site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
परिवारले शव बुझ्न मानेनन्, पोस्टमार्टम रिपोर्टको प्रतीक्षा
Ghorahi CementGhorahi Cement

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव आफन्तले बुझ्न मानेका छैनन् । हत्यारालाई कारबाहीको माग गर्दै आफन्तले शव बुझ्न नमानेका हुन् ।

गएको बुधबार विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्नेक्रममा बिहीबार साँझ स्थानीय लबलेक जंगलमा मृत अवस्थामा शव फेला परेको थियो ।

Agni Group

भागरथीको शव विभत्स अवस्थामा फेला परेकोले बलात्कारपछि हत्या गरिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । उनको पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ । रिपोर्ट आएपछि थप कुरा खुल्ने प्रहरी अधिकारी बताउँछन् । पोस्टमार्टम रिपोट आज साँझसम्म आउनसक्ने बताइएको छ ।

प्रहरी अनुसन्धानमा सक्रिय भएर लागेको र आफन्तले शव बुझ्ने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले बाह्रखरीसित बताए । भागरथीको कपडा च्यातिएको, शरीरमा निलडाम, घाउ, घाँटी निमोठेको पाइएको छ । घटनाको अनुसन्धानमा सीआईबी, प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय बैतडीको टोली परिचालन गरिएको छ ।

Global Ime bank

मृतक भागरथीका बुवाको दुई महिना अघिमात्रै मृत्यु भएको थियो । मृतकका दाजु रोजगारीको सिलसिलामा भारतमा छन् ।

भागरथी हत्या प्रकरण : अनुसन्धानका ‘क्लु’ भेटिए

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २५, २०७७  १४:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC