site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
स्ट्यान्डअप कमेडीमा महिला सहभागिताको खडेरी ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । हाम्रो घरदेखि हस्पिटल जाने बाटोमा एक वर्षदेखि खनेको थियो । सबै जनता चिन्तित भए पछि मिडिया पुग्यो मेयरकोमा । मिडियाले सोध्यो– तपाईंले यहाँको बजेट कहाँ लैजानुभयो । जवाफमा मेयरले भने– मैले यति बजेट विकासका लागि छुट्याएको छु । 

बाटो राम्रो बन्ने भयो भनेर हामी सबै खुसी भयौं । 

तीनचार दिन पछि हेरेको त विकासले नयाँ गाडी चढेर हिँडिरहेको रहेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

मेयरले त बजेट छोरोलाई गाडी किन्न पो दिएको रहेछ भनेर प्रदीप भट्टराईले जोक पूरा गरिदिए । 

० ० ०

Global Ime bank

अहिलेको जेनेरशेनको कुरा गरौं ऋचा म्याम, लभ पर्न पाको छैन सन्तानको नाम के राख्ने भनेर उनीहरुको छुट्टै डेटिङ हुन्छ । 

केटीले भन्छे– हाम्रो बच्चाको नाम के राख्ने बुरा ? 

पहिलो कुरा बुरा होइन बुढा भन्न सिक, दोस्रो कुरा तोते बोली त फुटेको छैन के बच्चाको कुरा गरिराछौ ?

ऋचा शर्मातिर संकेत गर्दै प्रदीप भट्टराई भन्छन्– बच्चाको नाम मात्रै होइन बच्चै अगाडि ल्याएर राख्नु पर्ने मान्छेले एनिभर्सरी पोस्ट मात्रै हालेको मैले देखेको छु । सन्तोष पन्त र मनोज गजुरलले भने ‘प्रेसर आयो है ?’
ऋचा भन्छिन्– कमेडी च्याम्पियनमा मलाई बच्चा जन्माउने प्रेसर घरबाट भन्दा धेरै आयो । 

माथिको पहिलो जोक कमेडी च्याम्पियन सिजन–२ मा सहभागी झापाकी १८ वर्षीया श्रेया सुवेदीको हो । दोस्रो चाहिँ सिन्धुपाल्चोककी २३ वर्षीय स्वेता चौलागाईंको । 

० ० ०

महिला गायिकाको संख्या नेपालमा कति छ ? अनि नायिकाहरुको संख्या कति छ ? यो तथ्यांक कसैसँग पनि छैन । र, यो अधिकांशका लागि चासोको विषय पनि होइन । तर, यही प्रश्न कमेडियनसँग जोडेर गर्ने हो भने यसमा धेरैको चासो हुन सक्छ । अथवा नेपालमा महिला कमेडियनको संख्या कति होला ? 

गतवर्षबाट नेपालमा स्ट्यान्डअप कमेडीको रियालिटी सो गर्दै आएका विशाल भण्डारी भन्छन्– नेपालमा महिला कमेडियन नै छैनन् । गत वर्षको आफ्नो अनुभवका आधारमा आफू ढुक्कले यस्तो जवाफ दिइरहेको उनी बताउँछन् । 

तर, कमेडी च्याम्पियन सिजन–१ मा तीन जना महिला कमेडियन थिए त ? विशाल भन्छन्– उहाँहरु अडिसनबाट आउनु भएको थिएन । महिलाको पनि सहभागिता चाहिन्छ भनेर उहाँहरुलाई हाम्रो रिसर्च टिमले खोजेर ल्याएको थियो । 

सिजन–२ मा आइपुग्दा फिजिकल अडिसनमा केही महिला प्रतिस्पर्धी पनि देखिए । करिव ६ हजारले दिएको अडिसनबाट उत्कृष्ठ २४ मा आइरुपुग्दा २ जना महिला प्रतिस्पर्धी छन् । “तर उहाँहरु यो पटक प्रतिस्पर्धाबाटै आउनु भएको छ । आशा गरौं अब यो सहभागिता बढ्दै जाने छ,” विशाल अपेक्षाकृत सुनिए ।

अहिले पनि अभिभावकमा आफ्नो छोरीलाई कमेडियन बनाउन हुन्न भन्ने सोच रहेको उनको भनाइ छ । “छोरीहरुलाई गायिका तथा नायिका बनाउने सोचमा विस्तारै परिवर्तन हुँदै गए पनि कमेडियन बनाउन हुन्न भन्ने सोच कायम नै छ । डिजिटल अडिसनमा पास गरेपछि फिजिकल अडिसनका लागि आउन एक महिला प्रतिस्पर्धीले ठूलै संघर्ष गर्नुपर्यो । उनको बुवालाई बुझाउन हामीले राम्रै मेहनत गर्नुपर्यो,” विशाल भन्छन्, “सार्वजनिक कार्यक्रममा महिला सहभागिता र लैंगिक समानताका जति नै चर्का कुरा गरे पनि व्यवाहारमा भने त्यो अझै देखिँदैन ।”

नेपालमा मात्रै होइन भारतमा पनि महिला कमेडियनको संख्या नगन्य रहेको छ । “भारतमा मोटामोटी दुईजना मात्रै महिला कमेडियन छन्, भारती सिंह र जेनी जनुमाला,” उनी भन्छन् , “नेपालमा त्यो पनि छैन ।” भारतीय कमेडियन सोहरुमा पनि महिला प्रतिस्पर्धीको न्यून सहभागिता रहने गरेको छ । 

चीनमा पनि अवस्था उस्तै छ । २९ वर्षिय याङग लि चीनकी एक मात्रै कमेडियन हुन् । उनी चीनकी एक्ली ‘पञ्चलाइन क्विन’को रुपमा चिनिन्छिन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २१, २०७७  १३:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC