काठमाडौं । नेपालकी अभिलाषा विष्ट आईटीएफ वर्ल्ड टेनिस टुर- जे ५ अन्तर्गत दोस्रो सर्किटको महिला सिंगल्समा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् ।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगितामा अभिलाषाले भारतकी मिली चुगलाई ६-१ र ६-१ ले सहजै पराजित गरिन् । सातदाबाटोस्थित टेनिस कोर्टमा नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडीले पुरुष डबल्समा विजयी यात्रालाई जारी राख्दै क्वाटरफाइनलमा स्थान बनाए । उक्त जोडीले फ्रान्सका भेलेन्टिन फाउरे र भारतका युभान नन्दलाललाई ५-७, ६-२ (१०-२) ले हराए ।
महिला डबल्समा भने नेपालका प्रेरणा कोइराला र सलोनी तामाङको जोडी प्रि-क्वाटरफाइनलमै रोकिए । प्रेरणा र सलोनीको जोडी अमेरिकाकी साइना देशपाण्डे र फिनल्यान्डकी अनाइस फर्नान्देज लाक्सोनेन्सँग ७-६ (७) र ६–४ ले चुके ।