site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
थुनामुक्त गराइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
Ghorahi CementGhorahi Cement

काठमाडौं । भक्तपुरमा बिनाकारबाही सजाय र थुनामुक्त गराइदिने भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सूर्यविनायक नगरपालिका–६ बस्ने सिन्धुलीको सुनकोशी गाउँपालिका–४, भोलेनी घर भएका ३३ वर्षीय वीरबहादुर तामाङ र सोही ठाउँ बस्ने रामेछापको सुनपाती गाउँपालिका–७ घर भएका २७ वर्षीय ग्याल्छेन लामा रहेका छन् ।

Agni Group

गएको कात्तिक १६ गते सूर्यविनायक–६, गणेश मन्दिरनजिकबाट महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले धावा लामा र राजकुमार घिसिङलाई सुनौलो कछुवासहित पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई बिनाकारबाही सजाय र थुनामुक्त गराइदिन्छौँ भनेर विश्वास दिलाई ग्याल्छेन र वीरबहादुरले नगद दुई लाख १० हजार रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएपछि महानगरीय प्रहरी वृत्त जगाती, भक्तपुरबाट खटिएको प्रहरीले वीरबहादुरलाई र ग्याल्छेनलाई पक्राउ गरेको हो ।

उनीहरुविरुद्ध जिल्ला अदालत भक्तपुरबाट ठगी कसुरमा पाँच दिन म्याद थप गरी अनसुन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
प्रतीकात्मक तस्बिर ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १९, २०७७  १५:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC