site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भारतको माल्पामा पहिरो, महाकाली नदी थुनिएको आशंका
Sarbottam CementSarbottam Cement

दार्चुला । भारतले निर्माण गरिरहेको सडकका कारण माल्पा क्षेत्रमा पुनः पहिरो गएको छ । कैलाश मानसरोवर मार्गमा पर्ने उक्त क्षेत्रमा आज पहिरो गएको हो ।

पहिरोका कारण महाकाली नदी थुनिएको आशंका गरिएको छ । पहिरो गएको क्षेत्रमा अहिले भारतीय प्रशासनले ढुंगा, माटो हटाउने कार्य गरिरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

‘‘पहिरो पन्छ्याउने काम भइरहेको छ,’’ उनले भने, ‘‘धेरै खतराको अवस्था छैन । हिउँदेयाम भएको र अहिले वर्षा र हिमपात नभएको कारण खतरा छैन ।’’

पहिरोको अवस्था बुझ्न प्रहरीचौकी दुम्लीङबाट टोली खटिएको दार्चुलाका निमित्त प्रहरी प्रमुख भास्कर चन्दले बताए । यहाँबाट प्रहरी टोली पुग्न पाँच-छ घण्टा बढी समय लाग्छ । तर, जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना जारी नगर्दै कञ्चनपुर जिल्ला प्रशासनले सीमा क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको  छ ।

Global Ime bank

नदी थुनिएको र छेउछाउका बस्तीमा खतरा हुनसक्ने भन्दै सावधानी अपनाउन कञ्चनपुर प्रशासनले सम्बन्धित सबैमा आग्रह गरेको हो । रासस
फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७  २०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC