site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘एकीकरण मार्ग : बृहत् सेमिनार’ सुरु
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालको इतिहासँग जोडिएका एकीकृत पदमार्ग, सम्पदा, गढी, किल्ला संरक्षणमा साझा बुझाइका साथ एकीकृत कार्ययोजना बनाउन सहयोग पुगोस् भन्ने हेतुले सैनिक मुख्यालयमा ‘एकीकरण मार्ग : बृहत् सेमिनार’ सुरु भएको छ ।

‘एकीकरण मार्गको चाहना : राष्ट्रिय एकताको भावना’ भन्ने मूल आदर्शभाव रहेको उक्त गोष्ठीको प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगीअड्डामा शुभारम्भ गरे । नेपालको संविधानमा सेनालाई निर्दिष्ट गरिएको जिम्मेवारी तथा सरकारको नीति तथा कार्यक्रममा समाविष्ट ऐतिहासिक धरोहरको संरक्षण र सम्वर्द्धनमा योगदान पुर्‍याउने उद्देश्य उक्त कार्यक्रम गरिएको सेनाले जानकारी दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री तथा रक्षामन्त्रीबाट उक्त कार्यक्रमको समापन समारोहमा सम्बोधन हुनेछ । प्रदेश तथा स्थानीय सरकारका पदाधिकारी, सरकारका सचिव, महानिर्देशक तथा निर्देशक, इतिहासविद्, संस्कृतिविद्, उच्च सैनिक अधिकृत र सञ्चारकर्मीको कार्यक्रममा सहभागिता छ ।

उक्त कार्यक्रम अघिल्लो वर्षदेखि सरकारको नीति तथा कार्यक्रममा पर्दै आएको छ । इतिहास र संस्कृति संरक्षणको उक्त कार्यमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार, सरोकारवाला मन्त्रालय, पुरातत्व विभाग, पर्यटन बोर्ड, इतिहास तथा संस्कृतिविद्बाट आवश्यक सहयोग मिल्ने सेनाले विश्वास लिएको छ ।

Global Ime bank

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र नेपालको एकीकरणका अभियन्ताले मुलुक निर्माणका क्रममा प्रयोग गरेको बाटोलाई एकीकरण पदमार्गका रूपमा विकास गरी समृद्धिसँग जोड्न सेनाले पछिल्लो समय विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । रासस
फाइल तस्बिरः नेपाली सेनाको फेसबुकबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  २३:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC