site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसका युवाको नेतृत्वलाई प्रश्न : मन्तव्य एकातिर गन्तव्य अर्कैतिर किन ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका युवाहरुले नेतृत्वलाई चुनौती दिन सुरु गरेका छन् । उनीहरुले नेतृत्व लालची बन्दा कांग्रेस न एता न उताको बनेको भन्दै युवाको भविष्य अन्योलमा नपार्न चुनौती दिएका छन् ।

मंगलबार केन्द्रीय सदस्य नवीन्द्रराज जोसीले ‘वर्तमान संकट र कांग्रेस युवा आवाज’ शीर्षकमा युवाहरुको भेला आयोजना गरेका थिए । नेविसंघको नेतृत्वबाट पूर्व भएकाहरुको ठूलो संख्या उपस्थित भेलामा वर्तमान नेतृत्व देशले नेतृत्व खोजेकै बेला नराम्ररी चुकेको बताए ।

‘‘देश गम्भीर संकटमा फसेको छ । तर, कांग्रेस नेतृत्व दोहोरो लाको हिसाबमा नसुती सपना देख्दै बसेको छ,’’ विघटित प्रतिनिधिसभा सदस्य प्रकाश रसाइली ‘स्नेही’ले भने, ‘‘देशलाई नै संकटमा लगेको कदमलाई आफैँले असंवैधानिक भनेको नेतृत्व खुलेर असंवैधानिक कदम सच्याउन सक्छु भन्ने आँटसमेत देखाउँदैन ।’’ उनले ०५८ सालको प्रतिनिधिसभा विघटन अदालतले सदर गरिदिएपछि समेत आन्दोलनकै बलमा पुनःस्थापित गरेको कांग्रेसले अहिले जनता मात्र हैन, आफ्नै नेताहरुलाई समेत चित्त नबुझ्ने गरी मौनता साँध्नुमा दोहोरो स्वार्थले काम गरेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

‘‘राति केपी ओलीसँग कुरा गर्नुहुन्छ र मख्ख पर्नुहुन्छ, दिउँसो प्रचण्ड–माधवसँग वार्ता गर्नुहुन्छ,’’ स्नेहीले भने, ‘‘नेतृत्वको कार्यशैलीले आन्दोलनको बीचमा उभिएर पनि के बोल्ने भनेर नेता–कार्यकर्ता अन्योलमा हुनुहुन्छ । जनता हामीलाई प्रश्न गरिरहेका छन् ।’’

नेविसंघका महामन्त्री दीपक भट्टराईले अहिलेसम्मका सबै परिवर्तनको नेतृत्व गरेको कांग्रेस अब अहिलेसम्मका सबै संकटको जिम्मा लिने अवस्थामा पुगेको बताए । ‘‘देश गम्भीर संकटमा छ । तर, हाम्रो नेतृत्वको मन्तव्य एकातिर गन्तव्य अर्कैतिर छ,’’ भट्टराईले भने, ‘‘आफैँले असंवैधानिक भनेको कदमबाट हुने चुनावमा गएर आफ्नो सुरक्षा खोज्दैछ । पार्टी र देशको होइन नेतृत्वलाई आफ्नो चिन्ता बढी देखिँदैछ ।’’ उनले संविधान कांग्रेसको नेतृत्वमा आएको दाबी गर्ने तर संविधानको रक्षाका पक्षमा नउभिने अनौठो शैली कांग्रेस नेतृत्वमा देखिएको बताए ।

Global Ime bank

संविधानसभाका सदस्य रामहरि खतिवडाले प्रतिनिधिसभा एक दिनका लागि मात्र भए पनि पुनःस्थापित हुनुपर्ने भन्दै केपी ओलीलाई चुनावमै जाने इच्छा भए त्यसपछि कांग्रेस चुनावका लागि तयार हुने बताए । ‘‘कांग्रेसको स्थापना नै विधिको रक्षाका लागि भएको हो । विधि समाप्त पार्ने ओलीको कदममा समर्थन जनाउन सकिँदैन,’’ खतिवडाले भने, ‘‘विधि रक्षाका लागि र यो संविधानको दीर्घजीवनका लागि एक दिन मात्रका लागि भए पनि प्रतिनिधिसभा पुनःस्थापित हुनुपर्छ ।’’ उनले देश संकटमा हुँदासमेत फरक–फरक धार देखाएर नेतृत्व तहले नेतृत्व गर्ने योग्यता गुमाएको बताए ।

कांग्रेसकी युवा नेतृ उमा शिवाकोटीले आफैँले ल्याएको संविधान रक्षाका लागि केन्द्रीय समितिले गरेको निर्णय कार्यान्वयनमा नेतृत्वले सिधा बोल्ने आँट नगरेको बताइन् । ‘पार्टीले संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको छ । तर, त्यसलाई सच्याउने र संसद् पुनःस्थापित गर्छौँ भनेर जनतालाई भन्न सकिरहेको छैन,’’ शिवाकोटीले प्रश्न गरिन्, ’आफैँले असंवैधानिक भनेको कदम सच्याउन नउभिने कांग्रेसले विधिको रक्षा गरिदिन्छ भनेर जनताले कसरी विश्वास गर्ने ?’’

कांग्रेस खोटाङका पूर्वसभापति सुवास पोखरेलले केपी ओलीले संविधानको उल्लंघनसँगै जनादेशको अपमान गरेको भन्दै त्यो कुरा जनतालाई सुनाउनुपर्ने बताए । ‘‘कांग्रेसलाई चुनावमा जाँदा किन आपत्ति छ ?,’’ पोखरेलले भने, ‘‘एक दिनका लागि प्रतिनिधिसभा पुनःस्थापित होस् । त्यसपछि चुनावमा जाऔँ । जनमत परीक्षण गर्ने नेकपा र प्रधानमन्त्रीको रहर पूरा गरौँ र हामी जनादेशको अपमान नगर्ने विश्वास दिलाऔँ ।’’ उनले पार्टीमा केन्द्रीय समितिको निर्णयकै पक्षमा दुईधार हुँदा पार्टी फुटको खतरा बढेको भन्दै विभाजन जोगाउन छिटो अधिवेशनमा जानुपर्ने बताए ।

तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थले चाणक्यको ‘दुर्जनको सक्रियताले भन्दा सज्जनहरुको निष्कृयताले बढी नोक्साउन हुन्छ’ भनाइ सम्झँदै नेपाली कांग्रेसमा पनि त्यही अवस्था आएको बताए । ‘‘शेरबहादुर देउवा र रामचन्द्र पौडेल मिलेको सन्देश मात्र दिने हो भने पनि कांग्रेसमा नयाँ आशाको सञ्चार गर्न सक्थ्यो, यसमा सभापतिको भूमिका महत्वपूर्ण हुन्छ,’’ कायस्थले भने, ‘‘तर, सभापति कसैलाई साथ लिन तयार हुनुहुन्न । आफ्नो सुरक्षा उहाँ अकर्मण्यताभित्र खोजी रहनुभएको छ ।’’ उनले ‘कांग्रेस छ पनि छैन पनि’ भन्ने भनाइ सम्झँदै ‘‘गिरिजाबाबुले युवामा, विद्यार्थीमा, महिलामा, किसानमा छ भने कांग्रेस छ, ती सबैबाट हटाइदियो भने कांग्रेस छैन भन्नुहुन्थ्यो, अहिले सबै संगठन सभापति देउवाका बन्दी भएका छन् ।’’

कांग्रेसका युवा नेता नारायण भट्टराईले कांग्रेस आफूले बनाएका संविधानको मलामी आफैँ जाने गरेको बताए । ‘‘हिजो स्व. सुशील कोइरालाको स्मृतिमा संविधानका पिता भन्दै सामाजिक सञ्जाल रंगिए । तर, कांग्रेस सुशील कोइरालासँगै संविधानको मलामी जाँदैछ,’’ भट्टराईले भने, ‘‘०४७ सालमा संविधान बनाएर पनि आफैँ मलामी गयो । अहिले पनि नेतृत्वलाई संविधानको मलामी गएर चुनाव गर्न हतारो देखिँदैछ ।’’

नेविसंघ पूर्वअध्यक्ष रञ्जीत कर्णले कांग्रेसमा नेतृत्व औचित्यहीन बनिसके पनि युवालाई किस्तीमा राखेर नेतृत्व हस्तान्तरण नहुने बताए । ‘‘नेतृत्व काम नलाग्ने भयो भनेर मात्र नेतृत्व कसैले दिँदैन, नेतृत्व खोसेर लिने कुरा हा े। लिने हो भने युवाहरु एकजुट भएर योजनाबद्ध लाग्नुपर्छ,’’ कर्णले भने, ‘‘अब ३५ वर्षमुनिको प्रतिनिधित्व हुने गरी केन्द्रीय समितिमा प्रस्ताव लैजानुहोस् । म ४५ काटिकसेककाले युवा हैन, युवाका नाममा खाने पक्षमा पनि छैन ।’’

भेलामा अधिकांश युवाले नेतृत्व हस्तान्तरण र विधि पालनाको व्यवस्था नगर्दा उकुसमुकुस बनाएर भाग्ने अवस्था बनाएको भन्दै आवधिक चुनावको पद्धतिमा पार्टीलाई बसाल्न नसके त्यसले गम्भीर वितृष्णा ल्याउने बताएका थिए ।

भेला संयोजन गरेका कांग्रेस नेता नवीन्द्रराज जोसीले भने भ्रष्टाचार र सुशासनमा युवा विद्यार्थीको भूमिका शून्य हुँदा देशमा विधिका पक्षधर नै छैनन् जस्तो अवस्था बनेको भन्दै नेतृत्वले गरेको गल्तीबाट आफैँ निस्कृय नबन्न युवाहरुलाई आग्रह गरे । उनले कांग्रेस आफैँ अवैधानिक हुन लागेको भन्दै महाधिवेशनमा केन्द्रित हुँदै महाधिवेशनसँगै नयाँ सत्याग्रहको तयारीमा जुट्न पनि प्रस्ताव गरेका थिए ।

फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २८, २०७७  १०:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC