site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कहिले बन्ला सुन्दरीजल जाने सडक ?, बढ्यो दुर्घटनाको जोखिम
Sarbottam CementSarbottam Cement

काठमाडौं । जोरपाटीमा झन्डै आधा घण्टा कुरेपछि सुन्दरीजल जाने बा.४ख ८५५० नम्बरको साझा यातायात आइपुग्यो । लामो समयपछि आएको बस चढ्न कुरेका यात्रुलाई हतारो भयो । यात्रुको चापले बसमा उभिँएर यात्रा गर्नुपर्ने अवस्था थियो । तैपनि कोचिएर । सहचालक भने अझै यात्रु थप्दै थिए । कराउँदै जाने हो, बेंसीगाउँ, मेडिकल कलेज, सुन्दरीजल । बस्दै गरेका यात्रुलाई पनि पछाडि सर्नुहोस् भन्दै कराउँछन् । 

जोरपाटी सुन्दरीजल सडक खण्डमा देखिएको यो दृश्य राजधानीका प्राय: ठाउँमा देख्‍न पाइन्छ । जोरपाटी-सुन्दरीजल जाने यात्रुले वर्षौंदेखि यो समस्या झेल्दै आएका छन् । सडकमा निर्माण सामग्री राखिनु तर निर्माण नहुनु । पाँचौं वर्षदेखि यो रुटमा सडक मर्मत र निर्माण नहुँदा यहाँ चल्ने सवारीसाधान ढलपल गर्दै जान्छन् । एक त चौडा सडक छैन, त्यहीमाथि गिट्टी माटो बीच सडकमै थुपारिनु ।  सडक विस्तारका नाममा गरिने ढिलासुस्ती चलखेलले यात्रु-चालक मात्रै होइन । सर्वसाधारण सबैले सास्ती खेप्‍न बाध्य छन् ।

यही रुटमा गाडी चलाउँदै आएका प्रकाशमान शाही सडककै कारण गाडी चलाउन समस्या भएको बताउँछन् । उनी भन्छन्, ‘‘साँघुरा र भत्किएका सडक किनारामा निर्माण सामग्री अव्यवस्थित तरिकाले थुपारिँदा जाम बढेको छ । यस्तो सडकमा गाडी चलाउँदा दुर्घटना होला कि भन्‍ने पीर उस्तै छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

निर्माण सामग्री थुपारिन्छ,  निर्माण हुँदैन
जताततै गिट्टी, ढुंगा, माटो थुपारिएका छन् । कतै माटोका थुप्रा छन्, त कतै गिट्टी । विस्तार गर्छौं, भन्दै सुरु गर्दै छाड्ने गरेकाले झन् अस्तव्यस्त भएको स्थानीय बताउँछन् ।

जोरपाटी सुन्दरीजलको सात किलोमिटर खण्डमा यात्रुले जाममा बस्नुपर्छ । सुन्दरीजलकी करिष्मा लामा यसरी सडकमा अव्यवस्थित रुपमा थुपारिएका ,गिट्टी, ढुंगा, माटोका थुप्राले यात्रु, चालक, पैदलयात्रीले लामो समय सास्ती खेप्न बाध्य रहेको बताउँछिन् । उनी भन्छिन्, ‘‘कतै तलाउ छन्, त कतै थुप्रा माटा गिट्टीका थुप्रा । अहिले पानी पर्ने मौसम होइन । तर पनि ढल, खानेपानीका पाइप फुटेर पानी सडकभरी छ, सडक खाल्डैखाल्डा परेका छन्, घरमा भने पानी किनेर खानुपर्छ । जोरपाटी सुन्दरीजल जाने जोकोहीले जाम नखेपेको कुनै दिन छैन । जसको कारण हो । बीच सडकमै ढुंगा माटो थुपारिनु । जोरपाटी बेंसीगाउँमा थुपारिएका यी थुप्राले सवारीसाधनलाई ओहोरदोहोर गर्न सकस परेको छ । सडक विस्तार गर्नुपूर्व समस्या त थियो नै अहिले झन समस्या बढ्दै छ ।”

Global Ime bank

२०७३ सालमै जोरपाटी सुन्दरीजल खण्डको सात किलोमिटर सडक निर्माणका  लागि आशिष र सीएम जेभीसँग सम्झौता गरी सडक निर्माणको काम सुरु गरिएको थियो । २०७५ असोजमा काम सक्ने गरी सम्झौता भएको थियो । करिब ५४ करोड लागतमा ठेक्का सम्झौता भएको थियो । तर सम्झौत मिति सकिएको दुई वर्ष बितिसक्यो । अवस्था अझै उस्तै छ । दिनहुँ सवारी जामको सास्ती उत्तिकै बढेको छ । दुर्घटना हुने जोखिम पनि उस्तै छ । सर्वसाधारण भन्छन्, "सडक निर्माणका नाममा थुपारिएका ढुंगा-माटोले झनै सकस भएको छ ।"

स्थानीय रामकृष्ण पुडासैनी ठेकेदारको यस्तै लापरबाहीले गर्दा पहिला स्थानिय विरोधमा निस्केको बताए । ‘‘सडक विस्तार गर्छौं भन्दै बजेट मात्रै हिनामिना हुने काम भएको छ । न त सुविधा पाएका छौं । न सवारी साधन ढंगले गुड्न पाउँछन्," उनले भने, "सम्बन्धित निकायले ठेकेदार परिवर्तन गरिरहन्छ । यहाँका दुई सडक खण्डमा ठेक्का सम्झौता भएको थियो । लामो समय दुवैतिरको काम अलपत्र परेको थियो  । अब बल्लबल्ल निर्माण होला भन्ने आशा पलाएको थियो । पैदलयात्रुले हिलाम्मे भएका  सडक किनाराबाट हिँड्न मिल्दैन ।" उनका अनुसार यही खण्ड हुँदै पर्यटकीय क्षेत्र सुन्दरीजल हुँदै चिसापानी, हेलम्बु, लामटाङलगायत पर्यटकीय क्षेत्रमा पुग्न सकिन्छ । पर्यटकीय गन्तव्यमा जाने आन्तरिक तथा बाह्‍य पर्यटकलाई समेत नकारात्मक असर परेको पुडासैनी बताउँछन् ।
No description available.

निर्माण कार्य : सुरु गर्दै छाड्दै...
गोकर्ण अत्तरखेलका करुण भण्डारी निर्माण गर्न भन्दै व्यवसायीले पाँच वर्षदेखि सडक अस्तव्यस्त पारेको बताउँछन् । उनी भन्छन्, ‘‘कहिल्यै पनि सडकको काम सकिँदैन । बर्खामा भल घरभित्रै पस्छ । सडक विस्तार गर्ने भन्दै गिट्टी थुपारिएको दुई महिना भइसक्यो । अहिलेसम्म गिट्टी पनि ओछ्याइएका छैनन् । कालोपत्रे र पिच हुने कुरा त कहिले हो कहिले । सडकमा यसरी निर्माण सामग्री थुपारिँदा दैनिक घण्टौं जाम हुने गरेको छ ।”

ठेकेदार कम्पनीका शान्तकुमार श्रेष्ठका अनुसार पटक-पटकको ठेक्का सम्झौताले सडक विस्तार हुन नसकेको स्वीकार्छन् । उनी भन्छन्, ‘‘यसभन्दा अगाडि पाँच पटकसम्म सडक विस्तार गर्न लाग्यौं । तर सफल भएन । सडकमा स्थानीयले नाली खोल्न नदिएर पटक-पटक मर्मत हुँदा पनि दिगो हुन सकेन, अहिले भने छिट्टै काम सक्ने कम्पनीको योजना छ ।”

गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगाना सर्वसाधारणको मुआब्जा विवादले धेरै समय लागेको बताउँछन् । उनी भन्छन्, ‘‘अहिले पनि कतिपय स्थानीयले मुआब्जा पाएका छैनन् । तर पनि उनीहरुकै स्वीकृतिमा धमाधम सडक विस्तारको काम भइरहेको छ । उतिबेला मापदण्डविपरीतका संरचना पनि समयमै हटाउन सकिएन । अब चैतभित्र सडक कालोपत्रे भइसक्छ । अहिलेसम्म सडकमा ढल हाल्ने, रेखांकन गर्ने, संरचना हटाउने काम भइरहेको छ । काम भइसकेका ठाउँमा सडक कालोपत्रे गर्न गिट्टी जम्मा गरिसकेका छौं ।” 
हेरौं थप तस्बिर :
No description available.

No description available.

No description available.

No description available.

No description available.

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  ०८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC