काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्वतको जलजला गाउँपालिका–७ घर भई पोखरा महानगरपालिका–३३ बस्दै आएका ५० वर्षीय गमबहादुुर पुन छन् । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई ४२ वर्षीया श्रीमती हरिमायाको बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा पक्रेको हो ।
हरिमाया शुक्रबार आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । घटनाको अनुसन्धान गर्ने क्रममा गमबहादुरलाई शुक्रबारै पोखरा महानगरपालिका–३३, लामगादीबाट पक्राउ गरेको प्रहरी जनाएको छ ।
खाना नबनाएको विषयमा एकापसमा झगडा हुँदा गमबहादुरले श्रीमतीलाई बन्चरो प्रहार गरी हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको कास्की प्रहरीले जनाएको छ । उनीउपर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले शनिबार जानकारी दिएको छ ।
प्रतीकात्मक तस्बिर ।