site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चारवटा प्रदेशमा वर्षाको सम्भावना, काठमाडौंमा २ बजेपछि पानी पर्न सक्छ : मौसमविद्
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंमा आज विहानको तापक्रम ७ डिग्री सेल्सियस रहेको छ । दिउँसो १८–२० डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

“आज विहान काठमाडौं उपत्यकामा आंशिक बदली रहेको छ । ११ बजे पछि सामान्य बदली रहेको छ,” वरिष्ठ मौसमविद् निराजन सापकोटा भन्छन्, “२/३ बजेपछि काठमाडौंमा हल्का पानी पर्नसक्ने सम्भावना छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

तराईमा आज हुस्सु लागेको छैन । नेपालगञ्ज र कपिलबस्तुको बीचमा इन्डियाको सीमावर्ती क्षेत्रमा पातलो हुस्सु रहे पनि तराईका अन्य भू–भागको मौसम खुलेको छ । 

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अहिले देशभर आंशिकदेखी सामान्य बदली रहेको छ ।

Global Ime bank

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ का धेरै स्थान तथा प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

आज राति प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही वाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  ०७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC