site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सेनाको बख्तरबन्द गाडीले आज राति १० बजे चक्रपथ परिक्रमा गर्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौँ । नेपाली सेनाका १० वटा बख्तरबन्द गाडीले आज राति चक्रपथ परिक्रमाको अभ्यास गर्दै छन् । राति १० बजेबाट सुरु हुने अभ्यास सीतापाइला युद्धकवच गणका ड्राइभरले गर्न लागेका हुन् ।

सेनाको नियमित अभ्यासअनुसारै ती गाडीले चक्रपथको परिक्रमा लगाउने योजना बनेको हो । बख्तरबन्द अर्थात् हातहतियारसहितको सैन्य सवारीसाधनको नियमित अभ्यास हुन लागेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

योभन्दा पहिला पनि हरेक साता दुुई दिन जस्तो डाइभरहरुले अभ्यास गरिरहने सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । “उनीहरु बिहान ५ बजे सीतापाइलाबाट निस्केर चोभार गई ६ बजे फर्किसक्थे । यसले ट्राफिक जाम हुँदैनथ्यो, ”उनी भन्छन्, “अहिले राति अभ्यास गर्न खोज्नुको उद्देश्य यति हो । भ्रम नहोस् भनेर ट्विट गरेका हौं ।”
 
मुुलकका आठवटै पृतनाअन्तर्गतका ‘मेकनाइज्ड युनिट’बाट पनि पर्सिपल्ट माघ २१ गते देशका विभिन्न स्थानमा बख्तरबन्द गाडीको नियमित अभ्यास हुँदै छ । साँझ ५ बजे ६ वटा बख्तरबन्द गाडी कलंकी, सातदोबाटो हुुँदै पाँचखाल पुुगेर राति ८ बजे फर्कने उनले बताए ।

गाडीको अवस्था र आफ्ना साधनको प्रयोगमा चालकको आत्मविश्वास जगाउन पनि सेनाले यसप्रकारका नियमित अभ्यास गर्दै आएको छ । विगतमा यस्तो अभ्यास सीमित स्थानमा हुने गथ्र्याे । सर्वसाधारण नागरिकलाई आवतजावतमा असहज नहोस् भन्ने ध्येयले रातका समयमा उक्त अभ्यास गर्न लागिएको सेनाले जनाएको छ ।
फाइल तस्बिर : नेपाली सेना
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १९, २०७७  १९:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC