site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्डको प्रस्टीकरण– सेक्युरिटीले छोड्न सक्दैनौँ भनेपछि गाडी चढेँ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आमहड्तालको निरीक्षणमा गाडी चढेर गएको विषयप्रति प्रस्टीकरण दिएका छन् ।

शुक्रबार बिहान ललितपुरस्थित होटेल हेरिटेजमा आयोजित पत्रकार सम्मेलनमा आफूले हिँड्न खोजेको भए पनि सुरक्षाकर्मीले खुला रूरुपमा छोड्न सक्दैनौँ भनेपछि गाडी चढेको सुनाए ।

Prabhu Bank
Agni Group
NIC Asia

“घरैबाट हिँडेर जाने सोचेको थिएँ । हामीले त छोड्न सक्दैनौँ भन्नुभो, सेक्युरिटीले । अरु साथीहरुले पनि । परसम्म गाडीमा जाऔँ अनि हिँडेर भनेर आइयो । सातदोबाटोको कार्यक्रममा त हिँडेरै गएँ । तीन–चारवटा कार्यक्रम हेरौँ भन्ने भयो,’’ प्रचण्डले भने ।

निरीक्षण क्रममा पुल्चोक जाँदा घण्टौँ लाग्ने भएपछि आफूले गाडी चढेको उनले बताए । बिहीबार प्रचण्ड–नेपाल समूहको आमहड्तालमा प्रचण्डले गाडी चढेर गएको विषयप्रति सामाजिक सञ्जालमा आलोचना भएको थियो ।

Global Ime bank

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि किसान महासंघको कार्यक्रममा बोल्दै ‘जनताको दुःख हेर्न गाडीमा सयर’ भन्दै व्यंग्य गरेका थिए ।
फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  ११:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC