site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सरकारमा बसेर जुलुस गर्दै हिँड्ने होइन : पुन
Ghorahi CementGhorahi Cement

तनहुँ। नेकपा स्थायी कमिटी सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले पनि गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालगायत आन्दोलनका उपलब्धि मन नपरेको आरोप लगाएका छन् ।

शनिबार तनहुँको दमौलीमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुनले संविधान सिध्याउने काममा ओली लागेकाले आफूहरु प्रतिवादमा उत्रिएको जिकिर गरे । ओलीको स्वेच्छाचारिता र निरंकुशता एक दिन ढल्ने भन्दै उनले संविधानको रक्षा गरेरै छाड्ने अठोट व्यक्त गरे ।

Agni Group

नेकपा ओली समूहमा नलागेका नेता–कार्यकर्तालाई भ्रष्टाचार मुद्दामा कारबाहीको धम्की आउन थालेको उनले बताए । धम्कीसँग आफूहरु नतर्सने चेतवानी उनले दिए । धम्की दिन र सडकमा पञ्चर्‍याली शैलीमा प्रदर्शन गर्न छाडेर जनताका पक्षमा लोकप्रिय काम गरे विरोधी आफैँ तह लाग्ने उनको भनाइ थियो ।

सरकारले ७७ वटै जिल्लामा आफ्ना गुटका कार्यकर्तालाई सहसचिवसरहको सुविधा पाउने गरी भूमि आयोगको नियुक्ति दिइएको भन्दै उनले आपत्तिसमेत जनाए । सत्तामा नहुनेले सडकमा प्रदर्शन र राज्यलाई खबरदारी गर्ने भन्दै पुनले ओली आफैँ जुलुस लिएर हिँडेको भनी व्यंग्य गरे । ‘‘सरकारमा बसेर काम गर्ने हो, जुलुस गर्दै हिँड्ने होइन,’’ पूर्वमन्त्रीसमेत रहेका उनले भने, ‘‘महँगी नियन्त्रण, बलात्कारीमाथि कारबाही, राष्ट्रघाती सन्धिहरुको खारेजी, रोजगारी सिर्जना गर्नुस् । सरकारी कार्यालयमा जाँदा खुरुखुरु काम हुने वातावरण बनाउनुस् । कसैलाई गाली गर्नै पदैन, विरोधीहरु आफैँ सिद्धिन्छन् ।’’

Global Ime bank

जनताले केपी ओलीलाई नभई नेकपालाई पाँच वर्ष सरकार चलाउन जनमत दिएको उनले उल्लेख गरे । ओलीले विगतमा राजाहरुले जस्तै सार्वभौमसत्ता र राजकीय सत्ता आफैँमा निहीत रहेको दाबीसहित असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको आरोप पनि पुनले लगाए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  २१:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC