site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जलेश्वर विकासका लागि अन्तरक्रिया सम्पन्न 
Sarbottam CementSarbottam Cement

ललितपुर । जलेश्वरनाथ विकास समाजले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । आइतबार साँझ ललितपुरको झम्सिखेलमा आयोजना गरिएको कार्यक्रममा समाजले संस्थाको उद्देश्य र यसले जलेश्वरको विकासमा गर्न चाहेको सहयोगी कामका विषयमा चर्चा गरियो ।

जलेश्वर पुरानो र चर्चित सहर भए पनि यसको विकास तथा विस्तारमा देखिएको सुस्ततालाई कसरी हटाउन सकिन्छ र जलेश्वरमा के कस्ता विकासका कामहरू गर्न सकिन्छ भन्ने विषयमा कार्यक्रममा विशेष छलफल भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रमका प्रमुख अतिथि सर्वोच्च अदालतका पूर्वन्यायाधीश बैद्यनाथ उपाध्यायले आफ्नो बाल्यकाल तथा जलेश्वरसँग जोडिएका बालस्मृतिहरूको स्मरण गरे । उनले संस्थाको उद्देश्यको प्रशंसा गर्दै आज जलेश्वर सुनसान हुँदै गएको चर्चा गरे । उनले जलेश्वरलाई जागृत गराउन सबै एकजुट भएर जानुपर्नेमा जोड दिए । उपाध्यायले भने, “काठमाडौंमा बसेर र छलफल गरेर मात्रै जलेश्वरको विकास हुँदैन । जलेश्वर विकासका लागि तपाईं पनि जलेश्वर पुग्नुपर्छ । म पनि जलेश्वर पुग्नुपर्छ ।”

कार्यक्रमका अर्का अतिथि पूर्वराज्यमन्त्री सुशील श्रेष्ठले आज पनि जलेश्वरमा विकास गर्ने ठाउँ प्रशस्त भएको उल्लेख गर्दै जनचेतना अभिवृद्धिमा पनि संस्था लाग्नुपर्नेमा जोड दिए ।

Global Ime bank

चीनका लागि पूर्वमहावाणिज्यदूत रवि भट्टराईले देशकै नाम उज्यालो बनाउने मानिस जलेश्वरमा कुनै बेला रहेकोमा आज त्यही जलेश्वरको अवस्था दयनीय भएको बताए ।

जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष लवराजा सिंहले जलेश्वरलाई विद्वान् तथा बुद्धिजीवीहरूले बिर्सिँदै गएको बताए । उनले सबैलाई जलेश्वरलाई माया गरिदिन आग्रह गरे । अर्का वक्ता अजयकुमार जालानले जलेश्वरलाई धार्मिक पर्यटनस्थलकारूपमा विकसित गर्नुपर्ने कुरो उठाए ।

जलेश्वरनाथ विकास समाजका अध्यक्ष विजयकुमार जालानको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सचीन सिंहलगायतले बोेलेका थिए । कार्यक्रममा जलेश्वर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरू लवराजा सिंह, कृपाशंकर शाह, शिवचन्द्र चौधरी, रञ्जीतकुमार चौधरी, छेदी चौधरी र चन्दन शाह तथा मारवाडी सेवा समितिका नवनिर्वाचित सदस्य अजयकुमार जालानलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमको दोस्रो चरणमा संस्थाका सल्लाहकार नवलकिशोर चौधरीको सहजीकरणमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । जसमा जलेश्वर विकासको विभिन्न पाटोहरूमा चर्चापरिचर्चा भएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १९, २०७७  १०:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC