site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
टुँडिखेलमा औषधि बेच्नेको शैलीमा उद्घोषण 
Sarbottam CementSarbottam Cement

त्यतिखेर सर्वनाम नाट्य संस्थाका रूपमा दर्ता भइसकेको थिएन । हामी केही कविता लेख्नेहरू सँगै थियौँ । त्यसबखत अशेष मल्ल नाटक पनि लेख्थे । नाटक लेखिएपछि त मञ्चन पनि गर्नुपर्‍यो । यो कुरा हुँदा सबै साथीहरूसँग सल्लाह हुँदा ‘लु गरौँ त गरौँ’ भन्ने टुंगो भयो । 

अशेष मल्ल, विष्णुविभु घिमिरे, म, किशोर पहाडी, रामकृष्ण निराला, रमण घिमिरेलगायत केही साथी थियौँ । त्यही जमघटमा एउटा नाट्य संस्थाको कल्पना गरियो । के नाम राख्ने भन्ने कुरा उठ्यो । र निष्कर्ष निकाल्दै नाम राखियो ‘सर्वनाम’ ।

सर्वनामको नामबाट त्यतिखेर हामीले तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानबाट हुने नाटक महोत्सवहरूमा भाग लिँदै नाटकहरू गर्‍यौँ । मलाई सम्झना भएसम्म ‘सडकदेखि सडकसम्म’, ‘नाटकहरूको नाटक’, ‘मेरो घाउ तिमी नहाँसे पो दुख्छ’ जस्ता नाटकहरू मञ्चन गरेका थियौँ । ती नाटकहरू गर्दा हामी फस्र्ट हुन्थ्यौँ । 

Prabhu Bank
Agni Group
NIC Asia

मैले संस्था स्थापनाको अवधिदेखि नै सर्वनामद्वारा मञ्चन हुने नाटकहरूमा उद्घोषणको काम थालेँ । त्यसबेला नाटकको प्रारम्भदेखि अन्त्यमा कलाकारहरूको परिचय गराउनेसम्मको काम उद्घोषणको जिम्मामा पर्थ्यो । यद्यपि, उद्घोषणको काम सजिलो थिएन । त्यसका लागि धेरै मिहिनेत गर्नुपर्थ्यो । त्यसका लागि तयारी पनि गर्थें म । किनभने मैले मेरो जिम्मेवारी राम्ररी निर्वाह त गर्नैपथ्र्यो । 

नाटकमा उद्घोषण गर्दा रमाइलो लागेको र मेरा लागि केही स्मरणीय प्रसंगहरू छन् । जीएए (गोदावरी अल्मुनाई एसोसिएसन) ले समय–समयमा नाटक प्रतियोगिताहरू गरिरहन्थ्यो । यस्तै जीएएले गरेको केही नाटक महोत्सवहरूमा सर्वनामले नाटक मञ्चन गर्दै विजयी पपिन भएको थियो । 

Global Ime bank

दोस्रोपटक पनि नाटक प्रतियोगितामा हामीले भाग लियौँ । मैले नाटकको नाम बिर्सिएँ । उद्घोषणको जिम्मेवारी मेरै काँधमा थियो । मैले उद्घोषण गरेपछि एउटा अर्को प्रतियोगी वा कसैले भनेको सुनेँ, ‘ला ! त्यै उद्घोषक रहेछ फेरि पनि !’ 

हामीले गर्ने नाटक अलिक फरक किसिमको हुन्थ्यो । नाटकमा केही नवीन प्रयोगहरू भएका हुन्थे । त्यसले गर्दा नाटकलाई ठ्याक्क ठाउँमा पुर्‍याउने, अलिकति पनि अलमल नपार्ने काममा हामी लाग्दथ्यौँ । त्यसैले उद्घोषण पनि परम्परागतभन्दा केही पृथक र नवीन प्रयोगका साथ हुन्थ्यो । स्वाभाविक रूपमा त्यस काममा उद्घोषकको पनि महत्त्वपूर्ण भूमिका रहन्थ्यो । सायद त्यसैले पनि कसैले भनेका थिए, ‘ला ! त्यै उदघोषक रहेछ फेरि पनि !’ उनको आँखामा म दह्रिलो प्रतिस्पर्धी रहेछु भन्ने मैले अनुभव गरेँ । 

एउटा अर्को नाटक हुँदै थियो एकेडेमीमा, ‘मेरो घाउ तिमी नहाँसे पो दुख्छ’ । त्यो नाटकमा मैले हरिभक्त कटुवाल दाइको त्यो गीति कविता ‘मेरो घाउ तिमी नहासे पो दुख्छ’ लाई नाटकभरिमा तीन किसिमबाट रिसाइट (वाचन) गथेँ । एउटा स्वाभाविक उद्घोषण जुन मेरो शैलीको थियो । दोस्रो कटुवाल दाइकै शैलीको वाचन हुन्थ्यो । म सकेसम्म कटुवाल दाइकै शैलीमा त्यो गीति कविता वाचन गर्थें । मेरो आवाज कटुवाल दाइजस्तो नभए पनि शैली उहाँकै समातेर वाचन गर्थें । 

तेस्रोचोटी चैं, अलि बोझिलो र भारी स्वरमा वाचन गर्थें । किनभने नाटकको भूमिकामा गगन विरही अभिनय गर्दै थियो । त्यतिखेर गहुँ्रगो आवाज चाहिने भएकाले मैले दाहिने हातको बूढी औँलाले घाँटी थिचेर कविता वाचन गर्थें । त्यतिबेला अलि भारी स्वर निस्किन्थ्यो । र नाटक सकिएपछि कलाकारहरूको परिचय गराउँथेँ । 

त्यही बेलाको एउटा सुखद प्रसंग छ, विजय मल्ल दाइ त्यसबेला प्रतिष्ठानको सदस्य–सचिव हुनुहुन्थ्यो । उहाँले मलाई भेटेपछि भन्नुभयो, ‘दिनेश सर्वश्रेष्ठ उद्घोषकको पुरस्कार राखेका छैनौं त हामीले’ । 

त्यो क्षण मेरो जीवनको स्मरणीय क्षण हो । किनभने त्यसबेला महोत्सवमा उत्कृष्ट नाटक, अभिनेता, अभिनेत्रीलगायतलाई पुरस्कार पनि दिइन्थ्यो । 

अर्को एउटा घटना बताउँ, हामीले सर्वनामको वार्षिकोत्सव मनाउँदा त्यहाँबाट वर्षभरि गरिएका नाटकहरूको झाँकी देखाउँथ्यौँ । त्यसमा जुन दृश्य हुन्थे त्यही कलाकारको अभिनय हुन्थ्यो । एउटा नाटकको झाँकी सकिएपछि अर्को नाटकको दृश्य र कलाकार तयार हुनुपर्थ्यो । त्यसका लागि केही समय लाग्थ्यो नै ।

त्यो अवधिमा मैले पर्दा अगाडि गएर भित्रको तारतम्य नमिलुन्जेलसम्म बोलिरहनुपर्थ्यो । किनभने त्यो गर्न समय लाग्थ्यो । 

कहिलेकाहीँ त हाफ स्टेज डार्क बनाएरै पनि दृश्य परिवर्तन गथ्र्यौं । कहिलेकाहीँ भने पर्दा लगाएर दृश्य र पात्र परिवर्तनका काम हुन्थे । त्यस्तै समयमा मैले अघिल्लो नाटकका केही कुरा, आउने नाटकका केही कुरा र समग्र नाटकका विभिन्न विषयमा बोल्थेँ । कहिले हाम्रो देशको नाटकका विषयमा त कहिले नाटक मञ्चनमा देखिएका समस्याबारे पनि बोल्ने गर्थें । 

मेरो काम भनेको दर्शकलाई ‘बोर’ हुन नदिनु नै हुन्थ्यो । र, जब स्टेजभित्र सबै तयारी हुन्थ्यो, त्यसपछि मलाई खबर गर्थे साथीहरूले । अनि म भन्थेँ ‘अब हेर्नुस् फलानो नाटक’ । र भित्र पस्थेँ । 

त्यस कामका लागि निश्चित समय हुन्थेन । कहिले पाँच मिनेटमै पनि सकिन्थ्यो । कहिले पन्ध्र मिनेटसम्म पनि बोलिरहनुपर्थ्यो ! 

त्यसरी आठ–दशवटा नाटकको उद्घोषणको जिम्मेवारीमा बसेको त्यो क्षण मेरा लागि बडो आनन्ददायी क्षण भएको आज अनुभूत भइरहेको छ । वास्तवमा एकदमै चुनौतीपूर्ण काम थियो, त्यो ।

हामीले सडक नाटकको सुरुवात गरेका थियौँ । नाटक थियो, ‘हामी वसन्त खोजिरहेछौँ’ । सर्वनामले सप्ताहव्यापी सडक नाटकको आयोजना ग¥यो, सायद २०३९ सालतिर ।

त्यतिखेर अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरू, युवाहरू, सचेत नागरिकहरू, अथवा पञ्चायत व्यवस्थाकाविरुद्ध सोच राख्नेहरू हाम्रा मूल दर्शक हुन्थे । त्यो सडक नाटक चार दिनसम्म राजधानीका विभिन्न ठाउँमा मञ्चन भइसकेको थियो ।

पाँचौं दिन पाटनमा नाटक गर्ने भइयो । बेलुका पाँच बजेतिरको समय थियो । सडक नाटक गर्दा मैले जहिले पनि काठमाडौंको टुँडिखेलमा वा अन्त कतै अथवा तराईतिर औषधि बेच्नेहरूले अगाडि पोको राखेर भट्याएजसरी नै भट्याउन सुरु गर्थेँ । यस्ता औषधि बेच्ने मानिसहरूले भन्दै जान्थे, ‘यो हेर्नुस् । यो औषधिले यस्तो काम गर्छ । उस्तो काम गर्छ....। अथवा ‘देखिए, ए जो दवाई है, आराम देगी । दवाई ऐसे काम गरेगी वैसे काम करेगी.....! इत्यादि । 

No description available.

मैले त्यही शैलीको प्रयोग गरेर सडक नाटकमा दर्शकको जमघट गराउँथेँ । त्यसो त केही साथीभाइलाई निम्तो पनि गरिएको हुन्थ्यो । उनीहरू पनि आउँथे । तर मूल भिड त कराएरै जम्मा गर्नुपर्ने हुन्थ्यो । 

पाटनमा सडक नाटक हुँदै थियो । म एउटा कुनामा गएर बोल्न थालेँ । तर मानिस पटक्कै छैनन् ! बोलिरहेको छु, तर अहँ ! मानिस छैनन् । अघिपछि कोही छैनन् । सबै साथीहरू निराश हुन थाले । अशेषले पनि आएर ‘दिनेश छोड्दिउँ । यहाँ हुँदैन जस्तो छ !’ भने । अनि मैले ‘साप्ताहिक महोत्सव भनेको छ । पूरा त गर्नैपर्छ...’ भन्दै आफ्नो भनाइ चालु राखेँ र भट्याउँदै गएँ । 

यसरी ठ्याम्मै ४५ मिनेटजति मैले भट्याएँ । अनि मानिसहरू आउन थाले । पछि त यति ठूलो भिड जम्मा भयो, भनिसाध्य छैन ! यसरी हामीले सडक नाटकको साप्ताहिक अभियान पूरा गरेका थियौँ । कहिलेकाहीँ उद्घोषकले जबरजस्ती पनि गर्नुपर्ने रहेछ ।

अर्को एउटा प्रसंग सम्झिन्छु म । २०४१ सालको माघमा एउटा नाटक मञ्चन भइरहेको थियो, नाचघरमा । उद्घोषण मैले गरिरहेको थिएँ । 

माघमै मेरो बिहे थियो । म बिहेका लागि जानुपर्ने भयो । अब उद्घोषण गर्ने कसले ! अलिक टेक्निकल पाटो भएकाले अरूलाई केही गाह्रो हुन्थ्यो, उद्घोषण गर्न त्यो नाटकमा । म त बिहे गर्न जाने मानिस, उद्घोषणका लागि बस्ने कुरै भएन । अब के गर्ने ? 

उपाय खोजियो । कसरी भने, मैले क्यासेटमा उद्घोषण रेकर्ड गरेँ र म गएँ । यता म बिहेको जन्तीमा छु । उता मेरो आवाजमा नाचघरमा उद्घोषण हुँदै छ ! यो प्रसंग पनि मेरा लागि नभुल्ने मीठो सम्झना हो । 

यस्ता अनेकन सम्झनाहरू नाट्य उद्घोषाणका समयमा मैले बटुलेको छु । त्यो समयमा प्रजातन्त्रको पक्षलाई सहयोग गर्ने विषयमै नाटक केन्द्रित हुन्थ्यो । तर हामीले प्रतिकात्मक रूपमा नाटकहरू प्रस्तुत गरेकाले धरपकडमा कहिले पनि परिएन । 

वास्तवमा सर्वनाम शौकिन कलाकारहरूको समूह थियो । त्यहाँको नाटकमा अभिनय गर्नेहरूमा दीपकराज जोशी पनि हुनुहुन्थ्यो, पूर्व कामु प्रधानन्यायाधीश । साहित्यकारहरू त कतिकति, अच्युतरमण अधिकारी, नगेन्द्रराज शर्मालगायत अरूहरू धेरै साहित्यकारले सर्वनाममा नाटक खेलेका छन् । 

जहाँसम्म अभिनयको कुरो छ, सर्वनामका केही नाटकहरूमा मैले पनि अभिनय गरेँ । ‘सडकदेखि सडकसम्म’, ‘नाटकहरूको नाटक’ । तर ‘नाटकहरूको नाटक’मा अभिनय गरेपछि मैले म नाटक खेल्दिनँ भनेर खेल्न छोडेँ । 

त्यो नाटकमा उर्मिला कलाकार पनि हुनुहन्थ्यो । म र उर्मिलाजी प्रेमी–प्रेमिकाको भूमिकामा अभिनय गर्दै थियौँ । प्रेमी–प्रेमिका भएर अभिनय गरेपछि अँगालो हाल्नुपर्ने, छुनुपर्ने, नजिक हुनुपर्ने हुन्थ्यो । तर मेरो संकोची स्वभावले गर्दा मलाई गाह्रो हुन्थ्यो । म नजिक जान्थेँ तर छुन सक्दिनथेँ ! अँगालो हाल्न सक्दिनथेँ ! 

हरिहर शर्मा दाइले हाम्रो नाटकमा सहयोग गरिरहनुभएको थियो । उहाँले भन्नुभयो, ‘हैन दिनेश, अलि नजिक जाऊ न । प्रेमी–प्रेमिकाजस्तो त हुनुपर्‍यो नि !’ म भनेँ बल गर्थेँ, तर सक्दिनथेँ । 

एकपटक त उर्मिलाजीले पनि भन्नुभयो, ‘यो नाटक हो । अप्ठ्यारो मान्न हुँदैन दिनेशजी ।’ उहाँले मलाई केही सहज हुन प्रोत्साहित गर्नुभयो । 

जे होस्, त्यो नाटक मञ्चन भयो । प्रथम पनि भयो । त्यसपछि भने मैले अशेषलाई भनेँ, ‘म जिन्दगीभरि नाटक खेल्दिनँ ।’ र त्यसपछि म उद्घोषणमा मात्रै सीमित रहेँ । नाटकमा अभिनय गरिनँ । 

बेलाबेलामा म फ्रिलान्सर उद्घोषण पनि गर्थे । म दुई घण्टाका लागि दुई हजार रुपैयाँ लिन्थेँ, उद्घोषण गरेको । समय बढी भए थप्न लगाउँथेँ । केही कार्यक्रमहरूमा यसरी उद्घोषण गरेको छु । त्योबेला दुई हजारको ठूलो महत्त्व थियो, किनभने सेक्सन अफिसरको तलब ७५० रुपैयाँ थियो । मैले अफिसरमा नियुक्ति लिँदा त्यो सम्झिएको पनि थिएँ । तर उद्घोषण त आकाशे खेती न हो । 

सर्वनाममा भने कहिले पनि पैसाको कुरो भएन । किनभने हामी सबैजना सहयोग गरिरहेका थियौँ, संस्थालाई । बरु सुरुसुरुमा हामीले आफ्नै खल्तीबाट खर्च गरेका छौँ । वास्तवमा यो युवा हुनुको एउटा ‘पन’ पनि त हो ।

म सरकारी जागिरे भएर हिँडे पछि मैले उद्घोषण गर्न छाडेँ । त्यसबेला अशेषले लेखेर दिएको एउटा चिनो अझै छ मसँग । 

No description available.

(कुराकानीमा आधारित ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  ०८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC