site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
केन्द्रीय कारागारका दुई हजार ७०० कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले केन्द्रीय कारागारका दुई हजार ७०३ कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप प्रदान गरेको छ ।

सरकारले प्राथमिकताका आधारमा कोरोनाविरुद्धको खोप प्रदान गर्ने निर्णयानुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीसँगै कैदीबन्दीलाई समेत कोरोना खोप प्रदान गरेको हो । केन्द्रीय कारागार जगन्नाथदेवलका सूचना अधिकारी रविनकुमार राईले तीन हजार ३३६ कैदीबन्दी रहेको केन्द्रीय कारागारमा दुई हजार ७०३ कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप प्रदान गरिएको जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

‘‘कोरोना खोप लगाउन नमान्ने कैदीबन्दी र बिरामी कैदीबन्दीबाहेक अन्य सबै कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेका छौँ,’’ राईले भने ।

वि.सं. १९७१ मा स्थापना भएको मुलुककै पुरानो कारागारमा देशभरका अरु कारागारको तुलनामा धेरै कैदीबन्दी रहेका छन् । केन्द्रीय कारागार परिसरभित्र हाल केन्द्र, भद्र र महिला गरी तीनवटा जेल रहेका छन् । देशभरका कैदीबन्दीको उपचारका लागि केन्द्रीय कारागार परिसरभित्र कारागार अस्पतालसमेत सञ्चालनमा आएको छ । उक्त अस्पतालको क्षमता ३० शय्याको रहेको छ ।

Global Ime bank

मुलुककै सबैभन्दा पुरानो र ठूलो कारागारमा ७३ जनालाई कोरोना संक्रमण देखिएको थियो । तीमध्ये कोरोना संक्रमणका कारण सातको मृत्यु भएको सूचना अधिकारी राईले बताए । रासस
फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७  ०९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC