site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं उपत्यकाबाट ७८ जना पक्राउ, सवारीसाधनमा तोडफोड तथा आगजनी
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आम हड्ताल सफल बनाउन सडकमा उत्रिएका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, अमृता थापालगायत काठमाडौं उपत्यकाबाट ७८ जना नेता तथा कार्यकर्ता पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहले जानकारी दिए । 

सिंहका अनुसार सामाखुसीमा आन्दोलनकारीले एउटा ट्याक्सी जलाएका छन् । धादिङका कुम्ब नारायण श्रेष्ठले चलाउँदै गरेको  प्रदेश–३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सी आन्दोलनकारीले जलाएका हुन् । यस्तै अन्य ठाउँमा पनि आन्दोलनकारीले सवारीसाधनमा तोडफोड गरेको उनले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

संवैधानिक आयोगहरुमा नियुक्तिको विरोध गर्दै  नेकपा प्रचण्ड–माधव समूहले आज आम हड्ताल गर्ने घोषणा गरेको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवैधानिक निकायका पदाधिकारीहरुलाई शपथ खुवाइएको थियो । 

आयोगहरूमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाइबिना नै नियुक्ति र पद तथा गोपनीयताको शपथग्रहण गराइएको भन्दै त्यसकै विरोधमा नेकपाले आमहड्ताल घोषणा गरेको हो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  ०८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC