site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोना प्रभावित पत्रकारलाई राहत प्याकेज ल्याउने सञ्चारमन्त्रीको घोषणा
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड–१९ बाट प्रभावित श्रमजीवी पत्रकारहरुलाई राहत प्याकेज ल्याउने घोषणा गरेका छन् । त्यसका लागि आवश्यक सुुझाव दिन नेपाल पत्रकार महासंघसहित सरोकारवाला निकायलाई उनले आग्रह गरे ।

‘‘कोभिड प्रभावित सञ्चारगृह र श्रमजीवी पत्रकारहरुलाई तत्काल राहत दिनका लागि आवश्यक सुुझाव दिन म पत्रकार र पत्रकारहरुको संघ–संगठन सबैलाई आग्रह गर्दछुु,’’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुुरुङले भने, ‘‘सरोकारवाला निकायले दिएको सुुझावको आधारमा सरकारले राहत कार्यक्रम ल्याउनेछ ।’’

मन्त्री गुरुङले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबारे मन्त्रालयलाई सुुझाव दिन सरोकारवाला निकायलाई आग्रहसमेत गरे । सञ्चार मन्त्रालयद्वारा आइतबार काठमाडौंमा आयोजित ‘आमसञ्चार र श्रमजीवी पत्रकार : नीति, कार्यक्रम र बजेट’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबारे समयमै सुुझाव दिन आग्रह गरेका हुन् । उनले सरकार प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २५, २०७७  १०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC