बाह्रखरी
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
म्यानमार घटना : नागरिक भन्छन्– रातारात हाम्रो दुनियाँ बदलियो !
बाह्रखरी - मंगलबार, माघ २०, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

बीबीसी । म्यानमारमा सोमबार सेनाले देशका प्रमुख नेताहरुलाई पक्राउ गरी मुलुकलाई पूर्ण नियन्त्रणमा लिएको घोषणा गरेपछि बिहानबिहानै त्यहाँका नागरिकलाई ठूलो झट्का लाग्यो । उनीहरु हिजो रातभर सुत्न नसकेको सञ्चार एजेन्सी रोयटर्सकी सञ्चारकर्मी आये मिन बताउँछिन् । उनले ट्वीटरमा लेखेकी छन्, “अहिलेसम्म यहाँ सबै शान्त नै छ । तर, मानिसहरु धेरै डराएका छन् । सबैले आफ्ना साथीभाइ, आफन्तहरुसँग सम्पर्क गर्ने प्रयास गरिरहेका छन् । तर, इन्टरनेट र मोबाइल दुवैले राम्रो काम गरेको छैन ।”

यसबारे पहिलो जानकारी सेनाद्वारा सञ्चालित टेलिभिजन स्टेटसनमार्फत दिइएको थियो । जसमा कमान्डरलाई सत्ता हस्तान्तरण गरिने भन्दै एक वर्षका लागि आपत्काल घोषणा गरिएको हो ।

प्रमुख सहर एवम् पूर्वराजधानी यानगोनकी एक २५ वर्षीया वासिन्दाले नाम नखुलाउने सर्तमा बीबीसीसँग भनेकी छन्, “यसरी रातारात हाम्रो दुनियाँ बदलिएको छ । हुन त यस किसिमको भावना हाम्रा लागि नौलो होइन, तर पनि हामीले फेरि विगतमा जस्तै त्यही निरंकुशताको सामना गर्नुपर्ला भन्नेचाहिँ सोचेका थिएनौँ । मलाई के कुराले सबैभन्दा डर लाग्यो भने, उनीहरुले क्षेत्रीय मन्त्रीहरुलाई पनि पक्राउ गरेर लगेका छन् । यसको अर्थ आङ सान सुकी मात्र होइन, सबै उनीहरुकै नियन्त्रणमा छन् ।”

Agani Group

यसअघि, क्षेत्रीय सांसद् पा पा हानलाई सेनाले पक्राउ गरी लगेको भिडियो उनका पतिले फेसबुकमा लाइभ गरी सार्वजानिक गरेका थिए । नेताहरुका साथै राजनीतिक अभियन्ता एवम् चलचित्र निर्माता मिन हितिन को ग्वीलाई पनि नियन्त्रणमा लिइएको जनाइएको छ । म्यानमारस्थित ‘द असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स’ (एएपीपी)ले बीबीसीलाई बताएअनुसार उनीहरुले कम्तीमा पनि ४२ अधिकारी र १६ अभियन्ताहरु पक्राउ परेको जानकारी प्राप्त गरेका छन् । यसमा नामहरु सुनिश्चित गर्ने काम अझै जारी रहेको र एक दिनपछि कतिपय पक्राउ गरिएकाहरु मुक्त भइसकेको पनि बताइएको छ ।

अर्की एक स्थानीय अभियन्ताले पनि बीबीसीसँग भनेकी छन्, “बिहानै त्यस किसिमको खबर सुन्नुपर्दा अत्यन्तै दुःख लाग्यो । अहिले यहाँ इन्टरनेट कतै उपलब्ध छैन । बाहिर जान पनि मिल्दैन, फोन प्रयोग गर्न पनि मिल्दैन, डाटासमेत चलेको छैन । अहिले यहाँ यस्तै भइरहेको छ । सहरभरि सेनाका गाडी कुदिरहेको देख्न सकिन्छ ।”

sarbottam cement

राजधानी ने पी दस्थित अर्का स्थानीय संवाददाता केप डाएमन्डले ट्वीट गर्दै बताएअनुसार स्थानीय समय ४ बजेदेखि ११ः०० बजेसम्म कुनै फोन सेवा र वाइफाइ सेवा उपलब्ध थिएन र पछि मात्र सीमित रूपमा सेवा सञ्चालनमा आएको थियो ।

बीबीसी बर्मिज सर्भिसमा कार्यरत् नेयिन छान आएका अनुसार त्यहाँका नागरिक अहिले धेरै आक्रोशित र दुःखी छन् । मानिसहरुले बजारबाट अतिआवश्यक खाद्यवस्तु धेरै मात्रामा खरिद गरिरहेका छन् । त्यस्तै, एटीएममा पैसा निकाल्नेहरुको ठूलो भिड लागेको छ । मानिसहरु डराइरहेको हुँदा धेरैले भित्रै बस्ने निर्णय गरेका छन् ।

सेनाको शासन सुरु भएमा आर्थिक संकट उत्पन्न हुनेबारे सबैलाई चिन्ता छ । यानगोनका व्यवसायी मा नानले बीबीसीसँग भनेका छन्, “मलाई उपभोग्य वस्तुहरुको मूल्य आकाशिनेमा चिन्ता छ र मलाई मेरी छोरीको पनि धेरै पीर लागिरहेको छ, जसको स्कुल सकिएको छैन । त्यस्तै, यो ‘प्यान्डेमिक’को समय हो भन्ने पनि भुल्न सकिँदैन ।”

यानगोनकै अर्की एक महिलाले पनि मानिसहरु आन्दोलन गर्न सडकमा उत्रिने र खानेकुराको मूल्य बढ्नेबारे आफू सबैभन्दा धेरै चिन्तित रहेको बताइन् । आङ सान सुकी र उनका सहकर्मीहरु छिट्टै मुक्त भए हुन्थ्यो भन्ने आफूले आशा गरिरहेको उनी बताउँछिन् ।

म्यानमारका अधिकांश नागरिक हालको घटनाले सबैलाई सन् १९९० को दशकजस्तो सैन्य शासनको जीवनमा फर्काउनेबारे डराइरहेका छन् । त्यस समयमा सेनाविरुद्धको विद्यार्थी प्रदर्शनमा हजारौँ मारिएका थिए भने भ्रष्टाचार, शोषण, मूल्यवृद्धि, दमनपूर्ण दैनिकी, भोकमरी नै त्यहाँका नागरिकका लागि वास्तविकता थियो ।

ती २५ वर्षीया बासिन्दाले अगाडि भनिन्, “हामी धेरै खराब अवस्थाबाट गुज्रिसकेका छौँ । त्यसैले यो पनि टरेर जानेछ अनि हामी फेरि अगाडि बढ्नेछौँ भनेर आफूलाई सम्हाल्ने कोसिस गरिरहेका छौँ । विगतमा जस्तै क्रुर अवस्थाका लागि आफूलाई तयार राख्नुपर्ने स्थिति कहिल्यै नआओस् भन्ने मेरो प्रार्थना छ ।”

अर्कोतर्फ, कतिपय सेना पक्षका मानिसहरुचाहिँ सोमबारको घोषणापश्चात् खुसीयाली मनाउँदै सहरभरि परेडमा हिँडेको पनि देखिएको छ । ६ वर्षयता म्यानमारमा बस्दै आएका अमेरिकीविद् ग्रिफिन होचकिसले यसबारे जानकारी दिँदै आफूले कतिपय खुसीयाली मनाउँदै गरेको देखेको बताए । तर, आफू हिँडिरहेको सडकका मानिसहरुचाहिँ स्पष्ट रूपमा यससँग आक्रोशित भएको उनी बताउँछन् । उनका अनुसार बजारहरुमा मान्छे कम देखा परे पनि पसल खुला नै थिए र व्यापार भइरहेको थियो ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, माघ २०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्