site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कक्षा–११ र १२ को पाठ्यक्रमको समस्या समाधान
Sarbottam CementSarbottam Cement

काठमाडौं । पाठ्यक्रम विकास परिषद्को बैठकले माध्यमिक तहमा गणित विषय अनिवार्य नहुँदा विद्यार्थीले उच्च शिक्षामा अवसर प्राप्त गर्न नसक्ने अवस्थालाई मनन गरी गणितलाई अनिवार्य गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा–११ र १२ मा देखिएको विषयगत समस्या समाधान गर्ने क्रममा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठका अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

पाठ्यक्रम विकास केन्द्रले सर्वोच्च अदालतको निर्देशात्मक आदेश र विगतमा गणित विषयको अध्ययन गर्न गठित कार्यदलको सिफारिससमेतका आधारमा कक्षा–११ र १२ मा भर्ना हुने विद्यार्थीलाई गणित पढ्ने अवसर उपलब्ध गराउन हालको संरचनामा अनिवार्य सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषय वा गणित पढ्न पाउने व्यवस्था गरेको हो ।

निर्णयमा अनिवार्य विषयका रूपमा गणित अध्ययन गर्ने विद्यार्थीले ऐच्छिक विषयका रूपमा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र अनिवार्य विषयका रूपमा सामाजिक अध्ययन तथा जीवनउपयोगी शिक्षा विषय अध्ययन गर्ने विद्यार्थीले ऐच्छिक विषयका रूपमा गणित अध्ययन गर्न सक्ने व्यवस्था गरिएको छ । निर्णयमा विषयगत प्रयोगात्मक पाठ्यघण्टा सम्बन्धित पाठ्यक्रमले निर्धारण गरेबमोजिम थप हुन सक्ने व्यवस्था गरिएको छ ।

Global Ime bank

निर्णयपछि मन्त्री श्रेष्ठले सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्दै नमिलेका विषय र संरचनामा केही हेरफेर गरिएको जानकारी दिए । केन्द्रका महानिर्देशक केशव दाहालले अब पाठ्यक्रमका सबै समस्या समाधान भएको जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  ०१:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC