site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
चिनियाँ ‘पन्चलाइन क्वीन’ याँग लि
Sarbottam CementSarbottam Cement

काठमाडौं । चीनकी २९ वर्षिय यांग लि त्यहाँकी ‘पञ्चलाइन क्विन’ को रुपमा परिचित छिन् । चीनको सबैभन्दा लोकप्रिय हास्य कलाकार ली को विवादसँगको सम्बन्ध नयाँ होइन । उनी विशेषगरि पुरुषलाई निसाना तेर्साएर प्रस्तुत गरिने आफ्नो ‘पञ्चलाइन’ वा भनौं (शब्दको रोस्ट)का कारण विवादित र चर्चित दुबै छिन् ।  

चिनियाँ टिभीमा हाल प्रशारण भइरहेको उनको शो ‘रक एण्ड रोस्ट’ ले उनको लोकप्रियतामा अर्को इँटा थपिदिएको छ । यस शोमार्फत् उनी हरेक हप्ता लाखौं दर्शकसामू लैंगिक मुद्दा जस्तो विवादास्पद विषयमा स्ट्यान्ड अप कमेडियनका रुपमा पेश हुन्छिन् । 

जबकी कैयौं चिनियाँ दर्शक ‘स्ट्यान्ड–अप कमेडियन’को अवधारणबारे अपरिचित नै छन् । ठूलो संख्यामा चिनियाँ दर्शक उनको शो हेरिरहेका छन् । यद्यपि, सबैजना उनको पञ्चलाइनबाट प्रभावित हुन्छन् र भइरहेका छन् भन्ने छैन् । फलस्वरुप उनी ठूलो मात्रामा आलोचना झेल्न बाध्य भैरहेकी छिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

डिसेम्बरमा प्रशारण भएको एउटा एपिसोडमा उनले एकजना पुरुष कमेडियनको कुरा गरिरहेको सुन्न सकिन्छ । जसमा उनले ती पुरुष कमेडियनलाई केही नयाँ जोक सुनाउन भन्छिन् । जसको जवाफमा ती पुरुष कमेडियनले यसो भन्छन्, “के तपाई पुरुषहरूको सीमाको परीक्षा लिँदै हुनुहुन्छ ?”

फेरि लि ले उक्त पुरुषलाई केही व्यङ्ग्यात्मक प्रतिउत्तर दिन्छिन्, “के पुरुषहरूलाई सीमा तोकिएको हुन्छ र ?”

Global Ime bank

लि को यस प्रकरणको व्यङ्ग्य केही व्यक्तिलाई पाच्य भएन, फलतः उनी पुनः आलोचनाको शिकार बनिन् । 

यो एपिसोड पछि उनलाई सामाजिक सञ्जालमा ‘लैंगिक भेदभाव’ र पुरुषलाई घृणा’ गरेको आरोप लगाउन थालिएको छ । पुरुषको अधिकारको रक्षा गर्छु भन्ने दावा गर्ने केही समूहले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई मिडिया नियामकमा लिको उजुरी गर्न आग्रह गरेको छ । 

तर, समर्थकहरूले लिको पक्षमा बोल्दै उनको आलोचना गर्ने पुरुषहरुमा संवेदनशीलता र हास्यबोधको कमी भएको बताएका छन् । लिको जोक्सले चीनमा नयाँ विवादलाई जन्म दिएको छ । चीनमा नारीवादी आन्दोलन र स्ट्यान्ड–अप कमेडि एउटा अपेक्षाकृत नयाँ सांस्कृतिक पहल हो । 

के चीनमा ठट्टा गर्ने संस्कृति छ ?
चीनको संस्कृतिमा ठट्टाको स्थान नभएको होइन । चीनमा ठट्टाको परम्परा शियांगशेरको दशकभन्दा पनि पहिलेदेखि नै देशभरि प्रचलनमा थियो र निकै लोकप्रिय पनि थियो । 

यो फर्मेटमा (स्ट्यान्ड–अप) दुई कमेडियन एकअर्कालाई उडाउँछन् र दर्शक यसको आनन्द लिन्छन् । तर, जब मजाकको पात्र चिनियाँ दर्शक बन्छन् तब उनीहरूलाई यो अपाच्य बन्छ । जब की पश्चिममा स्ट्यान्ड–अप कमेडिमा यो सामान्य पक्ष हो । 

बेइजिंग कमेडियन क्लब ह्युमर सेक्शनका मालिक र कमेडियन टोनी चोउ बीबीसीसँग भन्छन्, “पश्चिममा स्ट्यान्ड–अप कमेडिको क्रममा आम दर्शक, अधिकारकर्मी र सामाजिक प्रचलनको मजाक उडाउने र त्यसलाई चुनौती दिने गरिन्छ ।”

तर, चीनमा मजाकलाई निकै ठूलो अपमानको रूपमा लिइन्छ । एक पटक हेनान प्रान्तका एक कमेडियनले हेनान प्रान्तकै नागरिकको मजाक उडाएको भन्दै ती कमेडियनमाथि दर्शकले हमला गरेका थिए । 

परिणाम स्वरुप धेरै कमेडियनहरू आफ्नो व्यक्तिगत भावनलाई लुकाउने हर कोशिस गर्छन् । यसो गर्नुको पछाडि सांस्कृतिक कारण मात्रै नभएर राजनीतिक र आर्थिक पक्षमा हुन सक्ने क्षतिको डर भएको टोनी बताउँछन् । 

चिनीयाँ कमेडियन लिलाई लिएर भएको विवादमा मानिस दुई समूहमा विभाजित भएका छन् । वोइबो (सामाजिक सञ्जाल एप) मा एक लोकप्रिय कमेडियन शी जीले आफ्नो पोस्टमा यसो लेखेका छन्, “याँग सच्चा स्ट्यान्ड–अप कमेडियन होइनन् ।” उनको यो पोस्ट दस करोड पटक हेरिएको छ भने यसलाई ह्यास्ट्यागको रूपमा त्यही लाइनमा ट्रेण्ड गरिएको छ । 

यद्यपि चीनी–अमेरिकी कमेडियन जो वाँन्गले लिको समर्थन गर्दै यसो भनेका छन्, “समाजमा अपेक्षाकृत उत्पीडित मानिसलाई सुविधाजनक व्यक्तिको मजाक” उडाउने सुविधा हुन्छ ।
 
‘चरमपन्थी नारीवाद’
यस विवादको गहिराइको मुद्दा भनेको चीनमा नारीवादको बाटोमा खडा भएको कठिनाइ हो । यद्यपि सार्वजनिक रूपमा उनले कहिल्यै पनि आफू नारीवादी भएको घोषणा गरेकी छैनन् । तर, सामाजिक सञ्जालमा उनका आलोचकहरूले उनको र उनका समर्थकहरूका लागि एउटा नयाँ शब्दावली प्रयोग गर्न सुरु गरेका छन्, “चरमपन्थी नारीवादी ।”

‘नू कु आन’ भनेको चिनियाँ भाषामा नारीवाद हो वा यसको शाब्दिक अर्थ ‘महिलाको अधिकार’ हो । नेटिजेन्सले यो शब्दको ठाँउमा त्यस्तै सुनिने तर अर्को शब्द ‘कुआन’ को प्रयोग गर्न सुरु गरेको छ । जसको शाब्दिक अर्थ अधिकार हो । जसको मतलब मुठ्ठी हो । यो नारीवादीहरूका लागि अपमानजनक स्वरुपमा प्रयोग भैरहेको छ । 

यो शब्दावलीको विरुद्ध याँग नै थर भएका लि का २३ वर्षिय समर्थक भन्छिन्, “चरमपन्थी नारीवादीहरू बेतुका छन् । उनीहरु जता पनि मुक्का मारेर अधिकारको कुरा गरिरहेका हुन्छन् ।”

यस्तै बेइजिंगमा कानुनका प्रोफेसर चु यीन भिवोमा यसो भन्छन्, “पश्चिममा सुरु भएको लैंगिक भेदभावको राजनीति मजदुरहरूको एकताका लागि खतरा हो । यसले सीधा पुरुषहरू विरुद्ध घृणा फैलाउनेछ ।”

यी सबै विरोधको आवाजले लिको जोक्सलाई सही साबित गरिदिएको लिका समर्थकहरू दाबी गर्छन् । पुरुषलाई महिलाभन्दा सर्वश्रेष्ठ मान्नेहरूबाटै महिलाको आवाजलाई दबाउने उनीहरूको आरोप छ । 

चिनीयाँ समाजमा पारम्परिक रूपमा लैंगिक आधारमा कामको बाँडफाँड हुन्छ । महिला–पुरुष दुबै समाजको दबाबमा आ–आफ्नो भूमिका निभाउन बाध्य छन् ।
 
चीनमा नारीवादीमाथि दबाब
चीनकी चर्चित नारीवादी कार्यकर्ता लू पीन बीबीसीसँगको कुराकानीमा भन्छिन्, “अन्य देशको तुलनामा चीनमा नारीवादीहरूले एक फरक किसिमको राजनीतिक र सामाजिक दबाबको सामना गर्नु पर्दछ । चिनियाँ पुरुष सत्तात्मक व्यवस्थामा नारीवादी आलोचकहरूलाई सत्तामा रहेका व्यक्तिहरुबाट अपेक्षाकृत रुपमा धेरै समर्थन प्राप्त हुन्छ ।”

चीनमा नारीवादीहरुलाई ‘सामाजिक नेटवर्कलाई बिर्गान उक्साउने’हरु भनिन्छ । 

सन् २०१५ मा पाँच चीनी नारीवादी कार्यकर्ताहरुलाई सात हप्तासम्म हिरासतमा राखियो । ती कार्यकर्ताहरुले सार्वजनिक यातायातमा महिला विरुद्ध हुने यौन उत्पीडनको विरुद्ध अभियान चलाउने योजना गरेका थिए । 

चीनको अग्रणी नारीवादी संगठन फेमिनिस्ट भ्वाइसको सामाजिक सञ्जाल अकाउन्ट धेरै पटक निलम्बित गरेपश्चात सन् २०१८ मा सेन्सर गरियो । 

गत डिसेम्बरमा, जब चिनियाँ अदालतमा मी–टु सम्बन्धी हाई प्रोफाइल केसको सुनुवाई भैरहेको थियो, तब सरकारी मिडियाले यसलाई ढाक्न अस्वीकार गरेको थियो । 

यसैबिच, वोइबामा केही प्रभावशाली व्यक्तिहरुको अकाउन्टबाट नारीवादी आन्दोलनमा ‘विदेशी ताकत’ को भूमिकाको आरोप लगाएको थियो । 

लू पीन भन्छिन्, “धेरै व्यक्तिहरु चिनीयाँ नारीवादीहरुमाथि विदेशी ताकतको साथ मिलेको आरोप लगाइरहेका छन् । यी आरोपप्रति मानिसमा यति धेरै प्रभाव किन भैरहेको छ ? किनभने उनीहरु सरकारको पाइला पछ्याउँदै सरकारकै कुरालाई दोहोराइरहेका छन् । 

यस्तै याँग लिको विवादको मुद्दामा सरकारले औपचारिक रुपमा केही जाँच सुरु गरिसकेको छ वा छैन त्यो अझै स्पष्ट भइसकेको छैन । जून विरोधी समूहले वोइबोमा लिको उजुरी दर्ताको माग गरेका थिए । उनीहरुले पछि त्यो पोस्ट हटाइसकेका छन् । 

यद्यपि, लिले यसबारेमा कुनै प्रतिक्रिया दिएकी छैनन् । तर उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, “यसको अन्त्य हुनेवाला छैन..., अब यो इन्डष्ट्रिमा रहन केही गाह्रो हुन थालेको छ ।”

(झाओयीन फेंग र येतसिंग वांग / बीबीसी हिन्दी)
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७  ०७:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC