site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
तीन दिनमा दुईजनाको बहस, सरकार पक्ष भन्छ– विघटन नगरेको भए संसदीय व्यवस्था नै धरापमा पर्थ्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभा विघटनको बहसले अझै केही साता लिने देखिएको छ । तीनदिनमा जम्मा दुईजनाको बहस सकिएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध १३ रिट निवेदकको पक्षबाट ७२ कानुन व्यवसायीले १३ दिनमा बहस सकेका थिए । 
सोमबारबाट सरकार पक्षको बहस सुरु भएको हो । सोमबार बहस सुुरु गरेका महान्यायाधीवक्ता अग्नी खरेलले मंगलबार बहस टुंग्याएका थिए । मंगलबार ब्रेकपछि बहस थालेका वरिष्ठ अधिवक्ता सुशील पन्तको बहस बुधबार सकियो । नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले बुधबार बहस सुरु गरे पनि नसकिएपछि उनको बहस बिहीबार पनि हुनेछ । 

सरकारको पक्षबाट बहस गर्न महान्यायाधीवक्ताको कार्यालय र निजी वकिलसहित डेढसय बढीले वकालनामा भरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

विघटन प्रधानमन्त्रीको अधिकार !
महान्यायाधीवक्ता खरेलले जस्तै सरकारको पक्षबाट बहस गरेका पन्त र पाण्डेयले पनि प्रतिनिधिसभा विघटन गर्न पाउने प्रधानमन्त्रीको अधिकार भएको जिकिर गरे । संसदीय व्यवस्थामा प्रधानमन्त्रीमा त्यस्तो अधिकार निहित हुने उनीहरुको तर्क छ । न्यायाधीशले सोधेको प्रश्नमा वरिष्ठ अधिवक्ता पन्तले विघटनको विशेषाधिकार प्रधानमन्त्रीमा निहित रहेको दाबी गरे । “प्रधानमन्त्रीले गर्न नपाउने कुरा त संविधानमा लेखेको छ । नलेखेको कुरा गर्न पाउँदैन भनेर भन्ने श्रीमान्को आधार के ?”,

संविधानमा नलेखिएको प्रधानमन्त्रीको अधिकार के रै’छ ? : न्यायाधीश

न्यायाधीशलाई नै पन्तको प्रतिप्रश्न थियो । उनले संसद विघटनले संघीयता र गणतन्त्रको जग हल्लिए पनि राष्ट्रिय अखण्डता र देशको सार्वभौमिकता नहल्लने बताए ।

Global Ime bank

नायब महान्यायाधिवक्ता पाण्डेयले प्रतिनिधिसभा विघटन नगरेको भए संसदीय व्यवस्था नै धरापमा पर्ने अवस्था रहेको जिकिर गरे । संसद विघटन भएपछि आफूले संविधान पढ्न थालेको र त्यसपछि बेलायत, भारतको संविधान पढेको भन्दै उनले भने, “मलाई लाग्यो विघटन ठिक रहेछ । यो विघटन नगरेको भए त संसदीय व्यवस्था नै धरापमा पर्ने रहेछ ।”

श्रीमान्‌हरूलाई गद्गद बनाउने जवाफ दिइहाल्छु नि : महान्यायाधिवक्ता

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २१, २०७७  १९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC