site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘सकारात्मक सोच क्यान्सरको पहिलो औषधि’
Sarbottam CementSarbottam Cement

काठमाडौं । क्यान्सरसम्बन्धी जनचेतनाका लागि राखिएको एउटा कार्यक्रम । हलभरि उस्तैजस्ता देखिने फरक मानिसहरु । ‘‘हामीले आजको कार्यक्रममा एकजना डीएसपी साबलाई विशेष अतिथिको रुपमा बोलाएका छौं,’’ कार्यक्रम प्रस्तोताले उद्घोष गरिन् । अतितिको मन्तव्य सुन्न सबैका कान ठाडा भए ।

तर नेपाल प्रहरीका डीएसपी वासुदेव पाठक त्यहाँ कुनै नियम–कानुनका बारेमा व्याख्या गरिरहेका थिएनन् । प्रसंग थियो, क्यान्सरलाई जित्नेहरुको ।

वि. सं. २०७० साल वैशाख । खाना खाने क्रममा अड्किने, घाँटी सुक्खा हुने समस्या लिएर अस्पताल पुगेका थिए, वासुदेव पाठक । रोग पहिचानका क्रममा उनलाई एडिनो कार्सिनोमा अर्थात घाँटीको क्यान्सर भएको पत्ता लाग्यो । क्यान्सर पहिचान हुँदै गर्दा पाठक प्रहरी इन्स्पेक्टर पदमा थिए र शान्ति मिसनमा लाइबेरिया जाने तयारीमा थिए । आफूलाई क्यान्सर भएको थाहा पाएको दिन उनलाई जीवनमा भूकम्प गएजस्तो भयो । ३७ वर्षको उमेरमा मृत्युको करिब नजिकै पुगेको अनुभूति भयो । मध्यमवर्गीय परिवारका पाठकलाई उपचारमा लाग्ने खर्चको चिन्ताले अर्को तनाव थप्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

परिवारको दरिलो साथले उपचारका लागि भारतको नयाँदिल्ली पुगे । शल्यक्रिया र किमोसहित ६ महिनाको उपचारपछि घर फर्कँदा पाठकको खुसी धेरैबेर टिक्न पाएन । कारण, उनकी आमालाई क्यान्सरले नै गलाइसकेको थियो । यहीबीचमा आमाले संसार त्यागिन् । तर, पाठकले आत्मविश्वास र धैर्यतालाई विलकुलै त्यागेनन् ।

यता, शान्ति मिसनले उनलाई कुरिरहेको थियो । निको भएको तीन महिनामा नै सुडान जाने छनोटमा परे उनी, सँगै बढुवाको तयारी पनि । संगठनले उनलाई बढुवाका लागि योग्य ठह¥यायो । तीन चरणमा भएको बढुवामा पाठक पहिलो चरणमा बढुवा भए, डीएसपी पदमा । अन्ततः एउटा अदम्य साहस बोकेको योद्धासँग क्यान्सरजस्तो ज्यानमारा रोग पनि हा¥यो । अहिले पाठक जीवनसंगिनी पुजाश्री पाख्रिन र छोरा नैवेद्यका साथ खुसी अनि सुखी जीवनयापन गरिरहेका छन् । उनी भन्छन् “क्यान्सर भएको दिनदेखि उपचारमा निरन्तर पैसा गुमाएँ, ज्यानको तौल गुमाएँ । तर, जीवनप्रतिको सकारात्मक सोच कहिल्यै गुमाइनँ । कोही क्यान्सरका बिरामी विचराको पात्र नहुन म जित्छु भन्ने आत्मविश्वास नै क्यान्सरलाई जित्ने मानसिक औषधि हो । मलाई यही औषधिले लामो जीवन जिउने ऊर्जा थपेको छ ।”

Global Ime bank

डली गुरुङ
नेपाली मोडलिङमा चासो राख्ने धेरैले सुनेको नाम हो, डली गुरुङ । तर, डली क्यान्सर सर्भाइभर हुन् भन्नेचाहिँ थोरैले मात्र थाहा पाएको हुनसक्छ । सन् २०१७ मा उनलाई तेस्रो चरणको ठूलो आन्द्रा कोलोन क्यान्सर पहिचान भएको थियो । मोडलिङ, कोरियोग्राफी र आफ्नै व्यवसायलाई रफ्तार दिइरहेकी उनलाई आफू रोगी कहिल्यै महसुस भएन । बरु, परिवारका सदस्यलाई उल्टै क्यान्सरबाट मरिँदैन भनेर सम्झाउनुपर्ने अवस्था आएको थियो ।

नेपालमा नै क्यान्सरको सफल उपचार हुन्छ भन्ने राम्रोसँग थाहा पाएकी उनले नेपालमै उपचार गर्ने निर्णय गरिन् । शल्यक्रियादेखि थेरापीको चरणसम्म आइपुग्दा डलीलार्ई उही गन्तव्यमा तर नयाँ बाटोबाट यात्रा गरिरहेको महसुस हुन्थ्यो । आफूलाई गरिएका हरेक उपचारको अनुभव संगाल्न चाहन्थिन् उनी । यही क्रममा उनले किमोथेरापी अवधिको फोटोसेसन पनि गराइन् । सम्झनाका लागि डायरी लेख्थिन् । यिनै अनुभवहरु संगालेर डलीले ‘माइ क्यान्सर जर्नी’ नामक पुस्तक पनि प्रकाशित गरिन् । १२ वटा किमोथेरापी गरिरहँदा डली कहिल्यै बिरामी झैँ बेड रेस्टमा बसिनन् । प्रत्येक किमोथेरापी सकियो कि घुम्न पुगिहाल्थिन् । दुई वर्षको निरन्तर उपचारपछि अहिले आफ्नै व्यवसाय र समाजसेवामा फर्किएकी छिन् । उनको बारेमा थाहा नहुने जो कसैले आँकलन गर्न सक्दैन कि डली क्यान्सर सर्भाइभर हुन् भनेर । क्यान्सर हुनुअगागिको उनको सामाजिक सक्रियता कति पनि घटेको छैन, यो चार वर्षको अवधिमा । बरु, झनै नयाँ काम गर्ने जोश थपिएको अनुभव सुनाउँछिन् उनी । डलीलाई क्यान्सर पहिचान भएको दिनदेखि कहिल्यै मरिन्छजस्तो लागेन ।

“मानिसहरु भन्थे, तेस्रो चरणमा पुगेको क्यान्सर लागेका मनिसहरु बाँच्दैनन् । तर, मलाई मर्छुजस्तो एक दिन पनि लागेन । म लड्न सक्छु, म पुनर्जीवन पाउँछु भन्ने भाव मात्रै आइरह्यो सधैँ । अन्ततः मेरो आत्मबलले मलाई जित्यो र मैले क्यान्सरलाई ।”

कसरी जितिन्छ क्यान्सरलाई ? 
डली गुरुङ र वासुदेव पाठकजस्ता हजारौँ क्यान्सरका बिरामी यतिखेर पुनर्जीवनमा रमाइरहेका छन् । पछिल्लो समय विश्वभर नै मृत्युको दोस्रो कारक बनिरहेको क्यान्सरको जोखिम जति बढ्दो छ, निको हुनेको संख्या पनि त्यति नै उत्साहजनक छ । चाहे ती सेलिब्रेटी उच्च पदका व्यक्तिहरुदेखि सामान्य पृष्ठभूमिका व्यक्तिहरु किन नहुन् ।

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. कपेन्द्र शेखर अमात्य भन्छन्, ‘‘सकारात्मक सोच र बलियो आत्मबल भएका बिरामीमा औषधिले प्रभावकारी काम गर्छ । उनीहरु कमजोर आत्मबल भएका बिरामीभन्दा धेरै छिटो निको भएको हामीसँग प्रशस्तै रेकर्ड छन् । क्यान्सर निको हुने विभिन्न उपचारमध्ये व्यक्तिको सकारात्मक सोच पहिलो सर्त हो । त्यसमा परिवारको हेरचाह, सपोर्ट अनि सकारात्मक सामाजिक व्यवहारले महत्वपूर्ण भूमिका खेल्छ । डा. अमात्यको भनाइलाई विभिन्न अध्ययनहरुले समेत पुष्टि गरिसकेका छन् ।

मेडिकल भाषामा क्यान्सरको उपचार भएको पाँच वर्षसम्म व्यक्ति स्वस्थ रहे उनीहरुलाई रोग निको भएको ‘क्योर स्टेज’ मानिन्छ । सबैभन्दा धेरै निको हुने सम्भावना भएको स्तनको क्यान्सर निको हुने सम्भावना ८० देखि ९० प्रतिशत हुन्छ । त्यस्तै, पेटको ३०, आन्द्राको ६० प्रतिशत हुन्छ । डा. अमात्य र क्यान्सरबाट पुनर्जीवन पाएकाहरुको यो अनुभवलाई आधार मान्ने हो भने क्यान्सर अब जित्नेहरुको रोग बनिसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  ०८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC