site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भिबो ‘वाई १२ एस’को प्रिबुकिङ खुला, ‘भ्यालेन्टाइन डे’का दिन न्युरोडमा उपहार वितरण
Ghorahi CementGhorahi Cement

काठमाडौं । भिबो मोबाइलले नेपालमा आफ्नो नयाँ मोडल ‘वाई १२ एस’ मोबाइल फोनको प्रिबुकिङ खुला गरेको छ ।

कोभिड–१९ को असरलाई मध्यनजर गर्दै कम्पनीले कम बजेटमा अहिलेसम्मकै नयाँ फिचर राखेर नेपाली बजारमा उक्त मोबाइल फोनको प्रिबुकिङ खुला गरेको जनाएको छ ।

कम्पनीले वाई १२ एस मोबाइल फोनको मूल्य १७ हजार ९९९ रूपैयाँ कायम गरेको छ । तर, यही फेब्रुअरी १ देखि १३ तारिखसम्म एक हजार रुपैयाँ तिरेर प्रिबुकिङ गर्ने ग्राहकले उक्त मोबाइल फोन १६ हजार ९९९ मा पाउनेछन् । ग्राहकले एक हजार तिरेर प्रि बुकिङ गर्दा तुरुन्तै दुई हजारको कुपन पाउनेछन् । अर्थात फेब्रुअरी १ देखि १३ सम्म प्रिबुकिङ गर्ने ग्राहकले उक्त मोबाइल फोनको खरिदमा एक हजार छुट पाउनेछन् भने कम्पनीले घोषणा गरेको विभिन्न पुरस्कारको विजेता बन्ने अवसर पाउनेछन् ।

Agni Group

भिबो मोबाइलको लागि नेपालको आधिकारिक बिक्रेता एपेक्स लिंक प्राइभेटले आयोजना गरेको कार्यक्रममा एपेक्स मनोकामनाका वित्त प्रमुख सुशील न्यौपानेले फेब्रुअरी १ देखि १३ सम्म प्रिबुकिङ खुला गरिएको जानकारी दिए ।

फेब्रुअरी १४ अर्थात प्रणय दिवसको अवसरमा न्युरोड क्षेत्रमा एक औपचारिक कार्यक्रमको आयोजना गरी फेब्रुअरी १ देखि १३ सम्म प्रिबुकिङ गर्ने ग्राहकहरुलाई लक्की ड्रमार्फत पुरस्कारसमेत वितरण गरिने एपेक्स मनोकामनाका सेल्स हेड कुनल सिंह जानकारी दिए ।

Global Ime bank

कम्पनीले १४ फेब्रुअरीमा अनलाइन लक्की ‘ड्र’ कार्यक्रममार्फत विभिन्न पुरस्कार घोषणा गर्नेछ । जसमा बुकिङ गर्ने ग्राहकमध्ये तीनजनालाई वाईटुएस १२ मोबाइल फोन उपहारमा दिनेछ भने १०० जनालाई २५०० रुपैयाँको कुपन अर्थात छुट दिनेछ । त्यस्तै, ५०० जनालाई निःशुल्क मोबाइल स्क्रिन दिनेछ ।

यसका साथै कम्पनीले अफलाइन लक्की ड्र कार्यक्रमबाट समेत थप पुरस्कार घोषणा गर्नेछ । जसमा प्रिबुकिङ गर्ने ग्राहकमध्ये एकजनालाई स्मार्ट टीभी, एक जनालाई वाई १२ एस मोबाइल र २५० जनाले भिबो ब्याग पाउनेछन् ।

भिबोका प्रमुख कार्यकारी अधिकृत मार्सले नयाँ फिचरसहितको वाईटुएस १२ मोडलको फोन नेपाली बजारमा उत्कृष्ट साबित हुने विश्वास व्यक्त गरेका छन् । ‘‘भिबोले कोभिड–१९ को आर्थिक अवस्थालाई मध्यनजर गरेर उत्कृष्ट फिचरसहित कम बजेटको मोबाइल नेपाली बजारमा भित्र्याएको छ । साइडमा फिंगर प्रिन्टको सुविधाले वाई १२ एस मोडलको फोनलाई थप आकर्षक बनाएको छ । भिबोले कम बजेटमा परिमार्जित फिचरसहित ल्याएको यो मोडलको फोन नेपाली बजारमा हिरो साबित हुनेछ,’’ उनले भने ।

वाई १२ एस मोबाइलको डिस्प्ले ६.५१ इन्च रहेछ भने यसको ३२ जीबीको मेमोरी कार्ड जडान छ । मुख्य क्यामेरा १३ मेगा पिक्सेलको छ भने ब्याक क्यामेरा २ मेगापिक्सेलको रहेको छ । ग्ल्येसियर ब्लु र फान्टोम ब्ल्याकमा वाईटुएस १२ मोबाइल उपलब्ध छन् । ५००० मिलि एम्पियर आवर अर्थात ५ हजार घण्टासम्म ब्याट्री टिक्ने र साइडमा जडान फिंगर प्रिन्टको सुविधा तथा समकक्षी ब्रान्डको तुलनामा कम बजेट वाई १२ एस मोबाइलको मुख्य विशेषताहरु हुन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७  १३:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC