site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
महिला राष्ट्रिय लिग फुटबलमा एपीएफको अपराजित यात्रा कायमै
Sarbottam CementSarbottam Cement

काठमाडौं । विभागीय टोली एपीएफले काठमाडौंबाहिरको टोली चन्द्रपुर नगरपालिकालाई हराउँदै राजधानीमा जारी महिला राष्ट्रिय लिगमा अपराजित यात्रालाई बुधबार पनि निरन्तरता दिएको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा एपीएफले अपराजित यात्रालाई निरन्तरता दिएको हो । एपीएफले जित निकाल्दा स्ट्राइकर सावित्रा भण्डारीले ह्याट्रिकसहित ६ गोल गरिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै कप्तान अनीता बस्नेतले दुई गोल गरिन् । पहिलो मिनेटमै गोलको खाता खोलेकी अनीताले ५४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्न सफल भएकी थिइन् ।

ह्याट्रिकसहित ६ गोल गरेकी सावित्राले छैटौं, ३३औं, ४७औं, ६०औं, ६२औं र ७९औं मिनेटमा गोल गरेकी हुन् । यससँगै एपीएफले जारी लिगमा लगातार आठौं जित निकालेको छ । एपीएफले ८ खेलबाट २४ अंक जोडेको छ । जितपछि एपीएफले उपाधि उचाल्ने सम्भावनालाई बलियो बनाएको छ ।

पराजित चन्द्रपुरले ८ खेलमा ६ अंक जोडेको छ । चन्द्रपुर लिगको छैटौं स्थानमा छ । लिगअन्तर्गत बिहीबार दुई खेल हुनेछ । पहिलो खेलमा चौदण्डीगढीले वालिङको सामना गर्नेछ । त्यस्तै दोस्रो खेलमा आर्मीले विराटनगरसँग प्रतिस्पर्धा गर्नेछ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २८, २०७७  १८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC