बाह्रखरी
भर्खरै
sticky  ncell
British college
British college
बाह्रखरी गल्फ प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
आन्तरिक पर्यटन प्रबर्द्धन गर्न कर्मचारीलाई ‘पेड होलिडे’ दिनुपर्छ  गणेश भट्टराई, पर्यटन व्यवसायी
NMB Bank
NMB Bank
बाह्रखरी - सोमबार, माघ १९, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank

पोखरा र नेपालकै पर्यटन भूकम्पछि डाउन भएको थियो । त्यसपछि विस्तारै आन्तरिक र बाह्य पर्यटन पनि रिभाइभ भएको थियो । फेरी अहिले कोभिड १९ महामारीले संसारलाई नै अस्तव्यस्त बनायो । पर्यटन भनेको नै मान्छेलाई एक ठाउँबाट अर्को ठाउँमा घुम्नको लागि ट्रान्सपोर्ट र हवाई सेवा महत्वपूर्ण हुन्छ, हामी जस्तो भूपरिवेष्ठित देशमा । तर, त्यो नै ठप्प भयो । यो दुईवटा व्यवसाय नै डाउनफलमा जानु भनेको नै पर्यटन व्यवसाय पनि डाउन हुनु हो । 

यात्रा नभइ पर्यटन हुँदैन । अहिले खोप आएपछि मान्छेहरु अलिकति यात्रा गर्नुपर्छ भन्नेमा थिए तर फेरि दोस्रो चरणको भाइरस आएपछि यात्रा गर्ने तयारीमा रहेका पनि रोकिए ।  अब आन्तरिक पर्यटनको मुभमेन्ट बढाएर मान्छेको कन्फिडेन्स लेबल बढाउनुपर्ने छ । भाइरसबाट अझै पाँच–छ महिना बच्नुपर्ने बेला छ । अझै पनि हामीले स्वास्थ्यका सामान्य मापदण्ड पालना गर्न सकिरहेको अवस्था छैन । पशुनाथले नै बचाइरहेका छन् भन्छु । 

Global bank

Agani Group

यसले केही शहरहरुलाई बढी प्रभावित पा¥यो । र, हाम्रा हिमाली एवं पहाडी गाउँहरु सुरक्षित रहे । किनभने त्यहाँ पर्यटक र आन्तरिक आवतजावत पनि नभएको कारणले ।  त्यसैले हाम्रा हिमाली क्षेत्र, पर्यटकीय क्षेत्र सुरक्षित छन् भन्ने कुराको सन्देश विश्व बजारलाई दिनुपर्ने छ ।  आन्तरिक पर्यटनमा युवाहरुको चहलपहल बढेकाले पोखरामा १५–२० प्रतिशत चलेका छन् । यो पनि सकारात्मक हो । विस्तारै यो प्रतिशत बढाउन सक्यौ र २०–३० प्रतिशत बाह्य पर्यटक ल्याउन सक्यौं भने फेरी पर्यटन क्षेत्र विस्तारै रिभाइभ र सर्फाइभमा जान्छ । 

थप आन्तरिक मुभमेन्ट बढाउनको लागि सरकारले आफ्ना कर्मचारीको लागि पेड होलिडेको अवधारणा ल्याउनुपर्छ ।  यस्तै खेलदेखि अन्य गतिविधिहरु बढाउनुपर्छ । किनकि मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनको लागि गतिविधिहरु गर्नुपर्छ ।  गल्फ, साइकिलिङ, कन्सर्ट, म्याराथुन, फुटबल, क्रिकेट जस्ता खेलबाट पनि एउटा मुभमेन्ट ल्याउनुपर्छ । 

sarbottam cement

खेलकुदका गतिविधि हुँदा त्यो ठाउँ सुरक्षित छ भन्ने सन्देश जान्छ । मेला, महोत्सव पनि भईरहेको छ भन्ने सन्देश दिन यस्ता गतिविधि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा पनि गर्नुपर्ने आवश्यकता छ ।   यसै सन्दर्भमा बाह्रखरीले गर्न लागेको गल्फले राष्ट्रिय खेलाडीहरु–अन्तर्राष्ट्रिय खेलाडीहरु र नेपालस्थित विभिन्न राजदूत, कुटनीतिज्ञहरुलाई पनि गल्फ खेल्न बोलाउनुभएको छ । 

यसले अन्तर्राष्ट्रिय बजारमा पनि नेपाल, पोखरा सुरक्षित छ है भन्ने सन्देश जान्छ । राजदूतहरु नै गएर खेल्न थाल्नुभयो, कुटनीतिज्ञहरु पनि खेल्न जान थाले, राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी पनि खेल्न थाले भनेपछि खेलको मुभमेन्टले पक्कै पनि सकारात्मक सन्देश आन्तरिक एवम् अन्तर्राष्ट्रिय बजारलाई पनि दिन्छ ।  नेपालस्थित विभिन्न कूटनीतिज्ञ पोखरामा आएर गल्फ खेल्दा त उहाँहरुको देशमा पनि यो सन्देश जान्छ । त्यसले गर्दा पनि उहाँहरुमार्फत आफ्ना नागरिकलाई घुम्न आउन सक्छौँ भन्ने सन्देश दिन सहयोग पु¥याउँछ । 

अन्तर्राष्ट्रिय मिडियामा नेपालको पहुँच पुग्न सकेको छैन । यस्तो कार्यक्रमले कुटनीतिज्ञहरुमार्फत अन्तर्राष्ट्रिय मिडियालाई पनि सकारात्मक सन्देश दिन सक्छ । सामाजिक सञ्जालसहित छापा, अनलाइन, टीभीमार्फत नेपालको बारेमा सकारात्मक सन्देश जान्छ भन्ने मलाई लागेको छ ।  जति हामीले मुभमेन्ट ग¥यो, त्यति नै पर्यटन रिभाइभ हुने हो । अहिले पर्यटन क्षेत्र सर्भाइभमा पनि छैन, डाउनफलमा गएको छ । 

सर्भाइभ र रिभाइभमा गएपछि मात्रै पर्यटन क्षेत्र अगाडि जान्छ । यस्ता कार्यक्रमले राजनीतिक चलखेल मात्र होइन पर्यटनका गतिविधिमा पनि सहभागि बनाउन सक्यौं भने यसले सकारात्मक सन्देश दिन्छ । पर्यटन, विकासका गतिविधिमा कुटनीतिज्ञहरुलाई सहभागी बनाउन सक्नुपर्छ ।  जति धेरै खुलकुदको गतिविधि गर्न सकिन्छ, त्यति धेरै त्यस्ता ठाउँ सुरक्षित रहेको सन्देश प्रवाह हुन्छ । 

यसले राष्ट्रिय रुपमा मात्रै नभई अन्तर्राष्ट्रिय रुपमा पनि सकारात्मक सन्देश दिन्छ र पर्यटन प्रबर्द्धनका लागि निकै सहयोगी भूमिका खेल्ने छ ।  कोभिड १९ को असरबाट पर्यटनलाई उकास्ने प्रयासस्वरुप बाह्रखरी मिडियाले एनसेल–बाह्रखरी पहलअन्तर्गत पोखराका उद्योगी व्यवसायीसँग जारी राखेको कुराकानीमा भट्टराईको यस्तो धारणा आएको हो ।

सुस्ताएको पर्यटन क्षेत्रलाई पुनर्जिवित गर्न एनसेललगायतका कर्पोरेट क्षेत्रको सहयोगमा बाह्रखरीले शनिबार पोखरामा आमन्त्रण गल्फ आयोजना गर्न लागेको छ । एनसेल प्रमुख प्रायोजक रहेको बाह्रखरी गल्फको यो प्रतियोगितामा नेपाल टुरिजम बोर्ड, गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको पनि सहकार्य रहेको छ । 
अन्य प्रायोजकमा डिसहोम, भाटभटेनी सुपरमार्केटस्, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, काल्र्सबर्ग, सिभास रिगल, हुन्ड्याई मोटर्स र आईएमई रहेका छन् ।


 

Nepal Investment bank
Nepal Investment bank
सोमबार, माघ १९, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्