site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चितवन, बर्दिया, दोलखा र दार्चुलामा चारजना मृत फेला
Sarbottam CementSarbottam Cement

काठमाडौं । चितवन, बर्दिया, दोलखा र दार्चुलामा चारजना मृत अवस्थामा फेला परेका छन् । चितवनको भरतपुर महानगरपालिका १६, शिवघाटस्थित नारायणी नदीको किनारमा परिचय नखुलेका करिब ३५ वर्षीय पुरुषको शव फेला परेको छ ।

बर्दियाको राजापुर नगरपालिका १०, लालपुरघाटस्थित नदीको किनारमा सोही ठाउँ बस्ने ७५ वर्षीय लक्ष्मण थारु मृत अवस्थामा फेला परेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

दोलखाको कालिन्चोक गाउँपालिका ७, चरिकोट सिंगटीस्थित झमर्सी भिरमा सर्लाही मलगंवा नगरपालिका ३ घर भई हाल नेपाल बैंकको शाखा कार्यालय सिंगटी दोलखामा कार्यरत २९ वर्षीय अजितकुमार झा मृत अवस्थामा फेला परेका छन् ।

दार्चुलाको मालिकार्जुन गाउँपालिका ७, पन्तपाली बस्ने ३६ वर्षीया पार्वती बोहरा सोही गाउँपालिका ६, सलेतीस्थित महाकाली नदीको किनारमा मृत अवस्थामा फेला परेकी छिन् । गत माघ १२ गतेदेखि हराएकी उनको खोजी गर्ने क्रममा शनिबार शव फेला परेको प्रहरीले जनाएको छ ।

Global Ime bank

-प्रतिकात्मक तस्बिर

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २५, २०७७  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC