site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हङकङमा ‘बीएनओ’ पासपोर्ट अस्वीकार गरिएपछि नेपालीसहित अल्पसंख्यक समूह प्रभावित हुने 
Ghorahi CementGhorahi Cement

काठमाडौं । हङकङका सरकारी अधिकारीहरुले भ्रमण गर्दा या परिचयका रूपमा ब्रिटिस नेसनल (बीएनओ) पासपोर्टलगायत डकुमेन्ट पहिचान गर्न अस्वीकार गर्ने बताएपछि नेपाली, भारतीय, पाकिस्तानीलगायत अल्पसंख्यक समूहहरु प्रभावित हुने भएका छन् ।

खबरका अनुसार सयौँ, हजारौँका संख्यामा रहेका उनीहरुलाई आप्रवासन विभागले बीएनओका डकुमेन्ट अब सहरभित्र प्रवेश गर्न या बाहिरिनका लागि प्रयोग गर्न नसकिने बताएपछि सबै आश्चर्यमा परेका हुन् । जनवरी ३१ देखि लागु हुने भनिएको यस नियमअन्तर्गत उनीहरुलाई हङकङको विशेष क्षेत्रीय विभागको पासपोर्ट या परिचयपत्र आवश्यक पर्ने भनिएको छ ।

Agni Group

यसअघि, बेलायतले हङकङमा बस्ने बीएनओ पासपोर्ट भएकाहरुलाई विशेष भिसा प्रदान गरिने र पाँच वर्षपछि उनीहरुले बेलायतको स्थायी नागरिकता पनि प्राप्त गर्न सक्ने घोषणा गरेको थियो । तर, चीनले भने यसलाई अन्तर्राष्ट्रिय नियमको उल्लंघन बताउँदै बेलायतको कडा आलोचना गरेको थियो । दुई देशबीचको यही तनावका कारण बेइजिङले बीएनओलाई अब अस्वीकार गरिने नियम ल्याएको बताइएको छ ।

अल्पसंख्यक समूहहरु लामो समयदेखि नै भ्रमणका लागि बीएनओको डकुमेन्टमा निर्भर रहँदै आएका छन् र उनीहरुले पहिलेदेखि नै चिनियाँ नागरिक नहुनाले धेरै कुरामा समस्या र अवरोधको सामना गर्दै आएका थिए । यस्तोमा अहिलेको नयाँ कानुनपश्चात् उनीहरुलाई अन्तर्राष्ट्रिय भ्रमणका लागि भिसाको निवेदन दिन अतिरिक्त परिचयको डकुमेन्ट आवश्यक पर्ने भएको छ । साथै, उनीहरुले हङकङसँग जोडिएकासम्बन्धी पनि प्रमाण प्रस्तुत गर्नुपर्ने बताइएको छ ।

Global Ime bank

यो विषयमा विभागसँग प्रश्न गर्दा त्यहाँका प्रवक्ताले मंगलबारदेखि नै बीएनओ डकुमेन्ट हुनेहरुले अतिरिक्त परिचयपत्रका लागि आवेदन दिन पाउने र सबै प्रक्रिया पूरा हुन पाँच दिन लाग्ने बताएका छन् । भ्रमणका डकुमेन्ट ती मानिसलाई मात्र उपलब्ध हुने भनिएको छ, जो चिनियाँ नागरिक होइनन् तर उनीहरुसँग हङकङको स्थायी परिचयपत्र भएकाले निवासको अधिकार पाउँछन् । तर, अल्पसंख्यक समूहलाई नयाँ डकुमेन्ट बनाउन महिनौँ लाग्ने र काम पूरा हुने समेत निश्चित नहुने स्थानीयहरु बताउँछन् ।

हङकङमा पाँच लाख ८४ हजार बढी अल्पसंख्यक समूह रहेका छन्, जुन कुल जनसंख्याको ८ प्रतिशत हुन्छ । यसमा भारतीय, पाकिस्तानी र नेपालीहरु १४ प्रतिशत पर्दछन् । साउथ चाइना मर्निङ पोस्टबाट

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २१, २०७७  १०:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC