site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दुर्घटनामा दुईजनाको ज्यान गयो
Sarbottam CementSarbottam Cement

दमौली । तनहुँमा आज भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । व्यास नगरपालिका ६ र व्यास नगरपालिका १२ मा भएका दुर्घटनामा दुईजनाको मृत्यु भएको हो ।

व्यास नगरपालिका ६, बाकुरेखोलास्थित भित्री सडकखण्डमा ट्याक्टर दुर्घटनामा एक बालकको मृत्यु भएको छ । साँजाबाट शेखाटारतर्फ आउँदै गरेको ग.१त ३०८३ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा सो ट्याक्टरमा सवार बालकको घटनास्थलमै मृत्यु भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

मृत्यु हुनेमा सोही ठाउँ बस्ने नौ वर्षीय सरोज थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अनियन्त्रित ट्याक्टरको ढालाले च्यापिएर बालकको मृत्यु भएको हो । सडकबाट अन्दाजी ३०० मिटर तल पल्टिँदा बालककी आमा २७ वर्षीय सरस्वती थापा र ट्याक्टर चालक ४० वर्षीय बुद्धि श्रेष्ठ भने घाइते भएका छन् । घाइतेको दमौलीस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका १२, घाँसीकुवामा आज भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा धादिङको गल्छी गाउँपालिका ८ बस्ने २२ वर्षीय गोविन्द मगर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Global Ime bank

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग.१४प २५१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते मगरको दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिए । मोटरसाइकलमा सवार एक महिला र बच्चाको अवस्था भने सामान्य छ । सिमसिम पानी परेका कारण मोटरसाइकल चिप्लिएर लडेको प्रहरीको भनाइ छ । प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकल लडेपछि बा.४ख ८९१६ नम्बरको बसमा ठोक्किएको थियो । -रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  २२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC