site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

देशको शासन प्रणाली अहिले अस्तव्यस्तमात्र हैन ध्वस्त नै भएको  देखिएको छ  तर प्रधानमन्त्री केपी शर्मा भने अहङ्कारको हुँकार गर्दैछन् । देश राजनीतिक अस्थिरता र अराजकतार्फ बढेको छ । राज्यका निकायहरू अधिनायकवादी शैलीमा कब्जा गर्ने प्रधानमन्त्री ओलीको प्रपञ्चमा प्रधान न्यायाधीशले समेत साथ दिएको गुनासो जनमानसमा व्याप्त छ । संसदीय सुनुवाइ नै नभएका व्यक्तिहरूलाई शपथ गराउन प्रधान न्यायाधीशबाट देखाइएको हतारलाई जनसाधारणले सहजरूपमा लिन सकेका छैनन् । साथै, संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गर्ने संवैधानिक परिषद्का पदेन सदस्यसमेत रहेका प्रतिनिधि सभाका सभामुख आफैँ संविधानविपरीत गरिएको नियुक्ति बदर गराउन सर्वोच्च अदालतको शरणमा पुगेका छन् । अर्थात्, लोकतन्त्रमात्र होइन  समग्र राज्य व्यवस्था नै संकटमा परेको छ ।

नेपालमा यति धेरै अराजकता र अस्तव्यस्तता यसअघि कहिल्यै देखिएको थिएन । विधिको शासन भएको कुनै पनि मुलुकमा यस्ता घटना अहिलेसम्म भएका छैनन् होला । नेकपा एमाले र माओवादी केन्द्र नामका घटकहरूले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धन गरी एउटै घोषणापत्र लिएर संयुक्तरूपमा भाग लिएका थिए । फलस्वरूप, नेपाली मतदाताले तिनलाई निर्वाचनमा स्पष्ट बहुमत दिए । पछि उनीहरूले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाए । राजनीतिक स्थिरता, विकास र समृद्धिका नाममा कम्युनिस्टहरूलाई मत दिने जनताले भने पार्टी एकताकै दिनदेखि विवाद र अस्थिरता देख्नु परेको छ । सत्तारूढ दलको विवादको जडमा भ्रष्टाचार र कमिसनखोरी रहेको सामान्य जनताले समेत बुझेका छन् । तैपनि, यी कम्युनिस्ट नेताहरू जनताका नाममा हुँकार गर्छन् । 

प्रतिनिधि सभा पुनःस्थापनासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । प्रतिनिधि सभा पुनःस्थापना भएन भने पनि तोकिएको मितिमा चुनाव हुनसक्ने अवस्था देखिँदैन । अहिलेसम्म नेकपाकै आधिकारिकताका विषयमा कुनै निर्णय भएको छैन । यसैले प्रधानमन्त्री ओलीको नियत नराम्रो रहेनछ नै भने पनि नेपालको संविधान त संकटमा पर्ने नै भयो । प्रतिनिधि सभा पुनःस्थापना भए पनि नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का कारण संविधान संकटमा पर्ने निश्चित देखिन्छ । संविधान सभाले बनाएको नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान सत्तारूढ दलका नेताको सर्वसत्तावादी मानसिकताका कारण संकटमा परेको हो ।  विडम्बना, तैपनि उनीहरूकै अहङ्कारको  हुँकार चर्को छ । कम्युनिस्ट नेताहरूको ‘कालीदास’ प्रवृत्तिका कारण संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता विरोधीहरूले टाउको उठाउन थालेका छन् । संविधानका आत्मामै प्रहार गर्नसके लोकतन्त्रमाथि आक्रमण गर्न सजिलो हुने उनीहरूको रणनीति हुनसक्ने देखिन्छ । देश यस्तो संकटमा पर्दा पनि सत्तारूढ दलका गैरजिम्मेवार नेताहरू अहङ्कारको हुँकार गरिरहेका छन् । अहिले नेपालको संविधान, २०७२ लाई जोगाएर नेपाली जनताको सम्मान गर्नु सबैको कर्तव्य हो । यसैले अलिकति पनि नेपाल र नेपाली जनताप्रति उत्तरदायित्वबोध भए अहङ्कारको हुँकार बन्द गर र संविधानप्रतिको निष्ठाको शपथ सम्झ १    
 
 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  १४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC