site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
बाजी मार्दै अक्षय कुमारको 'रुस्तम'
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
भारत । बलिउड बादशाह ऋतिक रोशनको पुरानो सभ्यतामा आधारित सिनेमा मोहेन्जे दारो र अक्षय कुमारको एउटा नेभीको सिपाहीको सत्य कथामा आधारित सिनेमाको कडा प्रतिस्पर्धाको पहिलो दिन अक्षय कुमारको सिनेमा अगाडि देखिएको छ । 
दुवै सिनेमा एकै दिनको रिलिज डेट लिएका थिए । सन् २०१६ का सिनेमा मध्ये सबैभन्दा चर्चित यी दुई सिनेमा मध्ये बक्स अफिसमा कसले बाजी मार्छ भनेर करिब चार महिना अघिदेखि अनुमानको खेल चलिरहेको थियो । आशिष गवारेकरको मोहेन्जे दारोमा भारु १०० करोड खर्च लागेको छ भने टिनु सुरेश देशाईले बनाएको रुस्तममा आधामात्र अर्थात ५० करोड भारु खर्च गरिएको छ । 
पहिलो दिन ऋतिकको सिनेमा साढे दुई हजार सिनेमा घरमा लागेको थियो भने अक्षयको सिनेमा दुई २००० हलहरुमा प्रदर्शन भएको थियो । 
पहिलो दिनको कलेक्सनको आधारमा रुस्तमले भारु १४ करोड कमाउने अनुमान इन्टरनेशनल बिजनेश टाइम्सको अनलाइन भर्सनले गरेको छ भने  सोही अनलाइनले मोहेन्जेदारोले करिब १२ करोड भारु आंकलन गरेको छ । 
सिनेमाको बजेट र सिनेमा हलको संख्याको आधारमा रुस्तमको कमाई मोहेन्जे दारोको भन्दा निकै बढी हो । तर, पहिलो दिनको सिनेमाको व्यापारले मात्र कसले बाजी मार्छ भनेर आकंलन गर्नु हतार हुने सिने पण्डितहरु बताउँछन् । 
दुवै सिनेमा दर्शक माझ आउनुपूर्व नै बलिवुड बादशाह सलमान खान, रणवीर सिंह, करन जोहर जस्ता व्यक्तिले ट्वीट गरेर रुस्तमलाई समर्थन जनाएका थिए । यता मोहेन्जो दारोले बलिवुडका हस्तीहरुको समर्थन बटुल्न सकेको छैन । तर, ऋतिक रोशनले एक कदम अघि बढेर रुस्तमको समर्थनमा ट्वीट गरेपछि भने यो टकराव धेरै घिनलाग्दो हुनबाट रोकिएको थियो । त्यतिमात्र नभई ऋतिक र अक्षय दुवैले एक अर्काका लागि आफ्नो सिनेमाको विशेष प्रदर्शन पनि गरिसकेको समाचार छ । 
ऋतिकको हिरोइनमा पूजा हेगडे छिन भने अक्षयको इलियाना डी क्रुज । मोहेन्जोदारो सिनेमा इन्दु घाटीको सभ्यताको बेलाको कथा हो भने रुस्तम एक नेभी अफिसरको हत्याको सत्य घटनामा आधारित सिनेमा हो । एजेन्सीको सहयोगमा 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २८, २०७३  १९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC