site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नरभक्षी आन्दोलनका दिन गए : प्रधानमन्त्री ओली
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अशान्ति र हिंसाको भुमरीमा जान नदिने प्रतिबद्धता जनाएका छन् ।

शुक्रबार नेकपा ओली समूहको वाग्मती प्रदेश कमिटीले काठमाडौंको दरबारमार्गस्थित नारायणहिटीअगाडि गरेको सभालाई सम्बोधन गर्दै उनले नेपालमा फेरि कसैले अशान्ति र हिंसा मच्चाउन नसक्ने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले प्रचण्ड–नेपाल समूहले नरभक्षी आन्दोलन गर्न खोजेको भन्दै सरकारले त्यसो हुन नदिने बताए । नेपाल बन्द गरेर श्रमजीवीका लागि काम गर्ने भन्नेहरुले तरकारी छरेर, गाडी जलाएर क्रान्ति गर्न खोजेको भन्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहलाई व्यंग्य गरे ।

उनले भने, “उहाँहरु भन्नुहुन्छ, अब शाकाहारी आन्दोलनलाई हुँदैन भनेर । शाकाहारी आन्दोलन हुँदैन भनेको के हो ? चिकेन चिल्ली खान्छु भन्या हो ? उहाँले नरभक्षी आन्दोलन गर्न खोजेको हो । म उहाँहहरुलाई भन्दिन चाहन्छु, नरभक्षी आन्दोलनका दिन गए । अब नेपालमा कसैले हिंसा मच्चाउन सक्तैन । नेपाल शान्तिपूर्ण । अब नेपाल अशान्ति र हिंसाको भुमरीमा जान सक्तैन । शान्तिपूर्ण नेपाल रहन्छ ।”

Global Ime bank

प्रधानमन्त्री ओलीले आफूलाई काम गर्न नदिएपछि ताजा जनादेशमा गएको दाबी गरे । जनताले सरकारलाई पाँच वर्ष काम गर्ने म्यान्डेट दिएको भए पनि प्रचण्ड–नेपाल समूहले व्यवधान गरेकाले संसद् विघटन गरी ताजा जनादेशमा गएको उनको भनाइ थियो ।

‘‘जब उहाँहरुले काम गर्न दिनुभएन, लोकतन्त्रलाई ठिक ढंगले चल्न दिनुभएन । संसद्लाई ठिक ढंगले चल्न दिनुभएन । संसद्लाई केही पनि काम गर्न नसक्ने अवस्थामा पुर्‍याउनुभयो । काम गर्नै नदिने, काम गर्नै नपाउने अवस्था आएपछि नेपाली जनताका माझ ताजा जनादेशमा जानुपर्‍यो,” उनले भने ।

प्रधानमन्त्री ओलीले मुलुकभरको कालोपत्रे सडक, चाँदनी–दोधारा सिँचाइ, डुबान नियन्त्रण, हुलाकी राजमार्ग, पूर्व–पश्चिम रेललगायत क्षेत्रमा सरकारले उच्च महत्वका साथ काम गरेको भन्दै फेहरिस्त प्रस्तुत गरे ।

तस्बिरः हरिशजंग क्षेत्री/बाह्रखरी ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  १६:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC