site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मिचिनाको मेजमानी 
Sarbottam CementSarbottam Cement

पू... !

एकनासले कराइरह्यो रेल ।

मिचिनाको गोरखा धर्मशाला रेल स्टेसनसँगै जोडिएको रहेछ । बिहान ११ बजे आएर हामी दिनभरि ढल्कौँला भन्नेमा थियौँ ।

Prabhu Bank
Agni Group
NIC Asia

घरीघरी आइरहने रेलको छकछकले परेली जोडिएनन् । मेरो कोठामा अमित थिए । उनी पनि रातभरिको निद्रा भए पनि सुतिरहने सोचका थिएनन् ।
लोकनाथ र सेरु आएर निस्के ।

“मैले एउटा भटभटेको व्यवस्था गरेको छु । ज्वाइँजेठान लागौँ त मिचिनातिर ?”

Global Ime bank

सुवेदीकी छोरी बिहे गरेका अमितलाई म बेलाबेलामा ज्वाइँको नातोले डाकिरहेथेँ ।

“आच्छा, आच्छा !” 

उनले मानी पनि हाले ।

त्यसपछि हामी हुइँक्यौँ मिचिना बजारतिर । आफ्नो जन्मथलोमा आइपुगेका अमितलाई खुसी, उल्लास र आनन्दीले एकैसाथ अँगालेको थियो ।
 
उनी यो पनि हेर, त्यो पनि खाऊ, ऊसँग पनि भेट र यी पनि चिनजस्तो गरिरहेथे मलाई ।

४,४४७ मिटर उचाइमा रहेछ मिचिना । प्रमुख सहरका रूपमा मिचिना परिचित रहेछ । विशेष गरी नेपालीहरूको बाक्लो उपस्थितिले मिचिना ढाकिएको रहेछ ।

अमित भनिरहेथे— “सात माइलको हेरफेरमा १७ सय नेपालीका घर छन् ।” 
“नेपालीले सबै खालका नाम, दाम, काम पाएका छन् मिचिनामा !” 

भटभटे बेगिइरहेको छ ।

हामी मिचिनाको चिना बजार छिचोलेर दक्षिणतिर लाग्यौँ । बजार बाक्लै थियो । केही गर्मी थियो हावापानी । नदी नजिकै भएकाले गर्मी बढेको सुनिन्थ्यो ।

रामपुर पुगेछौँ हामी । बाटाको दायाँबायाँ नेपालीका मनग्गे पसलहरू थिए । घर, पसल पस्दै अमित आप्mना मामा, काका सबका घर सोधिरहेथे । किनभने, उनले पनि यो ठाउँ छाडेको निकै काल बितिसकेछ ।

घुमेर दक्षिणपश्चिम गएको बाटो भएर कुद्यौँ । निकै पर पुगेपछि टुप्लुक्कियो राधाकृष्ण मन्दिर ।

“भोलि बिहान हामी आउँछौँ । अहिले भेटौँ, घुमौँ, डुलौँ !”

अमित रोकिन्छन् । बोल्छन् अनि भटभटेको कान बटार्छन् हुइँहुइँती ।

टाँडे घरहरू सडकको दायाँबायाँ थिए । सुपारीका बाक्लै बोटहरू थिए । आँगनका कुनाकानीमा तुलसीका मठहरू थिए । 

१५ चैतको दिउँसो ।

“रामपुर पुग्यौँ !”

एउटा फराकिलो आँगनमा हामी पस्यौँ ।

म पहिलोपटक रामपुरका गोरखालीको घरमा पसेको थिएँ । उत्तर दक्षिण पैmलेको रहेछ रामपुर ।
 
धनपति घिमिरेका अघिल्ला तीन पुस्ता इलामबाट म्यानमार पसेका रहेछन् ।
धनपतिको घरको पिँढीमा बसेका छौँ हामी । उनीसँग पुरानो रामपुरको पनि कथा छ । नयाँ, साटिएको र फेरिएको रामपुरमा त उनी नै बाँचिरहेका छन् ।

मिचिनाको यो रामपुरमा सबैभन्दा बढी नेपाली नै रहेछन् । एक हजारभन्दा बढी घरबास नेपालीका छन् । वल्लो घर, पल्लो घर सबै गोरखालीका ।

बम्म, स्वेगू, होपेँ, मोगेँ, मोकाऊँ, नाम्टी, लाल पहाड, कमाईमा नेपाली बस्ती मनग्गे रहेछन् । त्यस्तै, मिचिनाका नाङ्ग्वे, एमाताया, पामती, मेओची, युजना, मेमे, सीतापुर, टाकोऊँमा पनि निकै नेपालीहरूको बसोबास रहेछ ।

लाबरबारी, बाइभ, तकाया, मौलाई, रबाछू, बोडी गाउँ, मुसे खोया, नाम्पका, मखान्तीमा पनि नेपालीहरूले आआफ्ना समाज निर्माण गरी सयौँ वर्षदेखि बसी आएको थाहा पाएँ ।

मिचिनाकै नाङ्फी, आलुबारी, चम्का, ताचन, सालिछेमा र तालुजीमा गोरखालीका घरबास रहेको थाहा भयो ।

रामपुर कुनै जमानाको पूरै गाउँ । हिजोआज सहरतिर उन्मुख छ । ऐरावती किनारछेउको यो उब्जाउ भूमिमा धेरै नेपालीहरूले गाईभैँसी धपाउँदै कीलो गाडेथे— जीवनको, सङ्घर्षको र भविष्यको ।

“१३५ वर्षअघि नेपालबाट बूढा बाउ आएको सुनेको थेँ ।”

धनपतिले पुर्खा सम्झे ।

“पर नजौँ न । खरका छाना थिए । टिनका छाना थिएनन् ।”
थप बखाने उनले ।

“पहिलेको थिति हेर्ने हो भने गाईबेरा, खेतीपाती थियो । अब अहिले हरायो ।”

धनपतिका कुरा सुनिरहेको छु ।

यो ऐरावती किनारको रामपुरका गोरखालीलाई दुई छाक खान अप्ठेरो भएन । चामलै खान पाएको अनुभव सबैसँग छ । मिचिनामा कोदो, मकै खाएछन् । भैँसी, गाई चराएर जीवनको उमेर घटाएछन्, बढाएछन् ।

“बागीको डर थियो !”

धनपतिले पुरानो कुरा एकएक सम्झिए । 

धेरै गोरखाली युवा सेनामा गए । त्यही गोरखाको योगदानसँग पुस्तैनी मानका खातिर मान त पाए नै नेपालीले । कति बागीले नेपाली युवा समातेर पनि आप्mनो जत्थामा हुल्न भ्याएछन् । तिनले बर्मामा सेनासँग अनाहकमा कतैकतै लडेको दुःखद पीडा पनि कतिले सुनाएथे ।

“पहिलापहिला नेपालीलाई कचिन प्याउचाले लगे । आर्मीसँग लड्ने नि गोरखा ! सेनाभित्रै पनि गोरखा !”

धनपतिले पीडा पोखे ।

दोहोरो मारमा परेका रहेछन् नेपालीहरू । केही वर्षयता मात्र कचिनहरूले हतियार बिसाएकाले शान्तिको सास फेर्न पाएको जताततै सुनिन्थ्यो ।

भूमिगत समूहलाई प्याउचा भनिन्दो रहेछ । प्याउचाको बिगबिगीले पनि धेरै गोरखाली गाउँ छाडेर सहर पसेको सुनिन्थ्यो ।

“हिलो, कचेडा हरायो । रोड भयो !”

खेतबाट घरको आँगन गरेकी धनपतिकी पत्नी भुमादेवीले भनिन् । उनले चिसो पानी खुवाइन् ।

त्यसो त हिजोका दिनमा प्याउचालाई समात्नका लागि गोरखाको प्रयोग पनि भएथ्यो रे । गोरखालीहरूको सीपको प्रयोग म्यानमाली सेनाले पनि मनग्गे गरेकै रहेछ ।

“खुन बगाएर गोरखाले जापानलाई खेदेकै हो ।”

त्यो इतिहास बिर्सेर कसैकसैले गोरखालीलाई विदेशीभन्दा नमिठो मान्छन् उनीहरू ।

रामपुरको कुनादेखि यो कुनासम्म हामी घुमिरह्यौँ —— घुमिरह्यौँ —— । 

कुनै बेला गोरखालीले स्थानीय आदिवासीलाई दम्काएकै प्रमाण सबैले सुनाए ।

मुलुकबाट आएका कति नेपालीले नाला काटेर जग्गा धेरै आफ्ना पारेका रहेछन् । सुरा बूढाहरूले वन फाँड्दै गाईभैँसी पाल्दै आफन्त डाक्दै बस्ती बसालेका रहेछन् ।

“मुख बाएजति पैसा पाइन्थ्यो !”

धनपतिले भनेको सम्झन्छु ।

घोडाबग्गीमा मान्डलेका गोरखाली हुन्थे । त्यो कमाइ गाईबेरा, खेतीपातीले हुने तर्क रामपुरका धेरैका ओठबाट सुनियो ।

रामपुरमा घिमिरे, तिमसिना, बराल, सुवेदी, भँडारी, ओझा, पोखरेल थरका बढी रहेछन् । राई, लिम्बू पनि मनग्गे रहेको देवीभक्त पोखरेलले बताए ।

हामी धनपतिको घरबाट निकै मास्तिर लाग्यौँ । टाँडे घरको लस्कर छ । रुखका हाँगाले आँगनको चोकेमा राखेर छेकाबार लगाइएको छ । भान्सा घर छुट्टै छ प्रायः घरमा । बारीमा गाईका गोठ देखिन्थे ।

“एउटा इतिहास यहाँ छ । पसौँ यता !”

बलराम पोखरेलको घरमा हामी पसेका रहेछौँ ।

रामपुरका यी रैथाने वृद्ध आठ वर्षको छँदा नेपालबाट कलकत्ता भएर म्यानमार छिरेका रहेछन् । उनकी पत्नी भीमादेवी ८३ र बलरामको उमेर ९३ वर्षको छ । दुवैसँग रामपुरको घामपानी झेलेका अनेकौँ कथाहरू छन् ।

टाटन गाउँमा बलराम पुगेका थिए ।

“दुई सयउपर बस्तुभाउ थिए । फुपूले व्रिmम बनाएर अनि त्यसबाट घिउ तयार पार्नुहुन्थ्यो ।”

“१५ वर्षको छँदा म बर्माको सेनामा भर्ना भएँ । १० वर्षको हुँदा आर्मीले लान्थ्यो । म पामती, चम्का हुँदै मखान्ती पुगेँ । त्यसपछि रामपुर आइपुगेँ ।”
बलरामसँग पुराना कथा मनग्गे छन् ।

“पहिला धेरै उलाउ आउँथ्यो । त्यो उलाउमा कति चिनेजानेका परे, मरे । कतिले घरबारै गुमाए । कतिका गाईबेरा बगे । कति सन्तानै मात्र गुमाए ।”

ऐरावतीको बाढीमा धेरैको बिचल्ली भएको रहेछ ।

तीन वर्षसम्म जापानसँग बर्माको लडाइँ भएछ । उनी सेनामा सिपाही थिए । 

“महाकाली पूजा र संसारी पूजा त हाम्रा ठूला पूजाआजा हुन् । खुब धुमधामले मानिन्छ संसारी पूजा ।”

उनले भने ।
 
“गोरखा सेनाले मात्र महाकाली पुज्ने भएकाले जस्तोसुकै युद्ध पनि जित्छ भन्ने विश्वास बर्मेली सेनामा छ !” पोखरेलले अनुभव सुनाए ।

त्यो बेलाका झन् अनौठाअनौठा कथा सम्झना छन् बलरामलाई ।

जङ्गलमा भैँसी चराउँदाको रमाइलो सम्झना सुनाए उनले ।

“जङ्गलमा भैँसी लिन गएको थिएँ । छाता थियो । अलिक नजिकबाट धुलाको मुस्लो मतिर आयो । के आयो भन्ठान्दै थिएँ । ठूलो हात्ती छेउमा आयो । मैले हत्त न पत्त छाता खोलेँ । होस हरायो त्यो बेला । हात्तीले एकछिन हे¥यो । अनि, आएकै बाटोतिर फर्केर गयो । म डरले अत्तालिँदै बाँचियो भन्ठानेर गोठतिर आएँ । यो ताचनको घटना हो ।”

बलरामले सम्झिए गाई चराउँदाको घटना ।
 
गाईगोठका यस्ता चित्र हेर्न, सुन्न हुरुक्किइरहेँ म त । 
 
रामपुरका अनेकौँ गल्ली घुमेर साँझ फेरि हामी धर्मशाला पुग्यौँ । बिहान ढल्केका साथीहरू कुरेर बसेका रहेछन् हामीलाई ।

०००

साँझ सेरुले हामीलाई चिना बजार लगे ।

साँझ परेपछि बजार खुल्ने, अरू पसल बन्द हुने परम्परा रहेछ । त्यहाँ हामीले ठेलागाडीमा बेच्न राखिएका लफेतो र थोपू खायौँ ।
 
दालको फाँडो जमाएर बनाइएको थोपू इन्ले तालमा खाएभन्दा अलिक फरक स्वाद र शैलीको ठानेँ मैले ।

थोपू नै धेरैतिर हाम्रो मुख्य खाना भइरहेको छ । दाल, भात, तरकारी आक्कलझुक्कल भेट्थ्यौँ । परिबन्द मिलिरहेको थिएन ।

एकजनाको भागमा टेबल भरिने गरी गेडागुडी, सागपात, झोल, मसलाका थुप्रै भाँडाकुँडाले भरिभराउ भए पनि हामी कहिल्यै अघाएनौँ । भुँडी भोकै रहन्थ्यो ।

‘भाते नेपालीलाई के हुन्छ यो तन्द्र्याङतुन्द्रुङ र टुसापुसाले !’

म आफ्नो असन्तुष्टि जनाउँथेँ । त्यै लाग्दो हो, साथीहरूलाई नि !

राति राम्रै घुमघाम भयो मिचिनामा । कहाँ मात्र घुमाएनन् अमितले ! म्योतिट, म्योमा, मिएट, युजना, म्येयिनसम्म पु¥याएँ भने अमितले । ठाउँ पुगेको ख्याल नगरे नि नाउँ भने कण्ठै गरेछु मैले ।

त्यसो त दिउसोतिर रामपुरबाट फर्कँदा अमितले हजार बुद्धहरूको सालिक बनेको ठाउँमा नि पु¥याएथे । मनोभावअनुसार मुखाकृति निर्माण गरिएका ती बुद्धचित्रले मन आलोकित पारेथे ।

सेनाले निर्माण गरेकाले बुद्ध बगैँचा साँच्चिकै मनोरम थियो । आउँजेया आऊँ विहार अदभूत थियो । एकै ठाउँमा पङ्क्तिबद्ध बुद्ध । हजार बुद्ध हेरेर मनै हजारी भयो ।

०००

“यो गाउँ लाबरबारी !”

पोखरेलसँग छुटेर हामी केही उत्तरतिर पुगेथ्यौँ । उही पाराका घर, बाटाहरू, खेतीपाती, बोटबिरुवा र आँगन । तुलसीका मठमा केही पूजा गरिएका फूल र रातोपहेँलो चन्दन ।

रबर धेरै हुने हुनाले यो गाउँको नाम रबर, लाबड हुँदै लाबरबारी भएको रहेछ । यो गाउँको सबैभन्दा लामो समय अध्यक्ष भएका रहेछन्— ईश्वरीप्रसाद सुवेदी ।

लाबरबारीमा धेरै नेपाली थिए । अहिले घटेर २५ घर थामिन पुगेछन् । यहीँ थियो विष्णु पाञ्चायन मन्दिर । लाबरबारी पाठशाला पनि मिचिनाको पुरानै विद्यालय मानिँदो रहेछ ।

सुवेदी र कोइराला थरको ठूलो उपस्थिति रहेछ लाबरबारीमा । विश्वयुद्धअघि नै नेपालीहरू यता आएको ईश्वरीले तर्क दिए ।

लाबरबारीमा गाईबेरा थिए पहिले । खेतीपाती र घिउ उत्पादन खुबै हुने रहेछ । घिउ खान, दहीको स्वाद चाख्न गोरखालीले म्यानमालीलाई सिकाएको दाबी गर्थे कृष्णलाल निरौला ।

स्वेचाऊबाट गाई धपाएर धेरै निरौलाहरू लाल पहाड गएथे । लाल पहाडमा पनि बागीले दुःख दिएकाले निकै आपत् भोगेछन् । गाईबाख्रा धपाउँदै, मरेकाहरूको काजकिरिया गर्दै भए पनि लाल पहाडमा रोकिएछन् । त्यहीँ बसोबास गरेका निरौलाहरू पछि लाबरबारी फर्केको कथा कहे कृष्णलालले ।

कमलकान्त निरौलाले पटकपटक ऐरावतीमा बाढी आएको देखेका रहेछन् । यसमा आएको उतारचढावले गोरखाली बस्ती प्रभावित भएको उनको तर्क छ ।

लोकबहादुर कार्कीले भेटेकै दिन भनेथे— “ऐरावतीले नेपालीको खेदो धेरैचोटि खन्यो । तैपनि, गोरखालीले यो किनारमा आफूलाई उभ्याउन छाडेको छैन । आफ्नो गाईबेरा बगे पनि आफू त बाँचियो नि ! आफू बाँचेपछि संसार जोडिन्छ भनेर नेपालीले हरेस खाएनन् ।”

लाबरबारीमा भेटघाट भएथ्यो ठूलै गोरखाली समुदायसँग । मैले उनीहरूका हृदयको नेपाली ढुकढुकी अनुहारमा उर्लिएको देखेँ ।

०००

राति सुत्ने बेलामा दिउसो काशीनाथ सुवेदीले भनेको सम्झना आइरह्यो ।

“ऐरावतीको बाढी कति आयो कति !”

“हामेरका आँसु धेरै बगेका छन्, यो ऐरावतीमा । कुनै बेला बाउबाजेले खुन बगाए । त्यो खुन पछि पसिनामा साटियो । हामेरको धेरै दुःख यताको उलाउमा मिसिएको छ ।”

काशीनाथको कुरामा ईश्वरीप्रसादले पनि सही थापेका थिए ।

“७४, ७९, २००४ सालमा बाढी आएको थियो । ७९ को उलाउ एकदमै ठूलो आएथ्यो । त्यसपछि धेरै गोरखाली टमू गए ।”

लाबरबारी, मखान्ती र रामपुरमा बाढीको वितण्डा हरेक सालजस्तो भइरहँदो रहेछ । ऐरावतीलाई म्यानमालीहरू एयावटी भन्दा रहेछन् ।

ओ ऐरावती, भोलि भेटुँला तिमीसँग ! 

०००
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  १०:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC