बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
म्यानमारमाथि प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी 
बाह्रखरी - मंगलबार, माघ २०, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबारको घटना पश्चात् म्यानमारमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । म्यानमारमा सेनाले देशको सम्पूर्ण शक्ति आफ्नो हातमा लिँदै प्रमुख नेतृ आङ सान सु कीसहित सबै नेताहरूलाई नियन्त्रणमा लिएको हो । यसको केही समयमै त्यहाँ एक वर्षका लागि राष्ट्रिय आपतकाल पनि घोषणा गरिएको थियो भने देशभर इन्टरनेट, टेलिफोन अनि टेलिभिजनलगायतका सेवा अवरुद्ध गरिएको छ । 

यस्तोमा घटनाको कडा निन्दा गर्दै बाइडेनले भनेका हुन्, “जोड जबरजस्तीले जनताको आकांक्षा विपरित जाने या निस्पक्ष चुनावको परिणाम मेटाउने प्रयास गर्नु पूर्ण रुपमा गलत हो । अमेरिका सधैँ लोकतन्त्रको पक्षमा खडा हुनेछ र यसमाथिको हमला सहेर बस्ने छैन ।”  अमेरिकाले पछिल्लो एक दशक लोकतन्त्र सम्बन्धी प्रगति देखा परेकाले म्यानमारमाथिको प्रतिबन्ध हटाएको थियो तर अब यो विषयमा तुरुन्तै पुनः विचार गरिने चेतावनी दिएको हो । 

Agani Group

यसैगरी संयुक्त राष्ट्र संघ अनि बेलायतले पनि सेनाको अनुचित कदमप्रति विरोध जनाइसकेका छन् ।  राष्ट्र संघका जेनेरल एन्टोनियो गुटेरेसले सेनाको हर्कतले लोकतान्त्रिक सुधारलाई गम्भीर चोट पुर्याएको बताएका हुन् ।  संयुक्त राष्ट्र संघको सुरक्षा परिषद अहिले यसै सम्बन्धि आपतकालीन बैठकको तयारी गरिरहेको छ र देशभरबाट पक्राउ गरिएका ४५नेताहरुलाई मुक्त गर्न माग गरिरहेको छ । 

बेलायतका प्रधानमन्त्री बोरिस जन्सनले पनि सेनाको कदमको कडा आलोचना गर्दै आङसान सुकीको अवैधानिक पक्राउको विरोध गरेका हुन् । युरोपेली युनिअनले पनि यसबारे गम्भीर चिन्ता व्यक्त गरेको छ ।  म्यानमार घटनामा अन्तर्राष्ट्रिय हस्तक्षेपको विरुद्धमा रहेको चीनले भने देशका सबै पक्षलाई विभेद अन्त्य गरि सहमतिमा आउन अपील गरेको छ । 

sarbottam cement

त्यस्तै कम्बोडिया, थाइल्यान्ड, फिलिपिन्स लगायत अन्य क्षेत्रीय शक्तिहरुले चाहिँ यो म्यानमारको आन्तरिक मामिला भएको बताइरहेका छन् । 
 
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, माघ २०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्