site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोनाविरुद्धको खोप एक लाख ५८ हजारले लगाए
Ghorahi CementGhorahi Cement

काठमाडौं । कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोप अहिलेसम्म एक लाख ५८ हजार ४८७ ले लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ७७ जिल्लाका २०१ खोप केन्द्रबाट एक लाख ५८ हजार ४८७ ले खोप लगाएको बताए ।

Agni Group

उनका अनुसार प्रदेश नम्बर–१ मा २१ हजार ७५४, प्रदेश नम्बर–२ मा २१ हजार १८५, वाग्मती प्रदेशमा ५५ हजार ५०४, गण्डकी प्रदेशमा १७ हजार २६७, लुम्बिनी प्रदेशमा २३ हजार ७९८, कर्णाली प्रदेशमा आठ हजार ७२ र सुदूरपश्चिम प्रदेशमा १० हजार ९०७ ले खोप प्राप्त गरेका छन् ।

मन्त्रालयले पहिलो चरणको खोप अभियान यही माघ २४ गतेसम्म चल्ने भएकोले सूचना प्रणालीमा दर्ता नभएका कारण खोप सेवा लिनबाट वञ्चित हुन नदिन नेपाल मेडिकल काउन्सिल, नेपाला नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल आयुर्वेद मेडिकल काउन्सिल र नेपाल फार्मेसी काउन्सिलको दर्ता प्रमाणपत्र र फोटोसहितको परिचयपत्र लिई आएमा सम्बन्धित खोप केन्द्रले खोप लगाउने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

Global Ime bank

भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख मात्रा उक्त खोप लगाउन थालिएको हो । रासस
फाइल तस्बिर ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  २१:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC