site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
फुट्यो नेकपा, तनाव निर्वाचन आयोगलाई !
Sarbottam CementSarbottam Cement

काठमाडौं । हिजोआज चिया पसल, चोक, कार्यालय जता जाँदा पनि प्रायः एउटै जिज्ञासा सुनिन्छ– अदातल र निर्वाचन आयोगले के गर्ला ? सन्दर्भ प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको फैसला र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता विवादको हो ।

सरकारले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेपछि सिङ्गो देशको ध्यान निर्वाचन आयोग र अदालततिर तेर्सिएको छ । र, मानिसहरूको एउटै जिज्ञासा छ, संवैधानिक अंगहरूले स्वतन्त्र फैसला गर्लान् ? । अथवा बाहिर प्रचार भएजस्तै ‘सेटिङ’ले पो काम गर्ने हो कि !

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते हठात् प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि नेकपा दुई चिरामा विभक्त छ । एकतापछि नेकपा जमेको पोखरीको हालतमा थियो । अहिले विपक्षीहरूलाई ठाउँ नै नदिनेजसरी दुवै पक्ष सडकमा ओर्लिएका छन् । रोचक कुरा त सत्ता पक्ष नै सडकमा माहोल बनाउन र फुटको औचित्य पुष्टि गर्न लागिपरेको छ । नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओली स्वयम्ले गरेका छन् । दुवैतर्फ बैठक, भेला, र्‍याली, प्रदर्शन र सभाको प्रतिस्पर्धा नै चलेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

दुवै समूहले छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक आयोजना गरेर विवरण अद्यावधिक गर्न भने पनि निर्वाचन आयोगले अस्वीकार गर्‍यो । कसैको निर्णयलाई पनि मान्यता दिएन । उसले एकताताकाकै ४४१ सदस्यीय केन्द्रीय कमिटी र केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै अध्यक्ष रहेको नेकपालाई विधानअनुसार हेरफेर गर्न नमिल्ने बताइदियो ।

४४१ सदस्यीय केन्द्रीय कमिटीलाई नै मान्यता दिएपछि प्रचण्ड–नेपाल समूह मंगलबार पुनः आयोग पुगेको छ र उसले पहिलोपल्ट दलसम्बन्धी ऐनको धारा ४३ र ४४ अनुसार आधिकारिकताको दाबी प्रस्तुत गरेको छ । अब नेकपा विवाद कानुनी बाटोतिर अघि बढेको छ ।

Global Ime bank

सत्तारूढ दल नेकपा विभाजन भएपछि पार्टीपंक्ति तनावमा देखिनुपर्ने हो । शान्ति नेकपाको खलबलिनुपर्ने हो । तर, निर्वाचन आयोगचाहिँ चिन्ता र भयमा देखिन्छ । प्रधानमन्त्री ओली र प्रचण्ड–नेपाल समूहको निरन्तरको दबाबले गर्दा पदाधिकारीहरूलाई स्वतन्त्र निर्णय गर्न कठिन भएको आयोगका एक अधिकारीले बताए ।

नेकपाको विवाद यथावत् रहँदा वैशाख १७ र २७ का लागि तोकिएको निर्वाचन प्रक्रियालाई अघि बढाउनुपर्ने बाध्यता रहेको आयोगका अधिकारीहरु बताउँछन् । कारण निर्वाचनको तयारीका लागि न्यूनतम सय दिन आवश्यक पर्छ । त्यो समयभित्र आयोग प्रवेश गरिसकेको छ ।

मतदाता नामावली अद्यावधिक, मतदानस्थल र मतदान केन्द्र निर्धारण गर्ने कार्य जारी छ । यही माघ २१ गते मतादाता नामावली प्रकाशन गर्ने आयोगको तयारी छ । त्यस्तै, दल दर्तासम्बन्धी प्रक्रिया अघि बढाउन आयोगले छलफल थालेको छ । सोमबार प्रमुख निर्वाचन आयुक्तहरूसँग सुझाव मागेको आयोगले मंगलबार अर्थमन्त्रीसँग छलफल गरेको छ ।

पूर्वनिर्वाचन आयुक्तहरुले नेकपा विवाद नसुल्झाइ निर्वाचन नगर्न सुझाव दिएका छन् । यसले पनि आयोग दबाबमा रहेको र छिटो निर्णय गर्नुपर्ने बाध्यतामा रहेको आयोगका अधिकारीहरू स्वीकार गर्छन् ।

“हामीले काम गरिरहेका छौँ । दबाब दिइरहेका  छन् । कसरी अघि बढ्ने भनेर बाटो खोजिरहेका छौँ । विवाद नसुल्झाइकन निर्वाचनमा जाने कुरा पनि भएन । हामीलाई त चारैतिरबाट घेरेका छन् । अप्ठायारोमा छौँ । पार्टीभित्रको किचलो हाम्रो थाप्लामा खन्याएर उनीहरू सडक–सडक दौडिएका छन्,” आयोगका एक अधिकारीले सुनाए । ती अधिकारीले निर्वाचन आयोग यतिबेला भुंग्रामा परेजस्तो तनाव अनुभूति भइरहेको बताए । उनको कुरा सुन्दा आयोगलाई स्वतन्त्र निर्णय गर्न कठिनाइ उत्पन्न भइरहेको र निरन्तर दबाब झेलिरहेको बुझ्न अप्ठ्यारो हुँदैनथ्यो ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ । अदालतको फैसलाले निर्वाचनमा मुलुक जाने/नजाने निर्क्योल गर्छ । तर, सरकारले चुनावको तयारी गर्न दबाब दिइरहेको एक अधिकारी बताउँछन् ।

नेकपा विवाद निरुपण नै नगरी निर्वाचनमा जाँदाको कठिनाइ उनीहरूले नबुझेका होइनन् । तर, जटिलता देखाउने सुविधा आयोगलाई छैन । त्यसो त अदालतले संसद् विघटनको मुद्दामा बहस जारी रहँदा निर्वाचनका गतिविध रोक्न आदेश पनि दिएको छैन । अदालतले अन्तरिम आदेश जारी नगरेकाले निर्वाचनको प्रक्रिया अघि बढाउन रोक्न नमिल्ने हुनाले निर्वाचन आयोग मन नलागीनलागी निर्वाचनतिर डोहोरिएको छ ।

“अदालतको फैसला आउन बाँकी छ । दलको किचलो हामीमाथि नै छ । अदालतले निर्वाचनका काम अघि बढाउन रोकेको पनि छैन । निर्वाचनका काम रोकेको भए त आनन्दले बस्थ्यौँ नि । काम नगरी बस्न पनि पाइँदैन । तनाव नै तनाव छ,” ती अधिकारीले अगाडि सुनाए ।

नेकपाको प्रचण्ड–नेपाल समूहले आयोगले कलंकको टीका लगाउने काम गर्ने खोजेको आरोप लगाएको छ । नेता राजेन्द्र पाण्डेले केही दिनअघि नेकपाको विवाद नसुल्झिँदै चुनावमा जाने हो भने आयोगले कलंकको टीका लगाउने बताएका थिए । मंगलबार आयोगमा आधिकारिकता दाबी गर्न पुगेका पाण्डेले विवाद टुंगो नलागी दल दर्ता गर्ने तयारी गरेको प्रसंगमा भने, “खेलाडी नै तयार नभइ खेल हुन्छ र ?”

नेकपा आधिकारिकताका विषयमा नेकपाको कुनै पनि समूहले आधिकारिकता नपाउने र सूर्य चुनाव चिह्न पनि ‘फ्रिज’ हुन सक्ने चर्चा चलिरहेको छ । विवाद समाधान नै नभए त्यस्तो अवस्था आउन सक्ने आयोग स्रोतले पनि स्वीकार गरेको छ ।

“दुवै समूहलाई आधिकारिकता नदिने र सूर्य चिह्न पनि नदिने बाध्यात्मक अवस्था आउने देखिइसकेको छ । नेकपा र सूर्य चिह्न भएको पार्टीलाई सिध्याउन भूमिका खेलेको, बहुमत देख्दा–देख्दै निर्णय गर्न नसकेको भनेर कलंकको टीका लगाउने रहर पनि छैन,” आयोग स्रोतले बाह्रखरीसँग भन्यो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७  २१:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC