site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सहिदका सालिक चोरी
Sarbottam CementSarbottam Cement

जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखन्डको परिकौली चोकमा स्थापना गरिएको मधेस आन्दोलनका दुई सहिदको सालिक गए राति चोरी भएको छ ।

मधेस आन्दोलन २०७२/७३ मा महोत्तरी जिल्लामा सुरक्षाकर्मीको गोली लागि सहिद भएका जलेश्वर नगरपालिका-११ का वीरेन्द्र विच्छा र वडा नम्बर–९ का राजेश ठाकुर दुवैजनाको सालिक चोरी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

वडा नम्बर–११ र वडा नम्बर–९ को साझा चोकको रुपमा रहेको परिकौली चौकमा ५÷७ फिट अग्लो बुर्जामाथि राखिएको दुवैजनाको प्रतिमा (सालिक) आज बिहान सो स्थानमा नरहेको वडा नम्बर–९ का वडाध्यक्ष रवीन्द्र यादवले बताए । वडाध्यक्ष यादवले गए राति ११–१२ बजेसम्म सालिक चोकमै रहेको स्थानीयवासीको भनाइ उद्धृत गर्दै मदिरा सेवन गर्नेहरुले सालिक चोरी गरेको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट आज बिहानैदेखि प्रहरी टोली परिचालन गरी सालिकको व्यापक रुपमा खोजतलास भइरहेको र घटनामा संलग्न व्यक्तिको पनि खोजतलास भइरहेको प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  १४:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC