site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वीर अस्पतालका आवासीय चिकित्सकले जोखिम भत्ता पाउने
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड–१९ जोखिम भत्ताको माग गर्दै आन्दोलनरत् वीर अस्पतालका आवासीय चिकित्सक र अस्पताल प्रशासनबीच चारबुँदे सहमति भएको छ । अस्पतालले चिकित्सकहरुलाई कोभिड–१९ जोखिम भत्ता उपलब्ध गराउने भएपछि चिकित्सकहरुले आन्दोलन फिर्ता लिएका छन् ।

वीर अस्पताल प्रशासन र रेजिडेन्ट एसोसिएसन अफ न्याम्सबीच बिहीबार साँझ चारबुँदे सहमति भएको हो । कोरोना संक्रमितको उपचारमा खटिएका आवासीय चित्सिकहरुले सबै महिनाको जोखिम भत्ता निश्चित मापदण्डका आधारमा पाउने सहमति भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यी हुन् सहमति भएका चार बुँदा 
१. चैत महिनादेखि आजका मितिसम्म सधैँ अग्रपंक्तिमा रहि कोभिडका बिरामीको उपचारमा खटिएका रेजिडेन्ट चिकित्सकहरुलाई नेपाल सरकारको निर्देशिकाबमोजिमको सम्पूर्ण भत्ता उपलब्ध गराउन वीर अस्पताल प्रशासन प्रतिबद्ध छ । हाल मन्त्रालयबाट प्राप्त बजेट पूर्ण रुपमा भत्ता उप्लब्ध गराउन अपर्याप्त रहेको हुँदा तत्कालको लागि निश्चित मापदण्डको आधारमा रेजिडेन्ट डाक्टरलाई बजेटको परिधिभित्र रहि केही भत्ता प्रदान गर्ने । साथै, थप बजेट प्राप्त हुँदासाथ रेजिडेन्ट डाक्टरहरुलाइ पहिलो प्राथमिकतामा राखी बाँकी रकम उप्लब्ध गराउने  ।
२. फागुन महिनाभित्रमा वीर अस्पताल प्रशासनले डिउटी रोस्टर र निर्देशिकाको आधारमा रेजिडेन्ट डाक्टरहरुले २०७६ चैतदेखि २०७७ माघसम्म पाउनुपर्ने कुल जोखिम भत्ता हिसाब गरी अद्यावधिक गर्ने र त्यसैको आधारमा बाँकी भत्ता उपलब्ध गराउने ।
३. अबउप्रान्त जोखिम भत्ता र कोभिड व्यवस्थापनसम्बन्धी अस्पतालले गर्ने हरेक महत्वपूर्ण निर्णयमा आरएनले तोकेको प्रतिनिधिको अनिवार्य सहभागिता सुनिश्चित गर्ने ।
४. आन्दोलनरत् रेजिडेन्ट डाक्टरहरुले आजैका मितिदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गर्ने ।

फाइल तस्बिर ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  १५:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC