बाह्रखरी
sticky  ncell
coke
British college
coke
British college
सम्पादकीय प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
सम्पादकीय म्यानमारमा लोकतन्त्रको हत्या लोकतन्त्रका आधारभूत मूल्यहरूमा सम्झौता गर्दा अन्ततः लोकतन्त्र नै समाप्त हुँदोरहेछ
NMB Bank
NMB Bank
बाह्रखरी - मंगलबार, माघ २०, २०७७
Laxmi Bank
Laxmi Bank
sarbottam cement
Global bank
Agani Group

म्यान्मारको सेनाले निर्वाचित सरकारलाइ अपदस्थ गरी सत्ता कब्जा गरेको घटनाप्रति अन्तर्राष्ट्रिय समुदायले तीव्र प्रतिक्रिया प्रकट गरेको छ । नेपाल सरकारले राष्ट्रपति यु विन मिन्ट र नेतृ आङ सान सुचीलगायत गिरफ्तार गरिएकाहरूकाे रिहाइकाे माग गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले निर्वाचित सरकार अपदस्थ गरी सेनाले सत्ता लिएको घटनाको निन्दा गर्दै म्यानमारमाथि प्रतिबन्ध लगाउने चेतावनीसमेत दिएका छन् । बेलायतको उपनिवेशबाट स्वतन्त्र भएलगत्तै लामो समयसम्म म्यानमारमा सेनाले सत्ता हातमा लिएको थियो । राष्ट्रपति बाइडेनले म्यानमारको सैनिक सत्तालाई लोकतन्त्र फर्काउन दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान पनि गरेका छन् । म्यानमारको सेनाले सोमवार संकटकाल घोषणा गरी एक वर्षका लागि सम्पूर्ण सत्ता हातमा लिएको र निर्वाचन गरेर सत्ता निर्वाचित प्रतिनिधिलाई सुम्पने जनाएको छ ।

दक्षिण एसियामा सबैभन्दा लामो सैनिक शासनको अभ्यास गरेको म्यानमारमा लोकतन्त्रको प्रयोग तेस्रोपटक अवरुद्ध भएको हाे । बेलायतको उपनिवेशबाट सन् १९४८ मा स्वतन्त्र भएको म्यानमा।मा नागरिक सरकारको इतिहास भने निकै छोटो छ ।  सन् १९५८बाटै सुरू भए पनि सेनाका हातमा सत्ता सन् १९६२ मा केन्द्रित गरिएको थियो । लोकतन्त्रका लागि नागरिक आन्दोलन चलिरहे पनि २०११ सम्मै सेनाले अविच्छिन्नरूपमा शासन चलाएको थियो । सन् १९८९ मा सेनाकै मातहतमा गराइएको निर्वाचनमा आङ सान सु चीको पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले बहुमत ल्याएपछि सेनाले निर्वाचनलाई मान्यता दिएन । अन्तर्राष्ट्रिय दबाब र आन्तरिक नागरिक आन्दोलनका कारण सन् २०११ पछि सत्तामा सेनाको एकाधिकार कम भएको थियो । यद्यपि, लोकतन्त्रको अभ्यास अवधिमा पनि सरकार सञ्चालनमा सेनाको भूमिका र प्रभाव निर्णायक थियो । 

सन् १९१५ को संसदीय निर्वाचनमा सु चीको दलले पूर्ण बहुमत पाएपछि सेना र एनएलडीका बीचमा सत्ता सञ्चालनमा सामान्य समझदारी देखिएको थियो । मूलतः सेना र बहुसंख्यक बौद्ध धर्मावलम्बीहरूको तुष्टीकरणका लागि मानव अधिकारवादी मानिएकी नेतृ सु चीले रोहिङ्या भनिने बर्मेली मुसलमानहरूको नरसंहार गरिँदा पनि रोक्ने प्रयास गरिनन् । उनको यस व्यवहारको संसारभर निन्दा भयो । उनलाइ दिइएका कतिपय सम्मान फिर्तासमेत लिइयो । विडम्बना, अहिले त्यही सेनाले उनको पार्टीले चुनाव जितेपछि सत्ता नै कब्जा गरेको छ । सम्भवतः कट्टरपन्थीहरूले त्यसको समर्थन गर्नेछन् । लोकतन्त्रका आधारभूत मूल्यहरूमा सम्झौता गर्दा अन्ततः लोकतन्त्र नै समाप्त हुँदोरहेछ । म्यानमारमा यथाशीघ्र लोकतन्त्रको पुनःस्थापना गराउन अन्तर्राष्ट्रिय समुदायले हरसम्भव शान्तपूर्ण उपाय अपनाउनुबाहेक सायद अहिले अरू विकल्प छैन । 
 
 

Nabil Bank
Nepal Investment bank
Nabil Bank
Nepal Investment bank
मंगलबार, माघ २०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्