site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 मोनामा परम्परागत र समकालीन कलाको फ्युजन
Ghorahi CementGhorahi Cement

काठमाडौं । हिन्दु धर्ममा भगवान् ‘गणेश’ प्रति विशेष आस्था छ । हुन त यहाँ हरेक भगवान्‌प्रतिको आस्थाको फरक-फरक कारण छ । भगवान् गणेशलाई दुर्भाग्यबाट बचाउने र कुनै पनि समारोह वा कार्यको आरम्भअघि विशेष पूजा गरिन्छ ।

म्युजियम अफ नेपाली आर्ट (मोना) ले पनि आफ्नो पहिलो फिजिकल कला प्रदर्शनीको आरम्भमा भगवान् गणेशलाई पहिलो स्थान दिएर गरेको छ । सञ्चालनमा आउन नपाउँदै कोरोनाले थला पारिदिएको ठमेलस्थित मोना म्युजियममा यही फेब्रुअरी १ देखि प्रत्यक्ष कला प्रदर्शनी सुरु भएको छ ।

म्युजियम प्रवेश गर्नेबित्तिकै बायाँपट्टिको रातो भित्ता (वाल) मा गणेशका विभिन्न शैलीका चार पेन्टिङहरू लहरै सजाइएका छन् । कलाकार पूर्ण हेजूले गणेशलाई टुँडालमा उतारेका छन् भने कलाकार उजे वज्राचार्यले पौवाको शैलीमा गणेशका विभिन्न रुपलाई एउटै क्यानभासभित्र कलात्मक रुपमा अटाएका छन् । त्यस्तै कलाकार राजप्रकाशमान तुलाधार र समुद्रमान श्रेष्ठले पनि गणेशको अवतारहरू चित्रण गरेका छन् ।

Agni Group

No description available.

कला एक त्यस्तो माध्यम हो जसले हाम्रो विगत र वर्तमानलाई प्रतिबिम्बित गरी भविष्यलाई प्रेरणा दिन्छ भनिन्छ । यही भनाइलाई मध्यनजर गर्दै मोनाले परम्परागत कला र समकालीन कलालाई एउटै थलोमा ल्याउने प्रयास गरेको छ । सेमी-ट्रेडिसनल (अर्ध-परम्परागत) फर्ममा परम्परागत कला र समकालीन कलाको समिश्रणमा दिग्गज कलाकारहरूले क्यानभास रंगाएका छन् ।

Global Ime bank

कलाकारहरूले पौभा शैलीमा केही समकालीन शैलीलाई मिश्रण गर्दै चित्रकला तयार पारेका छन् । म्युजियमका प्रत्येक भित्ता ‘थिम’ अनुसार सजाइएको छ । जस्तै पहिलो भित्ता गणेश थिममा छ । भने दोस्रो भित्ता ‘योगिनी’ थिममा सजाइएका छन् । नेपालका विभिन्न ठाउँमा स्थापित मन्दिरमा फैलिएका योगिनीहरू हाल मोनामा एउटै ठाउँमा हेर्न सकिन्छ । जसमा हिन्दु धर्ममा विशेष महत्त्व राख्ने पाँच योगिनी–वज्रयोगीनी, वज्रबाराही, गुहेश्वरी, बिजेश्वरी र खड्गयोगीनीहरू छन् । कलाकार राजप्रकाशमान तुलाधरले यी पाँच योगीनीहरूलाई सुन्दर रुपमा क्यानभासमा चित्रण गरेका छन् ।

No description available.

त्यसपछिको बीचको सेक्सन भने (कन्टेम्पोररी) थिममा समर्पित गरिएको छ । जसमा समकालीन कला विधामा विगत २०, २५ वर्षदेखि ब्रस चलाइरहेका कलाकारहरूको चित्रकला सजाइएको छ । जसमा कलाकारहरू किरण मानन्धर, केके कर्माचार्य, उमाशंकर शाह, सीमा शर्मा शाह, शारदामान श्रेष्ठलगायत रश्ना वज्राचार्य, आशा डंगोल, एरिना ताम्राकारलगायत कलाकारहरूको समकालीन चित्रकलाहरू प्रदर्शनीमा देख्न सकिन्छ ।

कलाकार जोडी उमाशंकर र सीमाले काठमाडौंभरिका मठमन्दिर र धर्म, देवता अनि धार्मिक संगीतहरूलाई चित्रकलामा उतारेका छन् । यस्तै रश्ना वज्राचार्यले मोनालिसा (द सर्भाइभ) शीर्षकमा मोनालिसालाई उतारेकी छिन् ।

भने कलाकार एरिना ताम्राकारले कोभिड-१९ ले बढाएको मास्कको महत्त्व झल्किने गरी थर्ड आई शीर्षकमा समकालीन चित्र कोरेकी छिन् । कलाकार आशा डंगोलले सधैंझै मानव र जनावरको महत्त्वलाई दर्शाएर शरीर मानव र टाउको जनावर भएको चित्र उतारेका छन् ।

No description available.

यही सेक्सनमा अवलोकनकर्ताको ध्यान तान्ने अर्को पेन्टिङ भनेको कलाकार मुक्तिसिंह थापाको ‘नारी’ शीर्षकको पेन्टिङ हो । परम्परागत शैलीका लागि चिनिने उनलाई यो काममा भने उनको परम्परागत र समकालीन शैलीको फ्युजन हेर्न सकिन्छ ।

नारी नै हो गृहलक्ष्मी
नारी नै हो रणचण्डाल
नारी नै हो सत्यम् शिवं सुन्दरम्
नारीले नै पार्छ कंगाल
हे नारी तिम्रो रुप अपार । 

उनको पेन्टिङको दायाँछेउमा लेखिएको यो लाइनले उनको समग्र पेन्टिङको वर्णन गरेको छ । उनले परापूर्वकालदेखिका देवीहरूदेखि २१औं शताब्दीका महिलाहरूलाई एउटै क्यानभासमा उतारेका छन् । नारी परिस्थितिअनुसार मायालु हुन्छिन् भने अन्यायविरुद्ध काली भएर त्यसविरुद्ध खडा पनि हुन्छिन् । त्यसैले नारीको कुन रुप हेर्ने भन्ने कुरा तपाईंले ऊप्रति गर्ने व्यवहारमा भरपर्छ भन्ने कुरा बुझाउन खोजिएको छ । 

म्युजियममा सजाइएका चित्रकलाका केही सेक्सनहरू भने परिवर्तन हुने मोनाकी अनुसन्धान सहायक उर्सुला मानन्धरले जानकारी दिएकी छिन् । “खुसीको कुरा भनेको हामीसँग धेरै कलाकारहरूको पेन्टिङ छ । सबै एकैपटक राख्न नमिल्ने भएकाले हामीले अहिले भएका केही सेक्सनहरू परिवर्तन गर्नेछौं ।” दिग्गज कलाकारहरूको १५ देखि २५ वर्ष पुरानो चित्रकलाहरू पनि जारी प्रदर्शनीको प्रमुख आकर्षणको केन्द्र हो ।

No description available.

नेपालको प्रथम ‘अन्तर्राष्ट्रिय स्तरको म्युजिम’ भएको दाबी गरेको मोनाले अन्तराष्ट्रिय मापदण्डलाई मध्यनजर गर्दै त्यहीअनुसारको सुविधाको व्यवस्था पनि गरेको छ । म्युजियममा राखिएका हरेक पेन्टिङको वर्णनसहितको क्यूआर कोड राखिएको छ । यदि अवलोकनकर्ताहरूले घर गएर कुनै पेन्टिङबारे बुझ्न इच्छा राखे भने त्यही क्यूआर कोड स्क्यान गर्न सक्छ । जसपश्चात उक्त पेन्टिङको डिजिटल भर्जन विवरणसहित आउँछ ।

अवलोकनकर्ताका लागि मोनाले उपलब्ध गराएको अर्को सेवा भनेको आईप्याडमा जारी चित्रकलाको अवलोकन गर्ने हो । अवलोकनकर्ताहरूको भिड भएमा केही अवलोकनकर्ताहरूले हरेक सेक्सनमा उपलब्ध भएका आईप्याडमार्फत प्रदर्शनीको अवलोकन गर्न सकिन्छ ।

No description available.

प्रदर्शनीमा करिब १५ कलाकारको ७९ वटा पेन्टिङ राखिएको छ । नेपाली परम्परागत र समकालीन कलाको समिश्रणलाई अन्तर्राष्ट्रिय कलाप्रेमीहरूसामु पुर्‍याउने उद्देश्यले मोनाको स्थापना भएको हो । सुरु हुन नपाउँदै कोरोना कहरले ठिचेको मोनाले कोरोना कालमा दुईवटा भर्चुअल कला प्रदर्शनीको आयोजना गरिसकेको छ । भने हाल पहिलो फिजिकल प्रदर्शनी जारी छ, जुन मार्चसम्म चल्नेछ ।
 
मोनाका निर्देशक राजन शाक्य हुन् । जारी प्रदर्शनीका क्युरेटर स्वस्ति राजभण्डारी कायस्थ र राजन शाक्य हुन् ।

No description available.

No description available.

No description available.

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  ०८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC