site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एक हजारभन्दा बढीलाई पोई भन्न पाए...
Ghorahi CementGhorahi Cement

त्यो रात दयानिधिका लागि निद्रादेवी अलप भइदिइन् । दुई दशकअघिदेखिका अनेक कुराले उनका मनमा उपद्रव गर्न थाले । गाउँ पसेका भोका बाँदरले जस्तै ।

बितेका र आफ्नो काबु बाहिरका कुरामा चिन्ता लिनु भनेको ‘नदुखेको कपाल’ डोरी लगाएर दुखाउनुजस्तै हो । यो कुरा दयानिधिजस्ता धूर्तका धिराजलाई बोध नहुने कुरै थिएन । त्यसबारे बेलाबखत आफ्ना रैती र करियाहरूलाई अर्ती समेत दिन्थे उनी । तर अरmलाई अर्ती दिनु र आफूले ग्रहण गर्नुबीच गगन र धर्तीको जत्तिकै अन्तर छ भन्ने कुरा पहिलोपटक अनुभूत गर्दै थिए उनी ।

”अर्जुनेले पनि मन लगायेर पढिदियेको भए येतिखेरसम्ममा ऊ पनि पक्कै शास्त्री भइसक्ने थियो । छात्रवासमा बसेर पढिरहेको हुने थियो । शत्रुका हातबाट अकालमा मारिनुपर्ने पनि थियेन... । उफ.... !” ओछ्यानमा पल्टिएका दयानिधिले डेढ वर्षअघि मरेको अर्जुनको अनुहार झलझली सम्झिए ।

Agni Group

लगत्तै उनको मनले डेढ दशकअघिको घटनातिर बाँकटे हान्यो ।

”मेरो त्यत्रो पढेको छोरासँग तिम्री अनपढ छोरी बिहे गरिदिन राजी हुँला म ! कुन आँटले आयौ तिमी ?” जखनीटारका मुखिया साधुरामले उपहासपूर्ण हाँसोसहित कटाक्ष गरेपछिको क्षण उनलाई झलझली याद आयो । लमी बनाएर लगेका आफ्ना सम्धीका सामू त्यस्तो अपमान आइलाग्दा उनको मन बेस्सरी दर्फर्‍याएको थियो । बयरघारीमा पस्दा जीउ दर्फर्‍याएजस्तै गरी ।

Global Ime bank

जखनीटारबाट फर्केलगत्तै उनी सालु गैराथोक पुगेका थिए पण्डित श्रीकान्त घिमिरेलाई भेट्न । भनेका थिए, “छोरोलाई रmद्री, चण्डी र लघुकौमुदी बाच्न सक्ने बनाइदिनु परो गुरू । तपैंले मागेका रmपिञा म दिन्छु ।”

छिनभरको छोटो गफका व्रmममा उनले आफूसँग यति मुरी धान फल्ने खेत, यति मुरी कोदो–मकै फल्ने टारबारी र यति जना करिया छन् भन्न समेत भ्याए ।

श्रीकान्त त्यस समयमा सिन्धुकोटदेखि रुम्जाटरसम्मै नाम चलेका गुरmमा गनिन्थे । मनग्ये ठिटाहरूलाई आफ्ना घरमा राखेर रघुवंश, कुमारसम्भव, लघुसिद्धान्त कौमुदी आदि पढाउँथे । उनका चेलाले नेपाल खाल्डोको रानीपोखरी संस्कृत प्रधान पाठशाला, भोजपुर दिङ्गलाको संस्कृत पाठशालादेखि काँशीसम्मै यशकीर्ति कमाइरहेका थिए । हिँडाइ पनि यति छिटो कि घोराखोरीमा पण्डित्याइँ गरेर पाँच कोशको बाटो पार गरी बेलुका घरमा गाई दुहुन आइपुग्थे । उस्तै मान्छेलाई दिनभरि लाग्ने बाटो । 

पुराणको व्यासमा बसेर धन र मान पनि मनग्गे आर्जन गरेका थिए उनले । एक ठाउँमा त जजमानले उनलाई पुराणको साङ्गेपछि आफ्नी छोरी नै दान दिएका थिए ।

धन र करियाको तुजुक नदेखाएका भए अनि जखनीटारका मुखिया साधुरामको छोरो मणिरत्नको शेखी झार्नैका लागि आफ्नो छोरालाई पढाउन लागेको कुरा नबताएका हुन्थे भने पण्डित श्रीकान्तले पक्कै नाइँ भन्ने थिएनन् होला । स्वाभिमानी स्वभावका श्रीकान्तलाई दयानिधिको आत्मश्लाघा नै मन परेन । सायद दयानिधिका कर्तुतका बारेमा पहिल्यै सुनिसकेकाले हो कि श्रीकान्तले उनलाई भनिदिए, “अचेल मैले नयाँ ठिटा जिम्मा लियेको छैन हौ ।”

अनेक अनुरोध गरे उनले तर पार लागेन । पण्डित श्रीकान्तका मनमा पटक्कै इच्छा जागेन ।

त्यसपछि उनी उतैउतैबाट केवलेश्वरतिर हान्निए । पण्डित लक्ष्मीभक्त सुवेदीलाई भेट्न । मध्यमा पास गरेका उनी त्यो बेला आफ्ना छोराहरूसँगै छरछिमेकका केटाहरूलाई अक्षर चिनाउने काम गर्थे । उनका जेठा छोरा शाम्बभक्त भने त्यो बेला दिदी–भिनाजु धर्मकुमारी–सुब्बा कृष्णलालका आश्रयमा बसेर तिनधारा संस्कृत प्रधान पाठशालामा पढ्थे ।

त्यसको केही दिनमै दयानिधि छोरो अर्जुनलाई लिएर लक्ष्मीभक्तकहाँ पुगे । तर दुःखको कुरा अर्जुनले पढ्ने मनै गरेन । त्यहाँ पुर्‍याएको १५ दिन नपुग्दै फर्केर घरैमा टुप्लुकियो ।

साफ हप्काए छोरालाई । ढुङ्गो बोल्ला तर अर्जुनेको मुखबाट एक वाक्ये निस्केन ।

छोरालाई फकाएर गुरुकहाँ पठाउन उनले अनेक जुक्ति लगाए । तर उसले बाबुका कुरा सुन्नै चाहेन । उनले पढ्न जाने कुरा गर्न थाले कि ऊ गुलेली र मट्याङ्ग्रा बोकेर बनतिर हिँडिदिन्थ्यो ।

त्यसपछि उनले आफैंले पुजिआएका पण्डित बाबुराम बराललाई अराए, अक्षर चिनाएर रmद्री र चण्डी बाच्नेसम्मको बनाइदिन । काठको फलेकमा धुलो राखेर सिन्काले कोर्दै अक्षर चिनाउने अनेक प्रयास गरे । तर ती सबै प्रयास निष्फल भए । पढ्नमा उसले टेरपुच्छरै लगाएन ।

बाबुराम पण्डितको योजना मुताविक उसलाई भोजपुरको दिङ्लाको पाठशालामा पनि पुर्‍याइयो । घरबाट टाढा भएपछि पढ्न मन गर्ला कि भनेर । तर ऊ पुर्‍याउन जाने बाबुराम पण्डितकै पछिपछि घर आइपुग्यो ।

खासमा साधुरामको शेखी झार्नैका लागि उनले आफ्नो छोरोलाई पढाएर मणिरत्नभन्दा ठूलो विद्वान् बनाउने आकाङ्क्षा पालेका थिए । तर छोराले बाबुको मनोइच्छा बुझ्नै चाहेन । विद्याआर्जनको लाइनमा आउँदै आएन । त्यसपछि उनले छोरोलाई विद्वान् बनाउने सपनै देख्न छाडेका थिए ।

तर आज अचानक गौंथलीले मणिरत्नको कुरा गरिदिँदा उनलाई खपिनसक्नु भयो । कुनै रैतीले सामान्य प्रगति गर्दा त आरिसले जल्ने मान्छे उनी । झन् शत्रुकै छोराले श्री ३ महाराजका दरबारमा पहुँच बनाएको कुरा उनी कसरी सहन सक्थे ?
“छोरालाई पढाउन नसके पनि नातीहरूलाई अवस्से पढाउँछु र त्यो मणिरत्नेभन्दा ठूला मान्छे बनाउँछु ।” बिहानपखतिर उनले बाचा गरे । त्यसपछि निद्रादेवीका काखका झुपुक्क निदाए ।

०००

त्यसको भोलिपल्ट दयानिधिकी छोरी सीता र गौंथली रोटेपिङ हालेको हेर्न चौतारोतिर निस्के । तर उनीहरू पुग्दा गाउँका लाठेहरूले रोटेपिङका खाँबा गाड्ने खाल्डो मात्रै खन्दै थिए । पिराहरू ल्याएर जोडजाड गर्ने त कुनै सुरसारै थिएन ।
तब उनीहरू गफिँदै एकान्त पाखातिर लागे ।

गौंथलीका मुखबाट राणा जर्साबहरूको जीवनशैली, दरबारको भव्यता, त्यहाँको रहनसहन, खानपान, बोल्ने तरिका आदि सुनेपछि सीतालाई कम्ती खुलदुली भएको थिएन । कहिले त्यहाँ पुग्नु र हेर्नु भन्ने उत्कन्ठा चुलिएको थियो । उसको उमेरै पनि त्यस्तै भएको थियो चुलबुलेपनले अँठ्याउने १२ वर्षे । बाटामा उसले भनी, “दिदी, तिमी जाँदा हाम्रा बासँग कुरा गरेर मलाई नि लैजाऊ न है ।”

“धत्, के कुरा गरेकी तिमीले ?” गौंथलीले हपारी, “बाहुनकी छोरीलाई माराजहेरुले काँ सुसारे बनाइबक्सन्छ ?”

“बाहुनका छोरीले सुसारे हुन मिल्दैन ?” सीताका मनमा लघुताभाषको झार उम्रियो ।

“माराजहेरुले बाहुनहेरुलाई देउताका सन्तान सम्झिबक्सन्छ । मारानीहेरुबाट जन्मेका बाबुसाहेब, मैयासाहेबहेरुलाई दूध खुवाउने बुबुधाई बनाइबक्सन्छ । लोग्ने मान्छेहेरुलाई भान्से, पढाउने गुरm, पुजारी बनाइबक्सन्छ । तर बाहुनका छोरीचेलीलाई सुसारे, तालिमे, रखैल बनाइबक्सन्न ।”

“मारानीहेरुले आफैंले जन्माका नानीलाई आफ्ना लाम्टा पनि चुसाइबक्सन्न ?” सीताले गौंथलीकै लवजको सिकाइ गर्दै सोधी ।

“काँ चुसाउनु ? जन्मेको केही दिन चैं गानियेको फाल्न चुसाइबक्सन्छ । तेसपछि त ढुक्कै बुबुधाईले चुसाउने हो,” उसले जवाफ दिई ।

“राजा, माराजाहेरु सप्पै बुबुधाईकै लाम्टा चुसेर हुर्किबक्सन्छ ?”

“हो त नि । मारानीहेरुले सुत्केरी हुने दिन आयेसि भर्खर सुत्केरी भकी, राम्रो परिवारकी बाहुनीको खोजी गरिबक्सन्छ । तिनलाई राम्रो तनखा दियेर दूध चुसाउनका लागि दरबारमै राखिन्छ । तिनका लोग्नेलाई चैं ददा भन्नुपर्छ,” गौंथलीले प्रस्ट पारी ।
“अनि ती बुबुधाईका आफ्ना छोरछोरीले चैं कसको दूध खान्छन् ? भोकले मर्दैनन् ?” सीतालाई भित्रैबाट छटपटी भएर आयो । ऊ पनि ‘नदुखेको टाउको’ दुखाउन खोज्दैथिई । ग्रामिण ब्राह्मणबालालाई दरबारका कुरा जानेर के काम ?

“छरछिमेकमा कोई सुत्केरी छन् भने तिनको । छैनन् भने गाईको । बुबुधाईहेरुले मैना–दुई मैनामा एकपल्ट मात्तै आफ्नो घर जाने छुट्टी पाउँछन्,” गौंथलीले भनी, “अलि दयालु खालका कोईकोई माराज, जर्साबहेरुले चैं बुबुधाई र ददालाई तिनका बच्चासँगै आफ्नै दरबारको कुनातिर बस्ने बेबस्था पनि गरिबक्सेको हुन्छ ।”

“अनि तिम्ले चैं केके काम गर्नुपर्छ दिदी ?” सीताले फेरि सोधी ।

“माराजको सेवाटहल गर्ने । दरबारबाट बाहिर कतै सवारी हुन लागिबक्स्यो भने बग्गीमा वाँसँगै जाने । पिसाब लाग्यो भन्नु भो भने सुरालको इजार खोलिदियेर कोपरामा पिसाब गराउने । अनि फेरि सुराल माथि तानेर इजार बाँधिदिने । येस्तैयेस्तै,” मुसुक्क हाँस्तै गौंथलीले भनी ।

“लोग्नेमान्छेको सुरालको इजार खोलिदिनुपर्ने ?” घोरआश्चर्यले आँ गरेर बाएको मुख हत्केलाले छोप्दै सीताले सोधी, “दरबारबाट बाहिर निस्कँदा मात्तै कि ब्यान–बेलुका पनि ?”

“सध्धैं नि,” गौंथलीको मुहारमा गर्वमिश्रित हाँसो कायमै थियो ।

“भनेसि गु नि धोइदिनु पर्छ होला !” सीताको अनुहारमा घिन प्रकट भयो ।

“आफ्नो धोइन्छ भने माराज, मारानीहेरुको धुँदा के हुन्छ ? माराज मारानी भनेको देउताका साक्षेत अब्तार पो त...,” बोल्दाखेरि गौंथलीमा हीनताबोधको छनकसम्म पनि थिएन । बरm गर्व घोलिएको देखियो ।

उसले फेरि भनी, “तेति मात्तै हो र ! माराजहेरु सिंढीबाट तल–माथि गर्ने बेलाँ हामी सुसारेहेरुले एक खुड्किला बिरायेर लाइनै उभिनु पर्छ । अनि माराज हाम्रो दूध समाउँदै माथि उक्लिने, तल ओर्लिन गरिबक्सन्छ । त्यो बेला वाँको नजर जोमाथि प¥यो उसलाई आफ्नो खोपीमा बोलाइबक्सन्छ ।”

“खोपीमा गयेसि ?” भुइँको झार टिपेर हातले चुँड्दै गरेकी सीतालाई थप खुल्दुली भयो ।

“माराजबाट जे–जे हुकुम हुन्छ तेइ–तेइ गर्दिनु पर्छ । वाँको ओछेन पनि बनिदिनु पर्छ,” हातमा भुइँको ढुङ्गो टिपेर खेलाउँदै गरेकी गौंथलीले भनी, “त्यो बेला माराज खुसी होइबक्स्यो भने बकस पाइन्छ । बकसमा कहिले कम्पनी मोहर दिई बक्सन्छ, कहिले हिरामोती, सुनका गहना पाइन्छ । मारानी, मैयासाहेबहेरुलाई छोटा–सागुरा भयेका राम्राराम्रा लुगा नि पाइन्छ । येस्तो गरेका बेला माराजलाई इच्छा लाग्यो र भाग्गेमा लेखेको छ भने भित्रिनी, मारानी पनि बनाइबक्सन्छ । भीम सम्शेर चीफ साबले सीता मारानी, झुम्मन मारानीलाई तेसरी नै त मारानी बनाइबक्सेको नि ।”

“भो दिदी, म त नजाने,” अनुहार बिगार्दै सीताले भनी, “चिन्दैनचिनेको मान्छे सुराल खोल्दिनुपर्ने, गु धोइदिनुपर्ने, तिनको ओछेन बनिदिनुपर्ने भनेसि मलाई त घिन लागो ।”

“हाहाहा,” गौंथली मज्जाले हाँसी अनि भन्न थाली, “तेसै क्यै नगरी माराजका दरबाराँमा मीठोमीठो खायेर बकस थाप्न पाइन्छ त ?”

त्यही बेला ठमनाथ खँदाल उनीहरू भएतिर आउँदै गरेको देखियो । उसलाई देख्नासाथ गौंथलीले मुहारमा बेगनबेली फु्लाउँदै भनी, “ऊ मेरा पोई आए ।”

उसको त्यो बोली सुनेर ठमनाथको अनुहार कालोनीलो भयो । तर नसुनेझैं गर्दै भन्यो, “केके गोप्पे कुरा गरेर हाँस्दैछौ हाओ केटी हो, एकलासमा बसेर ?”

“क्यै नि होइन,” सीता बोली ।

“लु घाम ढल्किसकेछ । घर जौं अब,” गौंथलीले भनी । उठेर दुवै हतारहतार आआफ्ना घरतिर लागे ।

ठमनाथका आँखाबाट ओझेल हुनासाथ सीताले फेरि सोधी, “दिदी, अघि तिमीले ठमनाथ काकालाई किन आफ्नो पोई भनेकी ?”

त्यो बेला गौंथली एउटा लहरो टिपेर दाहिने हातले घुमाउँदै अघिअघि हिडिरहेकी थिई । बालापनको उमङ्ग बिर्साउँदै । मानौं ऊ बगैंचामा डुलिरहेकी पुतली हो ।

सीताका कुराले उसका गोडा टक्क रोकिए । ऊतिर हेर्दै मिठोसँग हाँसी । अनि भनी, “कस्सैलाई भन्दिन भनेर किरिया खाने भए मात्तै भन्छु ।”

”लु किरिया खाएँ ।” सीताले आफ्ना दुवै हातले कान समाती ।

”बिहे गरेर एकजना लोग्ने मान्छेसँग मात्तै सुत्ने आइमाई स्वास्नी हो । दुईजनासँग सुती भने ऊ फुँडी हुन्छे । धेरैजना लोग्नेमान्छेसँग सुत्नेलाई रण्डी भन्छन् । हाम्रो शास्त्रअन्सार रण्डीहेरुले मरेपछि सोर्ग जान पाउँदैनन् रे ।” गौंथलीले रत्तीभर पनि लज्जाबोध नगरिकन भनी, “तर आफू नसुते पनि एक हजारभन्दा बढीलाई आफूले पोई भन्न पाइयो भने मरेपछि सिधै सोर्ग जान पाइन्छ रे । तेही भयेर ।”

आश्चर्यले खुलेको मुख हत्केलाले छोपी सीताले । उसका आँखाले भने अझै आश्चर्यको भाखा बोलिरहेका थिए ।

त्यो रात ठमनाथले पनि ‘नदुखेको कपाल’ बेस्सरी दुखायो । मनमनै गौंथलीलाई गाली गरिरह्यो, ‘बेस्सेले बिनासित्तिमा मलाई पोइ बनाइदिई ।’

(अविरलको यो उपन्यास अजम्बरी पब्लिकेसनबाट यसै साता बजारमा आउँदै छ ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  १०:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC