site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पुस्तक परिचय  : कोटेश्वरको केटो 
Sarbottam CementSarbottam Cement

कोटेश्वरको केटो 
(संस्मरण : राजेन्द्र पराजुली)

नेपाली आख्यान लेखनमा एउटा चर्चित नाम हो– राजेन्द्र पराजुली । यद्यपि, उनी पत्रकारितामा सक्रिय छन्, आज पनि । समसामयिक विषयवस्तुमा कथा बुन्ने उनको कथाशिल्प आफ्नै किसिमको छ । नेपाली जीवन र माटोलाई कथाको मालामा उन्ने पराजुली राजनीतिक कथा लेख्न रुचाउँछन् । 

पछिल्लो समय उनको संस्मरणसंग्रह ‘कोटेश्वरको केटो’ प्रकाशनमा आएको छ । केही वर्षपहिले उनको कथासंग्रह ‘शुक्रराज शास्त्रीको चस्मा’ प्रकाशित भएको थियो भने दुई वर्षअघि कथासंग्रह ‘अघोरी’ प्रकाशनमा आयो ।

Prabhu Bank
Agni Group
NIC Asia

यिनै आख्यानकारको अर्को संस्मरणात्मक कृति हो, ‘कोटेश्वरको केटो’ । जसमा कोटेश्वरका रैथाने बासिन्दा राजेन्द्रका विभिन्न संस्मरण तथा स्मृति संलग्न छ ।

आफ्नो पुस्तकका बारेमा एउटा मिठो हरफ उनले उल्लेख गरेका छन्, ‘स्मृतिको सिरेटो’मा । 

Global Ime bank

“भोगिसकिएका कतिपय दुःख, पीडा र तनाव अहिले सम्झँदा आनन्द आउँछ । भोगिसकिएका सुखको बयान उतिविधि मज्जा नआउने । यिनै भोगिसकिएका दुःख, पीडा र तनाव मेरा गुरु हुन्, तिनले मलाई थुप्रै पाठ पढाएर गएका छन् । अनि मस्तिष्कमा झट्का दिएका छन् । ...”

आख्यानकार पराजुलीको गैरआख्यान ‘कोटेश्वरको केटो’भित्र ‘कोटेश्वर’, ‘अनुहारहरू’, ‘अनुभूति र सुफियाना’ र ‘अक्षरहरूसँग’ गरी चार भागमा २५ वटा संस्मरणहरू संगृहीत छ । जसमा कोटेश्वरका स्मृतिहरू पनि छन्, साहित्यकार साथीभाइसँग जोडिएका स्मृतिहरू पनि छन् । यसका साथै पत्रकारिता गर्दा भोगेका विभिन्न संस्मरण उनको यस पुस्तकमा पढ्न पाइन्छ ।

फिनिक्स बुक्सले प्रकाशनमा ल्याएको २०६ पृष्ठको यस कृतिको मूल्य ३५०– रुपैयाँ राखिएको छ ।

O O O

मौन प्रणय 
(हाइकुसंग्रह : कृष्ण बजगाईं)

लेखक कृष्ण बजगाईं धेरैजसो नियात्रा, कथा र लघुकथामा कलम चलाउँछन् । तर, बेलाबखत उनको कलमले कविता पनि कोर्दै आएको छ । पछिल्लो समय उनले हाइकु पनि लेख्दै आएका छन्, जसका केही कृति प्रकाशनमा आइसकेको छ ।

बजगाईंका दुईवटा नियात्रासंग्रह, एउटा कथासंग्रह, तीनवटा लघुकथासंग्रह प्रकाशित भइसकेको छ भने दुईवटा हाइकुसंग्रह पनि प्रकाशनमा आइसकेको छ ।

उनको हालै प्रकाशित हाइकुसंग्रह हो, ‘मौन प्रणय’ । जसमा उनले आफ्ना मनका भावलाई हाइकुका छोटा–छोटा हरफहरूमा अभिव्यक्त गरेका छन् । 

तीन हरफमा लेखिने सत्र अक्षरको हाइकु लेखनमा बेलाबखत बजगाईं रमाउँछन् । त्यसैले पनि तेस्रोपटक पनि उनले हाइकु नै पाठकलाई दिए । 
हाइकुको जन्म जापानमा भएको र जापान पुगेपछि बजगाईंले पनि हाइकु लेख्ने जमर्को गरेका हुन् । यसरी लेख्दालेख्दै तीनवटा कृति नै तयार गरे । यस संग्रहमा सत्र अक्षरका चार सय बढी हाइकु राखिएको छ ।

समकालीन साहित्य प्रतिष्ठान, बेलायतले प्रकाशनमा ल्याएको ११६ पृष्ठको यस पुस्तकको मूल्य १५०– रुपैयाँ राखिएको छ ।

O O O

यात्राका इन्द्रेणी रङ 
(नियात्रा : प्रदीप सापकोटा)

नियात्रा लेखनमा आइपुगेका छन्, एउटा नवीन कृति बोकेर लेखक प्रदीप सापकोटा । कविता लेख्दै पछि पुस्तकहरूको समीक्षा, अनि बेलाबेला नियात्रामा कलम चलाउँदै आएका सापकोटाले आफूले लेखेका नियात्राहरूलाई एउटा पुस्तकमा संगृहीत गरे र नाम दिए, ‘यात्राका इन्द्रेणी रङ’ । केही समयअघि मात्रै यो पुस्तक काभे्रको पनौतीमा सार्वजनिक भएको थियो । 

लेख्न रहर गर्ने सापकोटाले साहित्यिक पुस्तकहरूमाथि टिप्पणी र समीक्षा लेख्न थाले । कविता त लेख्थे नै । तर, घुम्ने मौका जुरेपछि उनले लेखनलाई मोडे र नियात्राको फेरो समाए । नियात्रामा कलम चलाउँदै विभिन्न पत्रपत्रिकाहरूमा नियात्रा प्रकाशन गर्दै आएका सापकोटाले १४ वटा नियात्रालाई एकै ठाउँ जम्मा गरेर पुस्तकको रूप दिए ।

‘रेलसँगै गुडेको मन’, ‘आँखाभरि हैदरावाद’, ‘सम्झनामा चारमिनार’, ‘पतैयामा दुःखी आमा’, ‘चेतनाका आँखाले देखेको सिंगापुर’, ‘सोलुखोलामा पौडी खेल्दा’, ‘मनभरि हलेसीका याद’लगायत देश–विदेशका नियात्रा पाठकले यस पुस्तकमा पाउँछन् । 

शाब्दिक बुक्सले प्रकाशनमा ल्याएको १५२ पृष्ठको यस नियात्रासंग्रहको मूल्य २३५÷– रुपैयाँ तोकिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  ०६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC