विदेश
काठमाडौं । भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५४ हजार ४८६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा ९४ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ८ हजार ६३५ संक्रमित थपिएका छन् ।
तथ्यांक अनुसार भारतमा हालसम्म १ करोड ७ लाख ६६ हजार २४५ जनामा कोरोना संक्रमण भइसकेको छ ।
प्रकाशित मिति: बुधबार, माघ २१, २०७७ ०७:३१
प्रतिक्रिया दिनुहोस्