site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोभिड -१९ पछि हाइड्रोजन ऊर्जा 

हाइड्रोजन  वायुमण्डलमा पाइने एउटा रंगहीन गन्धहीन ग्यास हो । यो पर्यावरणीय प्रदूषण कम गर्न भविष्यमा हरित ऊर्जाको एउटा ठूलो वैकल्पिक साधन हुनेछ । ऊर्जाको वैकल्पिक समाधानमा लागिपरेका विश्वका वैज्ञानिक यसको बढ्दो माग र  त्यसले फाल्ने पर्यावरणीय प्रदूषणलाई कसरी कम गर्ने भनेर जुटिरहेका बेला हाइड्रोजन ऊर्जाले एउटा ठूलो सम्भावना देखाएको छ ।

ऊर्जा निर्माण गर्ने उद्योगहरू, परम्परागत तेल कम्पनी, ग्यास कम्पनीहरुका सामु पेरिस सम्झौताअनुसारका दिगो लक्ष्यहरू ठूलो चुनौती बनेर खडा भएका छन् । सबैलाई यी लक्ष्य भेट्न अगाडि देखिएका चुनौतीहलाई कसरी समाधान गर्ने, कसरी ऊर्जाको बढ्दो मागलाई हरित ऊर्जाका माध्यमले समाधान गर्ने भन्ने विषय आजको वैश्विक चुनौती बनेको छ ।अर्कातिर कोविड-१९ को कहरले विश्वभरका मानिसलाई तिनका स्वभाव, खानपिनदेखि प्रयोग गर्ने इन्धन, चढ्ने कार, लगाउने कपडासम्मका सबै क्षेत्रमा दिगो व्यावसायिक ढाँचा अपनाउनु पर्ने संदेश दिएको छ ।   

दुनियाँ बदलिँदो छ । प्रविधि पनि बदलिरहेको छ । नयाँ प्रविधि आउँदैजाने क्रम तीव्रतर देखिन्छ । समयको बदलिँदो क्रमसँगै नयाँ प्रविधि व्यावसायिक शैली अपनाउनेले नै विकासको गतिमा फड्को मारेको देखिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अहिलेको दुनियाँमा क्लाउड कम्प्युटिङ, बिग डेटा, एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स, आईटी,  मसिन लर्निङजस्ता  प्रविधि समयमै अपनाउनेको उन्नति भएको देखिन्छ । यस्ता प्रविधि समयमै प्रयोग नगर्नाले व्यवसायहरु घाराशायी भएका छन् । यस्तै कुरा ऊर्जाको सम्बन्धमा पनि लागू हुने गर्छ । ऊर्जाको प्रयोगमा विश्वमा बढ्दै गएको नयाँ प्रविधि नयाँ प्रयोगलाई समयानुकूल नेपालले पनि पछ्याउनु बुद्धिमानी  हुनेछ।
 

नवीकरणीय ऊर्जाको युग

Global Ime bank

कोरोना कहरको समाप्तिपछि नवीकरणीय ऊर्जाको क्षेत्रमा ठूलो फड्को मारिनेमा कुनै दुबिधा रहेन ।  कोरोनाकालमा सबै प्रकारका व्यवसाय गिर्दै गएको सुनिए पनि नवीकरणीय ऊर्जाको क्षेत्रमा उत्साहप्रद प्रगति देखिएको छ ।

नवीकरणीय ऊर्जाका सेयर आकासिएका छन्। एलन मस्क दक्षिण अफ्रिकामा जन्मिएका क्यानाडाली अमेरिकी इलेक्ट्रिकल इन्जिनियर आविष्कारक नवीकरणीय  ऊर्जा उद्यमी हुन् । उनी पेपलका सहसंस्थापक थिए ।

यो व्यवसाय उनले डेड अर्ब डलरमा बिक्री गरे इबेलाई । आफ्नो व्यावसाय ढाँचा परिवर्तन गर्दै उनले  स्पेस(एक्स टेस्ला मोटर्स स्थापना गरे । उनी स्पेस(एक्सका प्रमुख कार्यकारी र मुख्य डिजाइन, टेस्ला मोटरमा सिइयो र उत्पादन डिजाइनका प्रमुख एवं सोलार सिटीका अध्यक्ष छन् । नवीकरणीय ऊर्जाको सही व्यवसायिक ढाँचाले उनलाई कोरोना कहरका बीच  २०९ अर्बको मालिक बनाएर विश्वका धनीको सूचीमा उकालेको छ ।
 

हाइड्रोसँगै हाइड्रोजन

वर्तमान परिस्थितिमा हाइड्रोजन ऊर्जाको उपयोगिता हेरेर विश्वका कैयौं विकसित तथा विकासशील देशले हाइड्रोजन ऊर्जाको विकासमा निकै महत्त्वपूर्ण भूमिका खेल्दै आएको पाइन्छ । संसारभरका ठूला अटो मोबाइल  (सवारी साधन निर्माता) कम्पनीहरूले पनि अब हाइड्रोजन फ्युल सेलबाट चल्ने सवारी साधनको विकासमा जोड दिन थालेका छन् ।

यो कार्बन शून्य वैकल्पिक ऊर्जा व्यवस्थाले बढ्दो वातावरणीय प्रदूषणलाई कम गर्न विश्वका सबै देशलाई सन् २०५०  सम्म कार्बन शून्य बनाउन ठूलो प्रेरणा मिल्नेछ । हाइड्रोजन फ्युल  सेलद्वारा पानीमा कुनै प्रकारको प्रदूषक तत्त्व हुँदैन ।

यही उत्प्रेरक शक्तिले हाइड्रोजनको  उपयोग बढ्दै जाने देखिन्छ । यतिमात्र होइन हाइड्रोजन फ्युल  सेलमात्र पाँचदेखि सात मिनेटमा भर्न सकिन्छ कारमा ।  एकपटक फ्युल भरेको  कारले चार  सयदेखि छ  सय किलोमिटर सम्मको यात्रा हुन्छ।

हाइड्रोजन फ्युल सेललाई  ब्याट्रीसँग पनि तुलना गर्न सकिन्छ । जर्मनीले इस्पात उत्पादनको लागि कोइलाको ठाउँमा हाइड्रोजन ऊर्जाको सफल प्रयोग गरेको छ । त्यहाँ रेल परियोजनामा पनि हाइड्रोजन ऊर्जाको प्रयोग सुरु भएको छ ।

हाइड्रोजन ऊर्जाबाट सञ्चालित बसहरू सडकमा दौडिएको धेरै भइसकेको छ । हवाई यात्रामा  शून्य कार्बनका लागि फ्युल सेलबाट वायु यान  कसरी उडाउने  भन्ने अनुसन्धान भइरहेको छ । केही वर्षमा नेपालको हाइड्रो पावरबाट ठूलो मात्रामा जलविद्युत् उत्पादन हुने बताई रहँदा बढी भएको बिजुली भारतले नकिन्ने भए त्यसै खेर जाने हल्ला चलिरहेकै बेला नेपालले समयमै बढी भएको बिजुली हाइड्रोजन ऊर्जामा बदलेर फ्युल सेलको रूपमा संसारभर निर्यात गर्नेतर्फ सोच्नु पर्छ ।  नेपाललाई हाइड्रो र हाइड्रोजनको देशको रूपमा चिनाउनु पर्ने देखिन्छ । बढी बिजुली खाने सिमेन्ट, स्टिल, रासायनिक मल कारखाना हाइड्रोजन ऊर्जाबाट चलाउनु पर्छ ।
 

रासायनिक मलको उत्पादनमा हाइड्रोजनको प्रयोग

नेपालको कृषि क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा २७ प्रतिशत योगदान गरिरहेको छ ।  देशको कुल जनसंख्याको ६५ प्रतिशतको जीविकोपार्जनको मुख्य स्रोत कृषि नै हो । दुर्भाग्य, कृषि मलको अभावमा किसानहरुले भोग्नुपर्ने हरेक वर्ष अप्ठेरो लज्जाको विषय भएको छ ।

नेपालमा हरेक वर्ष करिब सात लाख मेट्रिक टन रासायनिक मल आवश्यक हुन्छ । आर्थिक वर्ष २०७६र७७ मा रासायनिक मल आयात गर्न नौ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो र  यो  आर्थिक वर्षमा यो रकम ११ अर्ब रुपैयाँ पुर्‍याइएको छ । यसरी देशले हरेक वर्ष ११ अर्ब छिमेकी देशमा पुर्‍याइरहेको छ कृषि मलका नाममा । अर्कातिर ऊर्जाका नाममा पेट्रोलियम पदार्थ र बिजुलीसमेत गरेर वर्षको ३ खर्ब रुँपैया हामी विदेशमा पठाइरहेका छौँ । 

हाम्रो विकासको यो परनिर्भर ढाँचा बिजुली बेचेर देश धनी हुन्छ भन्ने झुटो आश्वासन सबैभन्दा खतराको संकेत हो । देश बिजुली बेचेर होइन बिजुलीले बनेका औद्योगिक वस्तु अन्तर्राष्ट्रिय बजारमा पठाएर त्यसबाट आउने वैदेशिक मुद्राले विकसित हुन्छ ।

त्यसका लागि हामीले धेरै बिजुली खपत हुने रासायनिक कृषि मल कारखाना खोल्नुपर्छ । सिमेन्ट, स्टिल जस्ता उद्योगलाई  प्रोत्साहन गर्नुपर्छ । अबको केही वर्षमा बिजुली खेर जाने भयो भनेर रोइलो गर्ने होइन कसरी त्यो बिजुलीको खपत बढाउने रु कसरी त्यो बिजुलीलाई फ्युल सेलका रूपमा संचय गरेर गाडीहरू कुदाउने, कारखाना चलाउने भन्नेतर्फ लाग्न ढिला भइसक्यो । 

एसियाली विकास बैंक ९एडीबी०को अध्ययन प्रतिवेदनअनुसार नेपालमा हाइड्रोजन उत्पादन ऊर्जा क्षेत्रको नयाँ र प्रभावकारी विकल्प बन्ने देखिन्छ । एइमिङ जोउ, वेई जोउ र पुष्कर मानन्धरले गरेको संयुक्त अध्ययनअनुसार नेपालको जलस्रोतको सम्भावना हाइड्रोजनमा प्रशस्त देखिन्छ ।

काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. भोला थापाका अनुसार "यस पद्धतिमा पानीबाट जलविद्युत् निकाल्ने  र त्यही विद्युत् प्रयोग गरेर पानीलाई खण्डीकरण गर्ने गरिन्छ । इलोक्ट्रोलाइजर प्रयोग गरेर पानीमा रहेको हाइड्रोजनको अंश छुट्याएर सिलिन्डरमा भण्डारण गरिन्छ ।"

हाइड्रोजन ऊर्जाको महत्त्वलाई समयमै बुझेर  युरोपियन युनियनले  सन्  २०५०  सम्म  कार्वन  न्युट्रल  बनाएर  जलवायु परिवर्तनसँग  जुध्न  हजार अर्ब  डलरको  व्यवस्था  गरेको  छ र फ्युल  सेल  प्रविधिलाई  दक्षिण कोरियाले पनि ठूलो  महत्त्व  दिएको  छ ।

तेस्तै  जापानको  टोयोटा  कम्पनीले  हाइड्रोजन  फ्युल  सोसाइटी  बनाउन कैयौं अर्ब डलरको  आयोजना  अगि  सारेको  देखिन्छ  ्र अमेरिकाका नवनिर्वाचित  रास्ट्रपति  जो  बाइडेनले  १ हजार ७ सय अर्ब  डलरको  कार्यक्रम  अघि  सारेका  छन् सन्  २०३०  सम्म  सफा  इन्धनको  महत्त्वाकांक्षी   योजनामा  ्र उनले  पेरिस  महासन्धिमा  अमेरिकाको  प्रतिबद्धता  पुनः जनाए शपथ  लिएकै  दिन  ्र  हाम्रो छिमेकी भारतले सन् २००५ मै राष्ट्रिय हाइड्रोजन नीति तयार गरेको देखिन्छ ।

त्यसको उद्देश्य हाइड्रोजन ऊर्जाको उत्पादन, भण्डारण, परिवहन सुरक्षा, वितरण र अनुप्रयोगसँग सम्बन्धित विकासको नयाँ आयाम उपलब्ध गराउनु थियो । आर्थिक वर्ष २०२० / २१ मा भारतको केन्द्र सरकारले हाइड्रोजन ऊर्जाका लागि २० लाख डलरभन्दा बढीको बजेट तय गरेको छ। हाइड्रोजन ऊर्जाको  लागि  विश्वस्तरमा भएको प्रयासको प्रेरणाबाट  नेपालले  तुरुन्त  सिक्नु र्ने  देखिन्छ  र किनभने नेपालमा  कृषिजन्य तथा पुनर्नवीकरणीय फोहोरको पर्याप्त उपलब्धता छ । पानीको  विशाल  भण्डार  छ  र तीन सय दिन घाम लाग्ने आकाश छ । हावा लागिरहने बतासे डाँडा छन् । 

यसबाट नेपालले पनि समयमै हाइड्रोजन ऊर्जासम्बन्धी नीति नियम बनाउन एउटा आयोग तुरुन्त बनाउनुपर्ने देखिन्छ । सरकारले गत १२ वर्षमा प्रदूषण शुल्कका नाममा करिब रु। १० अर्ब असुल गरिसकेको छ । नेपाली उपभोक्ताले आर्थिक वर्ष २०६५/०६६ देखि आव ०७६/७७ सम्म सरकारलाई ९ अर्ब ८० करोड गैरकर राजस्व बुझाएको नेपाल आयल निगमको तथ्यांकले देखाउँछ ।

यो प्रदूषण शुल्क हो । यो प्रदूषण शुल्क देशको वातावरणीय क्षेत्रमै खर्च हुनुपर्ने चर्को आवाज उठिरहे पनि सरकारी पक्षले सुनेको देखिँदैन । के  यो  पैसाको  केही  अनुपात हाइड्रोजन ऊर्जाको  विकास गर्ने  आयोग बनाउने काममा खर्च गरे देशले  कोल्टे  फेर्ने  थियो कि ?  काठमाडौंको टेकुमा रहेको सवारी परीक्षण केन्द्रमा जडान गरिएका ६ करोड रुपैयाँका मेसिनमा माकुरोको जालो लागेको छ ।

यो सेन्टर चलाए नेपालमा चलिरहेका धेरैजसो सवारी प्राविधिक रूपमा अयोग्य ठहरिने भएपछि प्रयोगविहीन बनाएर छडिएको हुनसक्छ । हाइड्रोजन फ्युल सेलमा  देशको यातायात  क्षेत्रलाई  बदल्न  त्यसको अनुसन्धान सुरु गर्न ढिला गर्नु हुँदैन ।

अन्त्यमा, 

नेपालको ११० वर्षको जलशक्तिको इतिहासलाई ५ वर्षमा हाइड्रोजन ऊर्जाले चिनाउने चुनौती नेपालका सामु आएको छ । काठमाडौं विश्वविद्यालयले शैक्षिक प्रयासका अतिरिक्त नीति निर्माता तथा सरोकारवालाबीच चर्चाको विषय बनाउने गरी ‘ग्रिन हाइड्रोजन ल्याब’ स्थापना गर्नु ठूलो कार्य हो । ‘हाइड्रोजन उत्पादनलाई व्यावसायिक स्वरूप दिनेगरी केही योजना पनि केयुले गरिरहेको’  प्रा. बिराज सिंह थापाले बताएका छन् ।

यही आधारमा  नेपाल  आयल  निगम र काठमाडौं विश्वविद्यालयबीच हाइड्रोजन ऊर्जा  प्रविधिलाई   नेपालमा  लागु  गर्ने विषयमा  अनुसन्धानको  लागि   सम्झौता पनि भएको  छ  र हाइड्रोजन  ऊर्जामा  यो  एउटा कोसे  ढुंगा  साबित  होस्  ्र विश्वमा  चल्दैगरेका  नयाँ  ऊर्जा  मोडेलबाट सिक्दै नेपालले  पारम्परिक  जैविक ऊर्जा  र  हाइड्रो  पावरमात्र  होइन  नवीकरणीय  ऊर्जा , हाइड्रोजन  उर्जा  सबैलाई  सामेल  गर्दै  अघि बढ्नुपर्ने  चुनौती  थपिएको  छ 'टु मेक एन इनर्जी फिक्स, वी निड एन इनर्जी मिक्स' ब्रिटि;  पेट्रोलियम कम्पनीको यो मूल मन्त्र अब नेपाल आयल निगमले पनि पछ्याउँदै अगाडि बढोस् । 

(बेलायतस्थित स्वान्जी युनिभर्सिटीमा अनुसन्धानरत नवीकरणीय ऊर्जाविद्)
 
 
 
 
 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  १६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC