देश
काठमाडौं । काठमाडौं महानगरपालिका–९, सिनामंगलबाट १२ जना जुवाडे पक्राउ परेका छन् । २९ वर्षीय प्रकाश घिमिरेलगायत १२ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी प्रभाग गौशलाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २८ हजार ११० रूपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।
प्रतीकात्मक तस्बिर ।
प्रकाशित मिति: बुधबार, माघ २१, २०७७ १४:२६
प्रतिक्रिया दिनुहोस्