरिकको पक्षमा रहेको उनले बताए ।

प्रदर्शन दिनदिनै जारी रहँदा सेनाले पनि धेरैभन्दा धेरैलाई पक्राउ गरी छापा मारिरहेको छ । हालै पक्राउ पर्नेहरुमा स्थानीय सरकारी अधिकारी र निर्वाचन आयोगका कर्मचारी रहेका छन् । जसले सेनाको आधारहीन चुनाव धाँधलीको आरोप स्वीकार गर्न मानेका थिएनन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७  ११:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC