site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘निर्वाचनको विकल्प खोज्नु हुन्न’
Sarbottam CementSarbottam Cement

पर्वत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले आगामी वैशाख १७ र २७ गतेको निर्वाचनको विकल्प खोज्न नहुने बताएका छन् । उनले मुलुकको स्थायित्व र समृद्धिको कार्यभार पूरा गर्न नयाँ जनादेश अपरिहार्य भएको तर्क गरे ।

कुश्मा नगरपालिका वडा नम्बर–२, खुर्कोटमा आज आयोजित कालीगण्डकी प्रसारण करिडोरको सबस्टेसन उद्घाटन समारोहमा नेकपा स्थायी समिति सदस्य रायमाझीले मुलुकको समृद्धि र स्थायित्वका लागि निर्वाचनमा जानुपर्नेमा जोड दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले ऊर्जामा मुलुक आत्मनिर्भर बन्दै गएको बताउँदै निर्माणाधीन सबै विद्युत् आयोजनाहरु सम्पन्न भएपछि निर्यात गर्न सकिने बताए । उनले नेपालमा २०  वर्षमा ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्ने गरी कार्ययोजना बनेको बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले नेपालकै दोस्रो ठूलो कालीगण्डकी प्रसारण करिडोरको खुर्कोट–दाना सम्पन्न भएपछि धौलागिरिवासीमा खुसीयाली छाएको दाबी गरे । उनले गण्डकी प्रदेश सरकार विद्युत्, स्वास्थ्य, शिक्षा, खानेपानी र सडक पूर्वाधारले समृद्ध बन्नेगरी दिगो योजनाका साथ अघि बढेको बताए ।

Global Ime bank

कार्यक्रममा संविधानसभा सदस्य कल्पना चापागाइँ, प्रतिनिधिसभाका पूर्वसांसद् पदम गिरीलगायतले समृद्धिको कार्यभारसहित अघि बढेको केपी ओली नेतृत्वको सरकारलाई काम गर्न नदिने अवस्था आएपछि संसद् विघटन गर्नुपरेको बताए । रासस
फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  २२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC