site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रहरीले बनायो शंकास्पदहरुको ‘क्लोज रिङ’ ! घटनामा एकै व्यक्ति संलग्नताको आशंका
Sarbottam CementSarbottam Cement

काठमाडौं । बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले शंकास्पदहरुको ‘क्लोज रिङ’ बनाएको छ । प्रहरीका अनुसार विभिन्न तथ्य र सूचनाका आधारमा शंकास्पदहरुको ‘क्लोज रिङ’ बनाइएको छ । घटनामा नजिककै व्यक्तिको संलग्नता हुनसक्ने प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

गएको बुधबार विद्यालयबाट फर्कने क्रममा बेपत्ता भएकी भागरथी बिहीबार साँझ लवलेक सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् । शवको पोस्टमार्टम रिपोर्ट भने प्रहरीले प्राप्त गरिनसकेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रवक्ता सिंहका अनुसार सूक्ष्म रुपमा घटनाको अनुसन्धान अघि बढिरहेको छ । उनले भने, “क्लुहरु भेटिएका छन् । छिटै अपराधीसम्म पुग्छौं । विभिन्न कोणबाट अनुसन्धान जारी छ । केही सामग्री अनुसन्धानका लागि विधि विज्ञान प्रयोशालामा पठाएका छौं ।”

भागरथीले भारतीय सीमकार्डसमेत प्रयोग गर्ने गरेको पाइएको छ । सीमा क्षेत्रमा बसोबास गर्दै आएका नेपालीले भारतीय सीमकार्ड प्रयोग गर्दै आएका छन् । भारतमा आफन्तसँग कुरा गर्नका लागि भागरथीले सीमकार्ड राखेको परिवारजनले प्रहरीलाई जानकारी दिएका छन् । कतिपय कुरामा आवश्यक परे भारतीय प्रहरीको समेत सहयोग लिन सकिने प्रवक्ता सिंह बताउँछन् ।

Global Ime bank

आइतबार पनि घटनास्थलमा केही प्रमाण फेला परेको बताइएको छ । घटनामा एकजनाको संलग्नता हुनसक्ने सम्भावना बढी देखिएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए ।

ती अधिकारीले भने, “अहिले नै पूर्ण यकिनका साथ त भन्न सकिँदैन । तर प्रारम्भिक अनुसन्धानमा घटनामा एकजनाकै संलग्नताको अनुमान हामीले गरेका छौं ।”

प्रहरीले भागरथीको ‘कल डिटेल’लगायत प्राविधिक पक्षको अनुसन्धान सुरु गरेको छ । प्रहरी स्रोतका अनुसार बुधबार भागरथीलाई मोबाइलमा केही कल आएको भए पनि उनले ‘रिसिभ’ र ‘कलब्याक’ नगरेको पाइएको छ । उनीसँगै विद्यालयबाट निस्कँदा चारजना साथी रहेको र घरमा आमा एक्लै छन् भन्दै उनी साथीहरुबाट छुट्टिएर एक्लै हिँडेकी थिइन् । बिहीबार उनी मृत फेला परेकी थिइन् । भागरथीको कपडा च्यातिएको, शरीरमा नीलडाम, घाउ, घाँटी निमोठेको पाइएको छ । शवको प्रकृति हेर्दा भागरथीले अपराधीसँग संघर्ष गरेको देखिएको अनुसन्धानमा संलग्न अधिकारीहरुको दाबी छ ।

घटनाको केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बैतडीले अनुसन्धान गरिरहेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोली कञ्चनपुरबाटै बैतडी गएको हो । घटनाबारे जानकारी लिन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदी बैतडी पुगेका छन् । उनले हिजो नै भागरथीको शव भेटिएको स्थानमा पुगेका थिए । उनले अनुसन्धानमा संग्लन टोलीसंग भइरहेको प्रगतीबारे समेत जानकारी लिएका छन् । केहीदिन डीआईजी सुवेदी बैतडीमै रहने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २६, २०७७  ११:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC